Whose Fault? Facebook Love | A Story Of Present Generation

0
8254

फेसबुकमा भेट भएर कुरा गर्न थालेको एक महिना नबित्दै उसले मलाइ प्रपोज गरेको थियो। मलाइ पनि ऊ मन पर्न थालेको थियो तर पनि मैले उसको उत्तर दिनभने अन्कनाएकी थिएँ।

“मलाइ तपाइँले देख्नु पनि भएको छैन। कसरी माया गर्नुहुन्छ मलाइ?” मैले च्याटमा सोधेकी थिएँ।

“मैले तिम्रा तस्बिर देखेको छु। अनि तिमि संग यति समय कुरा गर्दा तिमिलाइ बुझेको पनि छु। यति नै काफी छ तिमिलाइ माया गर्न।” उसले जवाफ फर्काएको थियो।

“म तस्बिरमा जस्ती देखिन्छु त्यस्ती नहुन पनि त सक्छु।” मैले हाँसेको इमो सहितको म्यासेज गरेकी थिएँ।

“मलाइ फेसबुकमा देखिए जति राम्री नभएनी चल्छ।” उसले पनि हाँसो वाला स्टिकर संगै पठाएको थियो।

मलाइ उसको रमाइलो कुरा गराइले लठ्ठ बनाएको थियो। घरिघरी त उसको प्रस्ताव स्विकार गरी हालौँ कि झैँ पनि लाग्थ्यो तर म उसलाइ केहि समय पर्खाउन चाहान्थेँ। उसको बारेमा अझै धेरै बुझ्न चाहन्थेँ। ऊ पनि मलाइ निर्णय दिहाल्न धेरै कर गर्दैन थियो।

एकदिन उसले म्यासेन्जरमा कल गरेको थियो। केहिबेरको कुराकानी पछि मैले उसलाइ सोधेकी थिएँ “काठमान्डु तिर आउनु हुन्न?”

“भेट्न हतार भयो कि के हो?” ऊ हाँसेको थियो।

“यसै सोधेको नि। आउनु हुन्छ कि भनेर।” मैले अलिकति मुस्कुराउँदै जवाफ फर्काएकी थिएँ।

“तिमि बोलाउँछौ भनेत आइहाल्छु नि अनि।” उसले उस्तै हाँस्दै बोलेको थियो।

“आउनु न त। बोलाएँ मैले।” म पनि हाँसेकी थिएँ।

“पक्का?”

“अँ पक्का त अनि।”

“कता कता घुम्न लैजान्छौ त?”

“तपाइँ जता भन्नु हुन्छ त्यतै।”

“मलाइ घुम्ने ठाउँको बारेमा थाहा नै छैन। कहाँ लैजाउ भन्नु।” ऊ फेरि हाँसेको थियो।

“पहिले आउनु न अनि थाहा भैहाल्छ नि।” मैले पनि हाँसेरै जवाफ फर्काएकी थिएँ।

“तिमिले मेरो जवाफ त दिएकी छैनौ। के आउनु र!” उसले केहिबेर रोकिएर बोलेको थियो।

“के जवाफ दिनु नि फेरि?” मैले नबुझे झैँ गरेर सोधेकी थिएँ।

“त्यही जवाफ नि, अस्तिको कुराको जवाफ।” उसले दृढ स्वरमा बोलेको थियो।

“मैले त बिर्सेँ अस्तिको कुरा। फेरि भन्नु न त।” म गलल हाँसेकी थिएँ।

“कति पल्ट भन्नु नी? जवाफ चाहिँ दिने हैनौ।” उसले स्वर बिगारेर बोलेको थियो।

“भन्नु नि अनि! जवाफ नपाए सम्म भनीराख्नु।” म उसैगरी जिस्कीएकी थिएँ।

“आइ लभ यु!…. ल भनेँ, अब त जवाफ देउ।” उसले उस्तै स्वरमा बोलेको थियो।

“के भनेर जवाफ दिन पर्छ मैले?” मलाइ जिस्कने रहर पुगेकै थिएन।

“ल भयो नदेउ जवाफ। अब कहिले सोध्दिन।” उसले घुर्की लगाएको थियो।

“नरिसाउनु न के। अलिकती जिस्किन नि नपाउनु त?” मैले उसलाइ फकाउन खोजेकी थिएँ।

“अनि मैले सिरियस कुरा गर्दा किन हाँसोमा उडाउनु?”

