Wedding In Mangsir | Mangsir Vibes

0
613

समयलाई गतिशील बनाउन १२ महिना आउछन, अनि व्यतित हुन्छन । अर्को नयाँ वर्षको आगमनसंगै पुनः यी महिनाहरू चक्रीय स्वरुपमा देखा पर्दै प्राणी जगतलाई अनन्तताको गन्तब्यतर्फ डो¥याइरहन्छन । प्रत्येक महिनाको महत्व उत्तिकै हुन्छ । जीवन र जगतलाई चलायमान गराउने यी महिनाहरू मध्ये यस बर्षको मङ्सिर महिना बयस्क युवायुवतीहरुलाई श्रीमान श्रीमतीको भूमिकामा उभ्याउदै बितिसकेको छ । जन्मघरसंगको समन्धलाई सांकेतिक रुपमा तोडिएको पवित्र कुशको झारसंगै एकाकार गर्दै नयाँ गोत्रमा समायित हुदै नव जीवनमा पदापरण गरिसकेका छन उल््लेखीय संख्यामा हिन्दु युवतीहरु । युवा युवतीहरु अन्य महिनामा विवाह बन्धनमा बाँधीएतापनि मङ्सिर महिनामा हुने विवाहको छुट्टै महत्व छ । यस समयमा सुर्य वृष्चिक राशिमा रहने तथा त्यस बेला गरिने हरेक क्रियाकलापले शुभफल दिने धार्मिक विश्वासले मङ्सिर महिनालाई विवाहको महिनाको रुपमा स्थापित गरेको हो । त्यसोत हेमन्त ऋतु बंशबृद्दि, धनबृद्दि तथा ऐश्वर्य प्राप्तिको ऋतुको रुपमा हिन्दु समाजमा आत्मसात गरिएको कारणले पनि विवाहको साहित वा लगन मङ्सिर महिनामा जुराउने आम प्रचलन नै बनेको छ । दशैं तिहारको लामो बिदाले बर–बधु खोज्ने अवसर प्रदान गर्ने हुदा मङ्सिर महिनामा युवायुवतीहरु लगन गाँठोमा बाधिन सु–अवसर प्रदान गरिदिन्छ । वर्षायाममा लागाइएको बालीनाली असोज कार्तिक महिनामा भित्र्याए पछि फुर्सदको समय हुने भएको कारणले पनि परापूर्व काल देखि नै विवाह बन्धनको महिना मङ्सिर हुन पुगेको अनुमान लगाउन सकिन्छ । नेपाल पुरुष प्रधान देश हो । सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, परम्परागत रुपमा नै स्त्री भन्दा पुरुष एकदमै बलशाली देखिन्छ । विवाह समन्ध स्थापित हुदा स्त्री जाति जन्मघर छोड्नै पर्ने सामाजिक संरचना एकातर्फ छ भने अर्को तर्फ कानुनीरुपमा श्रीमानको गोत्र या थरमा समायोजन हुनै पर्ने व्यवस्था छ । दानहरुमा पनि ठुलो दान कन्यादान भनि अर्काको छोरालाई आफ््नी छोरी सुम्पदा आमाबुवा लगायत सम्पूर्ण माइतिपक्षको मन साच्चै नै गह्रौ हुन्छ । आँखाभरि आँशु छचल्किन्छन । कति भक्कानिन्छन, कति त वेहोस सम्म हुन पुग्छन । माइतिहरुको सम्झनामा घुम्टो भित्र सजिएकी वेहुलिको अनुहार मलिन देखिन्छ, आँखा रसाएका हुन्छन । नारीको जीवनमा विवाह एक यस्तो दिन हो जसले अर्केाको घरलाई आफ्नै घर बनाइदिन्छ भने आफ्नै जन्म घरलाई माइतीको घरमा बदलिदिन्छ ।

