Crush – A Love Story Of Present Generation

बिहानै चियाको तलतल लाग्यो । एक कप चिया पिउन नजिकैको होटेल गए , “दिदि एक कप चिया दिनुस त” चिया पसलको दिदि लाई भने , अनि छेउको table मा बसे , मेरो छेउको table मा दारी कपाल लामो पालेको केटा चुरोट खादै , diary मा केही लेखिराको थियो । उस्को side मा २ वटा सुर्यको डब्बा थियो , सायद त्यो उसैले खाको थियो होला , उसलाई देखेर जस्ले नि केही पिडामा भाको अनुमान लगाउन सक्थ्यो । मेरो table मा चिया आयो । चियाको चुस्की मा म हराए अनि अन्तिम चुस्की लिदै म छेउको table मा हेरे , अघिको केटा त्या थिएन । table मा उस्ले आफ्नो diary छोडेर गाको रैछ । म उस्को diary तिर अघि बढे । उ काउन्टरमा पैसा दिदै रैछ , मैले उसलाई बोलाए “hello तपाईंको diary छुट्यो ” उस्ले मेरो कुरा नसुने जसरी त्या बाट निस्कियो र म पनि चियाको पैसा दिदै त्या बाट निस्किए । उसलाई बाटो मा कतै देखिन । उस्को diary मैले घर लग्ने निधो गरे ।

त्यो केटाको diary घरमा ल्याए देखि मनमा शान्ति छैन । मेरो ध्यान पुर्णरुपमा त्येस diary ले तानिराखेको छ । आखिर के लेखेको थियो उसले त्येस diary मा , पढ्नलाई मनहरु हर्शित छ्न । अर्काको diary पढ्नु राम्रो काम त हैन तर म त्येस dairy नपढी बस्न सक्दिन । किताबहरु राखेको table बाट diary झिक्छु र पढ्न थाल्छु ।

कलेज पनि खै के जानू । उसलाई अरु सँग चल्दै बसेको देखेर मुटु पोल्छ ।
पहिला एकदिन कलेज नछुटाइ उस्को मोहित पार्ने मुस्कान हेर्न कलेज गहिन्थ्यो । सायद मेरै गल्ती थियो होला उसलाई मनको कुरा राख्न सकिन । मन परेको फुलमा बहिरी भमरा रमाउन थलेका थिए जुन फुल मेरो आफ्नो पनि थिएन । भन्न सकिन कि उसलाई म कति धेरै माया गर्छु । सायद कुनै प्रोफेसर भएको भए एउटा lecture नै काफी हुन्थ्यो होला मेरो मनको कुरा बुझाउनलाई । कलेज नगाको १० दिन भएछ आज चाहिँ जसरी पनि जान्छु । खाना खाए , कलेज dress लगाए अनि कानमा earphone ठुस्दै हिडे कलेज तिर earphone मा कमल छेत्रीको “I love you मैले भन्न जानिन” बजिराको थियो। कस्तो संयोग गित पनि मेरो जीवन सँग मिलिराथ्यो । कुनै समय यस्तै संयोग बस हुदो रहेछ ।

कलेज पुगे केटाहरू आइसकेका थिए । मलाई देख्ने साथ पाहुना आयो भन्दै बिल्ला हाने । मुलाहरु यत्रो दिन पछि आज कलेज आको छु स्वागत गर्नु कता हो कता उल्टै बिल्ला हन्छ्न । पाउनाको पनि आफ्नो ठाउमा इज्जत हुन्छ नि ती भुक्कहरुलाई कस्ले सम्जाओस तर मलाई उनिहरुको कुरा प्रती कत्ती पनि ध्यान थिएन,बस मलाई कसैको प्रतीक्षा थियो । उनी पनि आइसकेकी थिइन , सधै जस्तो उनी त्येही केटा सँग जिस्किराथी । देखेर मन भाउन्न भयो अनि केटाहरूलाई लिएर लागे canteen चुरोट खान । यति धेरै चुरोट नखा छिट्टै मोर्लास उत्सभले भन्यो । म केही नबोली बस चुरोट तिर फोकस गर्दै चुरोट तान्नमा बेस्त भए । चुरोट खाने त बस एउटा बाहाना थियो त्यो चुरोटको धुवामा त उस्को यादहरु उडिरहेको थियो । आखिर कस्को लागि छोडौ चुरोट । यहि चुरोटले मलाई उस्को याद बाट टाढा पुराइराखेको छ । चुरोटले अरुको बाच्ने आयु घटाइराको हुन्छ तर मलाई यहि चुरोटले बाच्ने हौसला दिराको छ । सायद उसले भनेको भए छोड्थे होला तर उसले त मलाई नै छोडेर गै ।