“सरि नि त हजुर। रिसाउन पर्छ त?”

“सरी भनेर हुन्न।”

“के भनौँ त?”

“आइ लभ यु भन।” ऊ अलिकती हाँसेको थियो।

“आइ लभ यु!” मैले झट्टै बोलिदिएकी थिएँ।

मैले यतिबोलेपछी केहिबेर मौनता छाएको थियो। म मुस्कुराउँदै उसको आवाजको प्रतिक्षामा थिएँ। केहिबेर पछि उसले फुर्किएको स्वरमा बोल्यो “साँच्चै? यो पटक त जिस्किएकी हैन नि?”

“साँच्चै त अनि।” मैले हाँस्दै जवाफ दिएकी थिएँ।

हामी प्रेमी प्रेमिका भएका थियौँ। हामी बिच पहिले भन्दा अझै बढी कुराकानी हुन थालेका थिए। हामी घन्टौँ सम्म म्यासेन्जरमा कल गरेर माया साट्ने गर्थ्यौँ। ऊ ‘म चाँडै काठमान्डु आउँछु’ भन्थ्यो। म ऊ संग हात समातेर काठमान्डौँका गल्ली हरुमा हिँडेको कल्पना गरेर रमाउँथेँ। कल्पनामै हामी क्याफेमा बसेर कफि पिउथ्यौँ। ऊ मलाइ अँगालोमा राखेर मेरा ओठमा चुम्बन गर्थ्यो। म लाजले आँखा बन्द गरिदिन्थेँ।
यस्तै यस्तै कल्पनामा रमाउँदैरमाउँदै मलाइ उसलाइ भेट्न हतार लाग्न थालेको थियो।

“तपाइँ कहिले आउने के?” म माया लाग्दो स्वर बनाउँदै उसलाइ सोध्थेँ।

“आउँछु नी सानी। केहि समय पखन। स्कुल बिदा हुन देउ।” ऊ मायालु आवाजमा मलाइ आशा देखाउँथ्यो।

“अलिक समय भनेको कति महिना भैसक्यो।” म बोलि बिगार्थेँ।

“के गर्नु त, बिदा नै मिल्दैन।”

“हजुर मास्टर साबको कहिले बिदा नमिल्ने भयो। बरु म नै आउँ कि के हो।” म जिद्दी स्वरमा बोल्थेँ।

“मिल्छ भने आउन त सानी।” मेरो जिद्दी पछि उसले भनेको थियो।

“साँच्चै आउँ?”

“के भनेर आउँछौ घरमा?”

“साथिको बिहे छ भनौँला नि।” मेरो बहाना पनि तयार भएको थियो।

“साँच्चै आउँछौ त?” उसले उत्सुक हुँदै सोधेको थियो।

“अँ! पर्शी आउँछु है?” म फुर्किएर बोलेकी थिएँ।

पर्सी पल्ट म घरमा बहाना बनाएर उसलाइ भेट्न निस्किएकी थिएँ। कोटेश्वरबाट रात्री बसको टिकट थियो मेरो झापाको दमक सम्मको लागी।
म रमाउँदै बसमा चढेँ। बस गुड्न थाल्यो। म कल्पनमा हराउन थालेँ। ऊ संग भेट भएको, बोलेको, संगै हिँडेको, अंगालोमा हालेको कल्पिएर म फुर्कन थालेँ। ऊ संगको पहिलो भेट सम्झिएर मलाइ लाज पनि लागेर आयो। रातमा धेरैबेर सम्म म गित सुन्दै एक्लै मुस्कुराइ रहेँ।

बिहानको छ बजे नै बस दमक चोकमा रोकियो। सहचालकले मलाइ आइपुगेको जानकारी दिएपछी म बसबाट उत्रीएँ। पहिलो पटक त्यो नयाँ ठाउँमा पुगेकी मैले उत्रने बित्तिकै चारैतिर नजर घुमाएँ।
बस बिसौनी नजिकै मलाइ पर्खिरहेको ऊ मेरो नजरमा पर्यो। मोटरसाइकल रोकेर त्यसैमाथी बसेको थियो ऊ यताउता नजर डुलाउँदै। उसले मलाइ देख्यो। मुसुक्क मुस्कुरायो। मैले पनि उसको मुस्कानको उत्तर मुकानले नै फर्काउँदै ऊ भए नजिक गएँ।