माइतिसंगको विछोडसंगै श्रीमान र उसका परिवारका सदस्यहरुसंग विवाह बन्दनले मिलन स्थापित गर्दछ । यहि मिलनसंगै शुखद र सफल दाम्पत्य जीवनको अपेक्षा गरिन्छ । मानव सभ्यतालाई कायम राख्ने बंश परम्पराको चक्रलाई चलायमान बनाउन सन्तान प्राप्ति तथा मायाजालमा घेरिने क्रमसंगै जीवन संघर्षपुर्ण, उत्साहजनक एवम उर्जावान बन्न पुग्दछ । पारिवारिक एवम सामाजिक दायित्वबोधले परिपक्वतातर्फ जीवन उन्मुख हुन्छ ।
विवाहपूर्वका भन्दा विवाह पश्चातका दिनहरु नारीको जिन्दगीमा बढी संबेदनशील तथा चुनौतीपूर्ण बन्दछन । बिशेषगरि श्रीमानका स्वभावजन्य कुराहरुले नारीको जीवनमा मनोबैज्ञानिक प्रभाव पारिरहेका हुन्छन । झगडालु स्वभाव तथा आक्रोशपूर्ण प्रस्तुति भएका श्रीमानसंग एकाकार गर्दै अगाडी बढ्नु कम चुनौतिको बिषय होईन । नशालु पदार्थको अम्मल वा लतमा परिसकेका पुरुषको जीवनसाथी बन्न पुगेका नारीहरुको जीवन कष्ठकर बन्न सक्दछ । दाइजोको निहुमा दिनानुदिन भएको कचकचले मानसिक सन्तुलन गुमाएका नारीहरुको संख्या हाम्रो समाजमा अनुमान गरे भन्दा पक्कै धेरै छ । दाइजो नपाएको वा कम पाएको निहुमा श्रीमतीको हत्या गरेका पुरुषहरुको संख्या पनि कमि छैन । अखवारका पानाहरु नारी हिंशा र असुरक्षाका यस्तै घटनाले भरिएकै हुन्छन ।

विवाहपुर्व नारीले कुनै पुरुषसंग गरेको प्रेम समन्धलाई पुरुष प्रधान नेपाली समाजले स्वीकार गर्दैन । यस्तो प्रेम बारे विवाह पश्चात श्रीमान वा उसको परिवारले कहिँबाट सूचना पाएमा नारीको जिवन एकदमै कठिन वा भनौ नारकीय नै हुन पुग्दछ ।यस्ता घटनाले वैवाहिक मिलन प्रगाढ हुन नपाउदै विछोड वा विच्छेदमा परिणत गराएका उदाहरणहरु समेत प्रशस्त भेटिन्छन । प्रेम गर्नु पाप होइन भन्ने ऊखान माथि उल्लेखित परिस्थितिमा गलत सिद्द भएको हामी भेटाउदछौ । पुरुषको भन्दा नारीको जीवनमा विवाहपुर्व गरिएका यस्ता प्रेमहरु विवाह पछि क्यान्सर बनि बल्झिएको घटना अनेकौं पाइन्छन ।

सायद सबै भन्दा धेरै सुनको किनबेच हुने महिना हो, मङ्सिर । विवाह संस्कारमा बढ्दो सुनको प्रयोग पनि वैवाहिक नारी जीवनमा तगारो बनिरहेको छ । श्रीमान तथा उसका परिवारका सदस्यहरुलाई प्रदान गरिने सुनको गहनाको प्रचलनले कतिपय माइतिहरुलाई ऋणमा डुवाईदिएको छ । घर घडेरी समेत बेच्नु पर्ने स्थिति सिर्जना भएको छ । त्यसैगरी गहना माथि लुटेराहरुको ध्यान बढी केन्द्रित हुने हुदा सुनको प्रयोगले नारी असुरक्षा बढाईदिएको छ । गहनाको रुपमा प्रयोग भएको सुनले दाम्पत्य जीवनमा शोभाको तुलनामा चिन्ता र तनाव नै बढी थपेको छ । सुनको बढ्दो प्रयोगले गरिव परिवारका नारीहरुमा मनोबैज्ञानिक खिन्नता र आत्मबल कमजोर बनाइदिएको छ ।