४ महिना अगाडि , आज कलेजको पहिलो दिन , कलेजमा पढ्न जान भन्दा पनि नयाँ केटिहरु सँग भेट हुने भएकाले मलाई ती केटिहरुले तानेर कलेज सम्म ल्याए । स्कुल life जसो तसो single कटाइयो तर कलेज life single त मोरेनी कटाइदैन आफै सँग भने । कोहि केटि त होलानी मेरो लागि भगवान्ले यहि कलेजमा पढ भनेर पठाइदिएका । यस्तै कुरा सोच्दा सोच्दै कलेज पुगेछु । block 2 मा management class 11 लेखेको class भित्र छिरे । २,४ जना केटाहरू भन्दा अरु कोहि थिएनन् , गलत class मा त आइन म ?? एउटा second desk मा बसेको केटालाई सोधे । यो कुन class हो ??
management को class 11 उसले भन्यो । सहि class मा आएछु भन्दै last desk तर्फ अगाडि बडे । school life पनि last desk मा बित्यो अनि अब कलेज life पनि last desk मै बित्नेमा कुनै संका थिएन र last desk को याद हरुपनी बिछटै रमाइला हुन्छन चाहे school life होस या college ति पहिलो desk मा बस्नेहरुलाई के थाहा ।

खै एउटै केटि आका छैन्न । के तिनीहरुलाई नयाँ केटा देख्न पाहिन्छ , कलेज जानू पर्छ जस्तो लाग्दैन ?? लाग्ने भए आइ हाल्थे नि । आफ्नै मन सँग प्रस्न उत्तर गरिराथे । केटाहरू हेर्दा कोहि मिल्ने जस्ता देख्दैन थे । हेर्दै पढ्न्ते जस्ता देखिन थे । केही बेरको सनाटा पछि बल्ल बल्ल एउटी केटि आई may I come in भन्दै । त्यो नि हेर्दै पढ्न्ते । बकुलाको हुलमा आफू काग भाको feel भैराथो । एकछिनमा sir आउनु भो अनि बिद्यार्थी गन्दै कति थोरै बिद्यार्थी भनु भो । ” आज कलेजको पहिलो दिन थोरै आएका रैछौ आफ्नो चिनेको साथीलाई भोलि कलेज आउन भन्नू आजको ओरिन्टेसन भोलि सारिएको छ । अब तपाईहरु घर जान सक्नु हुन्छ ।” भन्दै sir class बाट निस्किए । म पनि आफ्नो bag बोक्दै निस्किए । सबै सपना चक्नाचुर भए । जीवनमा सोचेको जस्तो कहिले भएन । कलेजोको पहिलो दिन नै boring भयो । सोच्दा त कहिले कलेज नजाउ जस्तो लाग्छ ।
भोलिपल्ट , आज पनि हिजोकै सपना बोकेर कलेज हिडे । आज पनि कोहि आएनन् भने भोलि बाट म पनि कलेज आउदिन । class भित्र छिरे ५,६ वटा नयाँ अनुहारको दर्शन भयो । मेरो ठाउँमा नयाँ केटा बसेको देखे । आफ्नै ठाउँमा गए र परिचय गरे नाम उत्सभ घर पुर्व रैछ । एकछिनमै हाम्रो मित्रता गहिरो हुँदै गयो। उ पनि म जस्तै केटिको पर्खाइमा रैछ । हाम्रो कुरा मिलिहाल्यो । उसले भन्यो क्या झाउ लाग्यो हिड जाउ canteen तिर । मैले हुन्छ भन्दै गयौ canteen तिर । उस्ले २ वटा चुरोट मगायो अनि एउटा मलाई दिदै अर्को आफैले सल्कायो । म आस्चय मान्दै सोधे ” कसरी थापायौ मैले चुरोट खान्छु भनेर ??” आफ्नो साथिले के खान्छ था हुदैन र उसले भन्यो । म पनि उस्को कुरामा सहमति मिलाए ।

१ हाप्ता सम्म कलेज जादा उत्सभ सँगको दोस्ती भन्दा अरु केही उपलब्धि हासिल गर्न सकिएन । २,४ जना केटाहरू सँग बोलिन्थो । आफुले खोजेको केटि अझैसम्म भेट्न सकेको थिहिन तर उत्सभले भने एउटा केटि मन पराइसकेको थियो । भन्ने गर्थो “यो केटि लास्ट मन पर्छ यार , पट्ट्याउन help गर न ” मेरो जहिले एउटै जवाफ ” त बोकालाई केटि पट्ट्याउन मैले सिकाउनु पर्छ” । “भयो भयो मुला गफ नदे को बोका हो हाम्लाई नि थाछ ” उस्ले भन्थो अनि म मुस्कुराइदिन्थे ।