“ओहो! चिटिक्क परेर आइछौ त।” म नजिकै पुग्ने बित्तिकै उसले जिस्कायो।

“तपाइँ जति चाहिँ छैन है।” मैले हाँस्दै बोलेँ। ऊ पनि संगै हाँस्यो।

“बस, जाउँ।” उसले मोटरसाइकल सिधा गर्दै बोल्यो।

“कहाँ जाने?” मैले सोधीहालेँ।

“थाक्यौ होला। आराम गर्न पर्यो नि।”

“कहाँ त? घर जानु?” मैले अनकनाउँदै सोधेँ।

“हैन होटल। घर चाहिँ अब अर्को साल है? देखाउन चाहिँ लगौँला भरे।” उसले मुस्कुराउँदै बोल्यो।

मैले चाहेको पनि त्यही थियो। मलाइ उसको घर जान अफ्ठेरो लागेको थियो। मैले “हुन्छ” भनेर टाउको हल्लाउँदै मोटरसाइलको पछाडी बसेँ। उसले मोटर्साइकल अगाडी बढायो। मेरा तिग्राले उसका तिग्रामा स्पर्श गरे। म भित्र अनौठो तरंग फैलियो। म उसको नजिकै सरेँ। उसको ढाडमा मेरो छातिलाइ बिस्स्तारै छुवाएँ। मलाइ सिरिङ्ग भएर आयो। म उसलाइ कसेर पकड्न चाहान्थेँ तर सकिन।

उसले मोटरसाइकल रोकिहाल्यो। मैले मोटरसाइकलाबाट उत्रीएर होटलको बोर्डमा हेरेँ। ‘होटल कामक्ष’ थियो त्यो। हामी दुबैजना भित्र पस्यौँ। होटलको काउन्टरमा भएको मान्छेले उसलाइ कोठाको चाबी दियो। उसले होटलवालाइ कोठामा चिया ल्याइदिन पनि भन्यो।

कोठा नम्बर एकसय चारमा पसेपछी म पलङमा थ्याच्च बसेँ। उसले ढोका लगायो। मलाइ अफ्ठेरो लागेर आयो। म कुनै पुरुष मान्छे संग एक्लै बन्द कोठामा थुनिएकी थिएँ। म लाजले लत्रीएकी थिएँ।

“तिमि त फोटामा देखिए भन्दा झन राम्री रैछौ।” उसले मुस्कुराउँदै बोल्यो।

“छैन है त्यती राम्री त।” म लजाउँदै बोलेँ।

“साँच्चै हो के।” ऊ मेरो नजिक आउँदै बोल्यो।

“तपाइँ झन राम्रो।” म हाँसे झैँ गर्दै बोलेँ।

“तिमिले यसो भन्दा राम्रै छु कि जस्तो लाग्यो।” उ हाँस्दै मलाइ छोएर छेउमा बस्यो। म लाजले खुम्चिएँ। उसले पलङमा भएको मेरो हात माथी उसको हात राख्यो। म झस्किएँ। मुटुको गति बढ्यो। शरिरमा काँडा उम्रीए झैँ भयो। मलाइ उसको अंगालोमा टाँसिन हतार भएर आयो। तर लाजले म बोल्न समेत सकिन।

ढोकामा “ढक ढक” आवाज आयो। उसले मेरो हातबाट हात हटायो अनि उठेर ढोका खोल्यो। चिया आएको रहेछ। वेटर भाइले भित्रै ल्याएर चिया टेबलमा राख्यो अनि गयो। उसले फेरि ढोका बन्द गर्यो। चिया ल्याएर मलाइ दियो अनि आँफु पनि पिउन थाल्यो।

“कहिले फर्कने तिमि?” चिया पिउँदै उसले सोध्यो।

“भोली।” मैले बोलेँ।

“नजाउन के भोली नै।” उसले मलाइ हेरेर बोल्यो।

“राख्नु न यतै सधैँका लागी।” म हाँसिदिएँ।

“अर्को साल देखी पक्का राख्ने हो।” ऊ पनि हाँस्यो।

“अर्को साल सम्म मन बदलिने हो की?” मैले उसको अनुहारमा सिधा हेरेर बोलेँ।

“बिश्वाश लाग्दैन?” ऊ रिसाए झैँ गरेर बोल्यो।

“लाग्छ।”

“अँ नि किन त्यस्तो भन्या?”

“त्यसै।” म हाँसिदिएँ।

ऊ चिया टेबलमा राखेर मेरो नजिकै सर्यो। मैले पनि चियाको कपलाइ टेबलमा राखेँ। उसले एकहोरो मेरो अनुहारमा हेर्यो। मैले नजर जुधाउन सकिन, भुइँमा हेरँ। उसले मेरो हात तानेर समात्यो अनि मायालु स्वरमा बोल्यो “म माथी अलिकती पनि संका नगर। म तिमिलाइ अर्को साल देखी आफ्नी बनाउँछु। कसम!”

“अहिले चाहिँ म आफ्नी हैन तपाइँकी?” मैले उसको अनुहारमा हेरेर बिस्तारै बोलेँ। ऊ हाँस्यो। म पनि मुस्कुराएँ।

“अहिले पनि आफ्नी हौ। तर अर्को साल चाहिँ सिन्दुर लगाएर घरमा नै भित्र्याउँछु भन्या के लाटी।” ऊ मेरो झनै नजिक सर्दै बोल्यो।

म उसको छुवाइ अनि कुरा गराइले लठ्ठिएकि थिएँ। मलाइ केहि बोल्न आएन। म एकोहोरो उसलाइ हेरिरहेँ। उसले मलाइ तानेर अंगालोमा लगायो। हतारिएकी मैले ढिला नगरी उसको ढाडमा हात लगेर उ संग कसिएर टाँसिएँ। मेरो मुटुको गति तेज भएर आयो।

उसले मेरो निधारमा चुम्बन गर्यो। म पग्लिएँ। मैले आँखा बन्द गरेर आँफुलाइ उसको हवला गरिदिएँ। बिस्तारै उसका ओठहरु मेरा ओठमा जोडिए। मेरो शरिर भरी अनौठो तरंग छायो। मेरा ओठ चलमलाए। उसले मेरो तल्लो ओठलाइ उसका ओठले चेप्यो।
उसको जिब्रोले मेरा ओठहरुमा छुन थाल्यो। मैले मेरा ओठहरु खोलिदिएँ। उसको र मेरो जिब्रोहरु एकआपसमा स्पर्श गर्न थाले। त्यो अनौठो पुरुष स्वादले म रसिली भएकी थिएँ। मलाइ छटपटि हुन थाल्यो। मलाइ उसको छाती भित्र नै पसौँ कि झैँ भएर आयो। मैले उसलाइ जोडले आफ्नो छातिमा कसेँ।

उसको हात मेरो छातिमा पुग्यो। उसले बिस्तारै मेरा स्तन चलायो। म यताउता बटारिएँ। मैले उसलाइ रोक्न सकिन अनि चाहिन पनि।
बिस्तारै उसका हातहरु मेरा कपडा भित्र छिरे। मेरो खटपटी झनझन् बढ्दै गयो। उसका हातहरु मेरो छातिमा सलबलाउन थाले। मेरो शरिर पुरै लत्रीयो। उसले मलाइ पलङमा लडायो अनि केहिबेरमा नै निर्वस्त्र बनायो। उसले आफ्ना पनि कपडा खोलेर फाल्यो अनि मेरो छाती माथी आफ्नो छाती राख्यो। मेरा स्तनहरु उसको छातिमा चेपिए। हाम्रो पेट एकआपसमा खप्टियो। उसको शरिरको न्यानोले मेरो पुरै शरिरलाइ तातो बनायो। उसका ओठहरु मेरा ओठ अनि गाला हुँदै घाँटि तिर पुगे। मेरो बढेको सास संगै शरिर नै तलमाथि हुन थाल्यो।

केहिबेरमा नै उसका ओठहरुले मेरो छातिमा चुम्बन गर्न थाले। उसले बिस्तारै मेरा स्तनहरुमा चुम्बन गर्यो। म अर्ध बेहोस झैँ भएर छटपटाइ मात्र रहेँ।
उसले आफ्ना हातहरु मेरा तिग्राहुँदै बिचतिर डुलाउन थाल्यो। म मैन पग्लिए झैँ पग्लन थालेँं। मैले मेरा तिग्राहरु एकआपसमा खप्ट्याउन खोजेँ तर उसले दिएन।