एक हप्ता पछी , आज उनलाई पहिलो चोटि कलेजमा देखे , ओठमा रातो लिबिस्टिक र आँखामा लपक्क लगएको गाँजलले मेरो नजर उनी तर्फ तानिन गयो । मेरो नजर राम्रो कि उस्को रुप छुट्ट्याउनु गाह्रो भैराथ्यो । मैले उत्सभलाई सोधे ” ओइ उता हेर त त्यो केटी को हो बे ?” खोइ यार मलाई पनि थाहा छैन , उस्ले भन्यो । अब मलाई उ सँग बोल्न मन थियो तर सकिन , केटाहरु class मा जाउ भन्दै class तर्फ लागे , म पनि उनीहरुको पछि पछि class तर्फ लागे । केही समय पछि account sir आउनु भो । बुढा अलि गफाडी थिए, पढाउनु भन्दा बढी गफ दिन्थे । सरको गफ सुन्ने class मा कोहि थिएनन् , सबै जना आफ्नै पारामा थिए तर म भने उस्को मोहित पार्ने रुप उस्ले नदेख्ने गरि हेर्न मा बेस्त थिए । कुनै बेला उनको र मेरो आँखा जुत्थे , म लाजले भुतुक्क हुन्थे तर पनि उसलाई लुकेर हेर्न छोडिनथे ।

Class सकिएपछि उत्सभ र म canteen मा चुरोट खान गयौ । चुरोट सल्काउदै मैले उत्सभलाई सोधे
म:- उत्सभ मलाई त्यो केटि लास्ट मन पर्यो नाम पत्ता लगाइदे न बे
उत्सभ:-म चाहिँ कसरी नाम पत्ता लगाउनु
म:- मेरो लागि तेति गर्दैनस ??
उत्सभ :-पख म आज class मा पत्ता लगाउछु
मुलाले कलेज बिदा हुदा समेत उस्को नाम पत्ता लगाएन , म उस्को नाम कल्पना गर्दै आफ्नै पारामा कलेज बाट घर जाँदै थिए । उसलाई bus stand मा देखे , उ एक्लै थि , उसको एक्लोपनको फाइदा उठाउदै म उ सँग बोल्न गए “hii , मलाई चिनेउ ??”, अह चिने ” अनि तिम्रो नाम के हो ” मैले सोधे , ‘श्रुति ‘ उस्ले एक वाक्यमा उत्तर दिई । ” तिम्रो नाम ‘सुर्ती’ कि श्रुति ” मैले जिस्किदै सोधे , ” छ्या तिमी त कस्तो रैछौ मेरो नाम श्रुति हो के ” उस्ले लजाउदै भनी , अनि मेरो नाम सोध्दैनौ ??, ” भनन तिम्रो नाम के हो ??” उसले मुस्कुराउदै सोधिन , “अनुभव ” मैले भने ,
“Wow कास्तो राम्रो नाम ”
बिल्ला नहान , राम्रो त छैन
“राम्रो छ के ” उसले भनि र गाडी चडेर आफ्नो बाटो लागि
म कस्तो अभागी , उसलाई bye सम्म भन्न पाइन । उ सँग बोल्दा समय पनि यति छिटो बित्छ कि हजारौं बर्ष पनि उस्को सामु कमि हुन्छ । कति रमाइलो हुन्थ्यो कास उनी पनि म सँगै गाको भए तर आफुले चाहेको जस्तो कहाँ हुन्छ र ।
हाम्रो मित्रता गहिरो हुँदै थियो । कलेज छुट्टि भएपछि म उसलाई bus stand सम्म गाडी चडाउन जान्थे , उसलाई गाडी चडाउने मेरो दैनिक रुटिन जस्तै भैसकेको थियो । कलेजका साथिहरुले पनि उसलाई मेरो र मलाई उसको नामले जिस्काउथे , म अरु केटि सँग बोल्दा उ यसरी रिसाउथी कि मानौ म उस्को निजि सम्पत्ति हु , उ सँग हुदा समय पनि बितेको पत्तै हुदैनथो । म उसलाई श्रुर्ती भनेर जिस्काउथे , उ रिसाएको नाटक पार्दै, मलाई ढाडमा पिटेर पर गएर बस्थि अनि म उस्को नजिक गएर sorry भन्थे अनि फेरि उ पहिलै झै म सँग बोल्न थाल्थी । हामी छोटो समयमा राम्रो साथी भएको थियौ , एकाअर्का सँग हामि निजि कुराहरू share गर्थेउ । एकदिन उसले आफ्नो breakup भाको कुरा मलाई सुनाकी थि । उसले भनी ” मैले त्येस दिन बाट केटाहरूलाई बिश्वास गर्न छोडे ”
” मलाई पनि बिश्वास गर्दैनौ ?? ” मैले भने
” तिमी त मेरो मिल्ने साथी हौ , तिमिलाई त बिश्वास गरिहाल्छु नि ” उसले मलाई मायालु स्वोर भनेकी थिइ ।
उ सँग नजिक भएदेखि मैले चुरोट खान अलि कम गरेको थिए, उ सँग बोल्न लाई भएनि म सधै कलेज जाने गर्थे । सनिवार पनि उ सँगै बोलेर दिन बित्थे ।