मेरो शरिर भित्र आगो बले झैँ भएको थियो। त्यो आगो निभाउन उसले मात्र सक्थ्यो। मलाइ हतार पर्न थालेको थियो। मैले छटपटाएर उसलाइ तानेँ। सायद उसले मेरो छटपटाहट बुझ्यो। ऊ माथि आयो अनि मेरो छातिमा छाती राख्यो। मैले बिस्तारै मेरा खुट्टाहरु खोलिदिएँ। ऊ ढिला नगरी म भित्र प्रबेश गर्यो।

म ऊ चाँडै नरोकियोस् भन्ने चाहान्थें तर ऊ रोकियो। सिथिल भएर बङ्लङ्ग ओछ्यानमा पल्टियो। अनि मलाइ हेरेर मुसुक्क मुस्कुरायो। मलाइ फेरि लाज लागेर आयो। मैले ब्लान्केट तानेर आफ्नो लाज छोपेँ।

“मलाइ छोड्नु त हुन्न नि है?” केहिबेर पछि मैले बोलेँ।

“किन यस्तो कुरा सोधेको सानी? मैले भने त कहिले छोड्दिन भनेर।” ऊ ब्लान्केट भित्र पस्दै मायालु स्वरमा बोल्यो।

“केके भएपछी छोरा मान्छेको मन बद्लिन्छ अरे।” मैले सानो स्वरमा बोलेँ।

“कसले भन्यो फेरि?”

“साथिले भनेका।” मैले उत्तर दिएँ।

“ढुक्क हौ सानी। तिमिलाइ म कहिले छोड्ने छैन। अर्को साल हामी बिहे गर्ने हो पक्का।” उसले मलाइ अँगालो हाल्दै बोल्यो। मलाइ केहि बोल्न आएन। मैले उसको छातिमा टाउको राखिदिएँ।

केहिबेरमा खाना खाएपछी उसलाइ साथिको फोन आयो। फोनमा बोलिसकेर ऊ मेरो नजिकै आयो अनि बोल्यो “आज साथिको बर्थडे पार्टि रहेछ। जाउँ है?”

“हँ? कहाँ जानु? अफ्ठेरो हुन्छ।” म अनकनाएँ।

“हुन्न के अफ्ठेरो। मेरा साथिहरु नी चिन्छौ। जाउँ न अनि।” उसले कर गर्यो। मैले नाइँ भन्न सकिन।

मध्यान्ह दिउँसो हामी होटलबाट निस्किएर साथिले बोलाए तिर हिँड्यौँ। मोटरसाइकलमा अगाडि बढ्दै गर्दा मैले सोधेँ “जाने चाहिँ कुन ठाउँ हो?”

“यहि रतुवा खोला पारी एउटा साथिको होटल छ। त्यहिँ रे पार्टी।” उसले जवाफ दियो।

म उसको ढाडमा कसिएर टाँसिएँ। मेरा हातले उसको कम्मरमा पकडेँ। अनि मेरो टाउको उसको कुममा ढल्काएँ। यसरी हिँड्दै गर्दा मलाइ उसकी श्रीमती झैँ आभास भएको थियो।

हामी रतुवा खोलाको पुल कट्यौँ। केहिपर पुगेपछी पेट्रोल पम्प आयो। त्यहीँबाट उसले मोटरसाइकल तल्लो पटि छिरायो। मोटरसाइकल रोकियो। म उत्रीएँ। मेरो नजर होटलको बोर्डमा पर्यो। लेखिएको थियो “फ्यामिली सेकुवा कर्नर, लखनपुर।” बाँसका भाटाले चिटिक्क पारेर बनाएको होटल सुन्दर देखिन्थ्यो।
ऊ सरासर भित्र पस्यो। म पनि उसको पछि लागेँ। होटलका काउन्टरमा बसेको केटा हामिलाइ देखेर मुसुक्क मुस्कुरायो।

“के छ बिपिन खबर? खै त केटाहरु?” उसले होटलमा बसेका केटासंग हात मिलाउँदै सोध्यो।

“पछाडी दुइ नम्बर क्याबिनमा छन्। तिमि जाँदै गर म पनि आउँछु एकैछिनमा।” होटलवाला साथी बोल्यो।

ऊ क्याबिन तिर गयो। म पनि गएँ। भित्र चार जना अरु केटाहरु बसेर रक्सी पिउँदै थिए। हामी भित्र पसेपछी उनिहरु बिच भइ रहेको कुरा रोकियो।

“ओहो! ल बसौँ है। कुर्सी तानेर।” एउटा केटाले बोल्यो।

“उनि चाहिँ तिमिहरुको भाउजु।” मलाइ चिनाउँदै ऊ हाँसेर बोल्यो।

“नमस्कार भाउजु। बस्नुस् न।” उनिहरु हांस्दै एकै स्वरमा बोले। मैले लजाउँदै नमस्कार फर्काएँ अनि कुर्सी तानेर बसेँ।

केहिबेरमा होटलवाला बिपिन पनि आयो। उसले साथमा केहि बियरका बोत्तल अनि केहि प्लेट सेकुवा लिएर आयो।

“अनि भाउजुलाइ बियर त चल्छ नि?” बिपिनले हाँस्दै बोल्यो।

“अँह पिउँदिन त।” मैले नि हाँसेरै जवाफ फर्काएँ।

“उनलाइ एउटा जुस ल्याइदेउन।” उसले बिपिनलाइ भन्यो।

बिपिनले होटलमा काम गर्ने भाइलाइ कराएर जुस मगायो।

केहिबेरमा जुस आयो। म जुस पिउन थाले अनि उनिहरु रक्सी। उनिहरुलाइ नसा चढ्दै गयो। उनिहरु आफैँ बिच कुरा गरीरहे। म चुपचाप बसेर उनिहरुका कुरा सुनिरहेँ।

केहिबेरमा बिपिनले मलाइ हेरेर बोल्यो “अनि भाउजुको नाम चाहीँ के हो नि?”

“अस्मिता।” मैले जवाफ फर्काएँ।

“अस्मिता मात्रै? भाउजुको थर पनि छ कि?” ऊ हाँस्यो। अरु साथी पनि गलल हाँंसेँ।

“अस्मिता घिमिरे।” मैले अफ्ठेरो मान्दै बोलेँ।

मेरो जवाफ पाएपछि केहिबेर सम्म उनिहरुले केहि प्रश्न गरेनन्। फेरि रक्सी पिउँदै हल्ला गर्न थाले। उनिहरु घरिघरी गलल हाँस्थेँ। मलाइ भने कतिखेर फर्कनु झैँ हतार हुन थालेको थियो।

केहिबेर पछि अर्को एउटा साथिले रक्सिको गिलास टेबलमा राख्दै बोल्यो “ए साँच्ची। घिमिरे त बाहुन हैनन्? तँ छेत्रीका छोरासंग बिहे गर्न दिनुहुन्छ के भाउजुका बा-आमाले?”

“उसलाइ नै सोध्न अनि।” उसले हाँसेर बोल्यो।

“बाहुनकी छोरीले छेत्री संग बिहे गर्ने हो त भाउजु?” उसले हाँस्दै मलाइ हेरेर बोल्यो।

“म बाहुन नै हैन।” मैले हांसेरै जवाफ दिएँ।

“अनि के हो त?” ऊ अलमलियो।

“कामी हुँ म त।” मैले अलिकती हाँसेर बोलें!

हल्ला गरिरहेका सबैजना सान्त भएर मलाइ हेरे। उसले पनि चकित मुद्रामा पुलुक्क मलाइ हेर्यो।

“नजिस्किनु न भाउजु। साँच्चै सोधेको के।” उसको साथिले हाँसे झैँ गर्दै बोल्यो।

“जिस्केको हैन। साँच्चै हो के। हामी घिमिरे कामी नै हौँ।” मैले उस्तै हाँसेर उसलाइ जवाफ दिएँ।

सबैको अनुहार लत्रीयो। बिशेष गरि उसको। सायद उसलाइ थाहा थिएन कि म दलित हुँ भनेर। उसले कहिले सोधेको थिएन र मैले भन्न जरुरत पनि ठानेकी थिइन।

केहिबेरमा अकमकाउँदै होटलवाला बिपिन उठ्यो अनि बोल्यो “खाँदै गर तिमिहरु। मेरो काम छ अलिकती।”

“हैन म पनि निस्किने हो। उनलाइ दमक बजार डुलाउनु छ।” उसले उठ्दै बोल्यो।

ऊ उठेपछी म पनि संगै उठेँ। उ सरासर बाहिर निस्कियो अनी मोटर्साइकल घुमायो। म पछाडी बसेँ। उसले मोटर साइकल अगाडी बढायो।