म उसलाई मनमनै मन पराउन थालेको छु । उसले मलाई माया गर्छे कि गर्दिन त्यो मलाई थाहा भएन तर म उसलाई असाध्यै माया गर्छु । उसले अस्वीकार गर्छे कि भन्ने डरले उसलाई आफ्नो मनको कुरा राख्न सक्दिन , भन्न सक्दिन कि कति धेरै माया गर्छु ।

एक हप्ताको हस्पिटल बसाई पछि म कलेज पुग्छु , उसलाई देख्न नपाएर यी मेरा अँखाहरु नास्रीएका छ्न , उ सँग बोल्न नपाएर मुखलाई छड्पटी परेको छ , म यत्रो बिरामी पर्दा समेत उसले एकचोटी पनि कल गरिन , हल्का त रीस उठेको छ तर पनि मेरो मायाले त्यस् रिसलाई सान्त पारेको छ । जब कलेज पुग्छु त्या मैले सोचेको भन्दा सबौ उल्टो हुन्छ , जब class को गेट बाट भित्र छिर्छु उसलाई हेर्छु ,उ मेरो साथी सँग बोल्नमै बेस्त हुन्छे । म यत्रो दिन पछि कलेज आउँदा पनि उसलाई केही मत्लब हुदैन । मलाई किन यत्रो दिन कलेज नआको भनेर सोध्न समेत फुर्सद छैन उसलाई ।
आफ्नो बेन्चमा गएर bag राख्छु अनि उत्सभलाई लिएर canteen तिर जान्छु । चुरोट खादै उत्सभलाई सबै कुरा सुनाउछु । उत्सभ केही नबोली चुरोट तन्दै मेरो कुरा सुनिरहन्छ । पैसा तिर्दै उत्सभले भन्छ ” मैले सुने अनुसार मुकेशले श्रुतिलाई purpose गर्यो रे ”
“हैन के भन्छ्स् ?? मुकेश त हो सुरुमा उसलाई मेरो नामले जिस्काउने , उसले यस्तो कसरी गर्न सक्छ ? ” म झर्किदै उत्सभलाई सोध्छु ।
” म पनि त्यही सोच्दै छु , आखिर उसले किन यस्तो गर्यो ? ”
” अब म गएर त्यो सँग कुरा गर्छु ”
” छोड्दे यार , किन झगडा गर्छस ” उत्सभले भन्छ
अनि म केही नबोली class मा जान्छु । अझैसम्म पनि श्रुति मुकेश सँगै जिस्किदै बरिराकी हुन्छे । उसले मलाई देखेर पनि नदेखे जस्तो गर्छे ।
म उनिहरुको चर्तीकला आफ्नै बेन्च बाट हेर्न मज्बुर हुन्छु ।
२ दिन पछि , class मा पस्छु उत्सभ अँध्यारो अनुहार लगाएर बसेको हुन्छ ।
” ओइ के भो तलाई ” म उत्सभलाई सोध्छु
” के भन्नू तलाई , श्रुतीले मुकेशको purpose accept गरि रे ”
हो र भन्दा बढी केही बोल्न सकिन । अनि अँध्यारो अनुहार लगाउदै म बेन्चमा बस्छु । २,४ दिन यिनिहरुको चर्तीकला हेरेरै दिन बित्यो , अझैसम्म पनि श्रुति म सँग बोलेकी थिइन अनि म आफै श्रुति सँग बोल्न गए । ” किन आजकाल टाढा हुँदै छौ तिमी ” मैले उसलाई सोध्छु
” को भयो टाढा ”
उसको उत्तर दिने शैलीले बुझे कि उसलाई म सँग बोल्नु छैन ।
बगरले खोललाई जति माया गरेपनि , खोलालाई समुन्द्रमा पुग्नमै हतार हुन्छ। र अहिले बगर म भाको छु भने खोल श्रुति । म अब देखि उ सँग कहिले नबोल्ने निर्णय लिन्छु र केही नबोली त्या बाट हिड्छु ।