“तिमि साँच्चै कामी हो र?” केहिबेरमा उसले सोध्यो।

“साँच्चै त अनि।” मैले जवाफ दिएँ।

“ए! मलाइ ता थाहा नै थिएन।” उसले बिस्तारै बोल्यो।

“तपाइँलाइ मेरो थरले असर गर्छ हो?” म उ संग टाँसिदै बोलेँ।

“पर्दैन। के फरक पर्नु र अहिलेको जमानामा।” उसले बोल्यो।

मलाइ ढुक्क भयो। म उसको ढाडमा ढल्किएँ अनि उसको कम्मरमा पकडेर कुममा टाउको ढल्काएँ।

उसले मलाइ दमक बजार डुलाएन। फेरि होटलमा नै लिएर गयो। कोठामा पस्ने बित्तिकै चुकुल लगायो अनि मलाइ अंगलो हाल्यो। उसले अंगालो हाल्ने बित्तिकै मैले सबाथोक बिर्सिएर उसैकी भएँ। फेरि उसले मलाइ चुम्बन गर्दै पलङमा लडायो अनि निर्वस्त्र बनायो। मैले पनि उसलाइ निर्धक्क मेरो शरिर सुम्पिदिएँ!

रात पर्यो। हामिले संगै खाना खायौं अनि फेरि कोठा फर्कियौँ। केहिबेरमा नै फेरि ऊ सुरु भयो। यो पटक मलाइ मन थिएन तर पनि मैले नाइ भनेर उसको चित्त दुखाउन चहीन।

बिहान मैले काठमान्डू फर्कन थियो। बिहानै उसले मलाइ लिएर बसपार्क पुर्यायो। बस आयो। म बसमा चढेँ। झ्याल बाहिर ऊ उभिएको थियो। मलाइ उसलाइ छोडेर जाने मन थिएन तर जानै पर्ने बाध्यता थियो।

“मलाइ कहिले नछोड्नु है?” झ्यालबाट टाउको निकालेर मैले बिस्तारै बोलेकी थिएँ।

“त्यस्तो कुरा नि भन्न पर्छ र? राम्रो संग जाउ।” उसले जवाफ दियो।

गाडी गुड्न थाल्यो। ऊ पछाडी छुट्यो। म अगाडी बढेँ। दिनभरी उसको याद आइरह्यो। म उसको अंगालो, चुम्बन अनि स्पर्श सम्झिएर दिनभर एकोहोरिइ रहेँ।

बेलुका घर पुगेँ अनी फेसबुक खोलेर हेरेँ। उसले दिनभरिमा एउटा पनी म्यासेज गरेको थिएन। अरुबेला घन्टा नबित्दै म्यासेज गर्ने उसको म्यासेज नहुँदा मन दुखेर आयो। मैले उसलाइ फोन लगाएँ। निकैबेर पछि फोन उठ्यो।

“हेलो।”

“म्यासेज पनि गर्नु भएनछ आज त।” मैले रुञ्चे स्वरमा बोलेँ।

“पुग्यौ नि हैन घरमा?” उसले बोल्यो।

“अँ पुगेँ भर्खर।”

“ए ल ल। राम्रो संग बस।” उसले बोलि टुँग्याउन खोज्यो।

अरुबेला घन्टौँ कुरा गर्ने उसले आज एकछिन पनि बोल्न नचाहाँदा मेरो मुटु दुख्यो। आँखा रसाएर आए।

“तपाइँ रिसाउनु भएको म संग?” मैले बिग्रीएको स्वरमा बोलेँ।

“छैन रिसाको।” उसले रुखो स्वरमा बोल्यो।

“सायद म दलित भन्ने थाहा पाएर यस्तो भएको होला।” मेरो आँशु चुहियो। म रोइदिएँ।

“पहिल्यै भन्न पर्थ्यो तिमिले।” उसले उस्तै रुखो स्वरमा बोल्यो।

“सरि! तपाइँले कहिल्यै सोध्नु भएन पनि। अनि हिजो त केहि फरक पर्दैन भन्नु हुन्थ्यो त?” मैले रुँदै बोलेँ।

“मलाइ फरक नपरेर भएन। परिवारलाइ त फरक पर्छ।” उसले ठाडो उत्तर दियो।

मलाइ केहि बोल्न आएन। भक्कानो छुटेर आयो। मेरा सारा सपनाहरु एकैपटक तोडिए। मुटु दुखेर फुट्ला झैँ भयो। मैले रुँदै फोन काटीदिएँ।
मनमा एउटा प्रश्न उब्जियो “आखिर दोषी ऊ थियो या म आँफै?”

समाप्त।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here