आजभोलि कलेज भन्दा बढी होटेल जाने गरेको छु । किताब भन्दा बढी चुरोट समात्ने भाको छु । श्रुतिका यादहरुले मलाई चारै तिर बाट आक्रमण गरिरहेका छ्न , उसको यादहरु लाई मार्न चुरोटले Ak47 को रोल खेलिरहेको छ ।

पहिला केटाहरू म कलेज किन आइन भनेर अचम्म पर्थे अहिले कलेज गयो भने अचम्म पर्छन । उसको यादले पढाईलाई त मारिसकेको थियो अब भने मलाई मर्ने master plan बनाउदै थियो । फलानो केटा केटीको लागि झुन्डिएर मोर्यो रे सुन्दा कस्तो नामर्द रैछ बन्ने म आफै आज त्यो अवस्थामा पुगिसके । धेरै कुरा परिवर्तन गरि सके , म आफैमा टुक्रीएर पनि , तर पनि तिमिलाई चाहाने बानी मेरो कहिले परिवर्तन हुन सकेन । परिवर्तन होस् पनि कसरी तिमी त मेरो आफ्नै साथीको भैसकेको थिएउ अनि एक्कासि म सँग बोल्न छोड्डी सकेको दिएउ । आखिर मलाई मन पराउथेनौ भने किन मलाई मन पराउने इसारा दिएउ । तिम्रो मन पनि मौसम जस्तै रहेछ एक हप्ता नबित्दै परिवर्तन भएउ अनि मलाई मरुभूमि अनि उसलाई हरियाली बनाइदिएउ ।
गल्ती तिम्रो मात्र हैन मेरो साथीको पनि छ जसलाई मेरो नामले बोलाउथ्यो उसैलाई आज म बाट टाढा पुराई आफ्नो बनायो । आखिर छोडेरौ जानू थियो भने केही दिनको लागि पानी माथिको ओभानो किन भयौ तिमि ??
तिमिलाई श्रीमती बनाउने मन थियो तर तिमी क्रसमा मात्र सिमित भयौ । मेरो जीवनमा धेरै क्रसहरु आए तर तिमी यस्तो क्रस भैदिएउ कि जो सँग मैले जीवनका सुख दुख साट्ने मौका पाए ।

आज यो तिम्रो बारेमा लेखेको अन्तिम लेख हुनेछ । यसपछि म लेख्ने अबस्थामा हुदिन होला । मैले त दुख पाए तर तिमी भने सधै खुशी रहनु । I love you श्रुति , सक्दिन म तिम्रो याद भुलाउन त्येसैले म यो संसार भुलेर जाँदै छु । म पुर्न जन्ममा बिश्वास गर्दिन तर अर्कि जुनिमा तिमी मेरै हुने आश गर्दछु । मोबाइल झिक्छु facebook खोल्छु , उस्को नाम facebook मा search गर्छु अनि उसलाई unfriend गर्छु, मनमा छुट्टै किसिमको आनन्दको महसुस हुन्छ । म यो डाएरी यहि टेबुलमा छोडेर जाँदै छु । उहि तिम्रो मायाको अनुभव नपाएको अनुभव ।

डायरी पुरै पढिसकेर एक बोतल पानी सक्काउछु । मेरो मनमा धेरै प्रस्नहरु उठेका छ्न् , तर सोध्नलाई अगाडि कोहि पनि छैन । डायरी छोडेर कता गयो त अनुभव ?? के उसले आत्महत्या गर्यो ??किन श्रुतिले अनुभव सँग बोल्न छोडी ?? यहि प्रस्नहरु घुमिरहेका छ्न । अनुभव सँग भेटेर कुरा गर्ने चाहाना जाग्छ तर कता खोजौ अनुभवलाई । उसलाई खोज्न भएपनी उस्को डायरी किताबमा परिवर्तन गर्ने सोच्छु र त्यो किताब कसैले श्रुतिलाई लगेर दिने छ र उसले आफ्नै बारे पडेर आस्चय अनि पछुतो दुबै लाग्नेछ । ‘ अनुभवको किताब छाप्ने खर्च’ लेखिएको खुत्रुके ‘ मुस्ताङ tour ‘ बाला खुत्रुके सँगै राख्छु ।
#समाप्त

लेखक: दिपेन घिमिरे

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here