यस बर्षको मङ्सिर महिनाले उल्लेखीय संख्यामा नर र नारीको मिलन गराइसकेको छ वैवाहिक जीवनको रस–रङ्ग, संघर्ष, सहकार्य र सहमतिको यात्राको शुरुवात भईसकेको छ । दाम्पत्यजीवनलाई स्वर्गीय जीवनमा रुपान्तरण गर्ने मुख्य पात्र श्रीमान र श्रीमती हुन भने पारिवारिक वा सामाजिक भूमिका सहायक मात्र हो । राम्रो जीवन साथी पाएकोमा गर्व तथा एक अर्काप्रति गहिरो सम्मानभाव राख्न सकेमा दाम्पत्य जीवन यात्रा शुखामय बन्न सक्द्छ । एक अर्काका कमजोरी देखाउनु वा आलोचना गर्नु भन्दा सकारात्मक वा राम्रा गुणहरुको प्रशंशाबाट वैवाहिक जीवनको शुरुवात गर्नु आवश्यक छ । मुक्तकण्ठबाट एक अर्काको राम्रा गुणहरुको गरिएको प्रशंशाले आत्मीय समन्धलाई झन प्रगाढ बनाउनुको साथै सह यात्रालाई उर्जावान बनाउदछ ।

आपसी समझदारी र विश्वासमा अघि बढ्नु पर्ने दाम्पत्यजीवनमा आत्मकेन्द्रित प्रबृत्ति हावी भएमा वैवाहिक मिलन बिछोडमा परिणत हुन सक्दछ । लामो समयदेखि सजाइएका सपनाहरु चकनाचुर हुन पुग्दछन । सहकार्यको अभाव, एकआपसमा सम्मानभावको कमि, अनियन्त्रित धुम्रपान मदिरापान आदी जस्ता कुराहरुले वैवाहिक समन्धलाई बिच्छेद गरिरहेका उदाहरणहरु दिनप्रतिदिन बढी रहेका छन । दाम्पत्य जीवन यात्रामा आउने तनावलाई उचित व्यवस्थापन गर्न नसकी हिंशा र हत्यामा उत्रिएका मानिसहरुको संख्या हाम्रो समाजमा उल्लेखनीय नै छ । अनावश्यक शंका उपशंकाले समेत दाम्पत्यजीवनलाई कष्ठ्प्रद बनाइदिएको छ । श्रीमान–श्रीमती बीच संवादहिनताको कारणले झिना मसिना कुराहरुले समेत भयङ्कर विष्फोटनको रुप लिई पारिवारिक समन्धलाई फिक्का बनाइदिन्छ ।

आमा–वुवा बीचको बेमेलको भुमरीले सन्तानहरु अचानो जस्तो बनिरहेको हामीले देखेकै छौं । आमा संग बोल्दा वुवा झर्किने, बुवासँग बोल््दा आमा ठुस्सिने आवस्था आउनु सन्तानको जीवनमा साह्रै बिडम्बनापूर्ण स्थिति हा े। पारपाचुके गर्न पुगेका जोडीहरुको सन्तानहरुले आमा वा वुवा मध्ये एक गुमाउन पुग्दछन । पारपाचुके पछि पुनः अर्को विवाह गर्दा सबैभन्दा बढी मारमा निर्दोष सन्तानहरु परिरहेको हाम्रो समाजमा प्रष्टसंग देखिएकै छ । निर्दोष बाल्यकालमा यस्तो बज्रपात सहन बाध्य पारिनु वैवाहिक जीवनलाई व्यवस्थापन गर्न नसकेका नालायक जोडीहरुको अपराध नै हा । हाम्रो देशको राजनैतिक, सामाजिक तथा आर्थिक संरचनाभित्र मौलाउदो पारपाचुकेको दरले अन्तत्वगत्वा साना सन्तानहरुको नैसर्गिक अधिकारलाई ठाडो हनन गरेको छ । मंसिरे लगनमा समन्ध जोडेका सम्पूर्ण जोडीहरुले यहाँ उठान गरिएको विषयवस्तु भावी दिनको निम्ति सन्दर्भ सामाग्रीको रुपमा ग्रहण गर्दा बेश नै हुन्छ ।

जीवन संघर्ष हो भन्ने उक्तिलाई आत्मसात गरि वैवाहिक गठ्बन्दनमा बाधिएका नव जोडीहरुले एक अर्काका जटिलताहरु वा भनौ जीवनका उकाली ओराली, मिठा–तिता अनुभूतिहरुलाई सह–स्वामित्व ग्रहण गरि अगाडी बढ्न सकेमा दाम्पत्य जीवनको आवश्यकताको गहिरोबोध हुन सक्दछ । संघर्षका जटिलताहरु जीवनका रोमान्चकतामा परिणत हुन सक्दछन । सहकार्यले एक आपसमा आत्मबल र आत्म बिश्वास बृद्दि गरिदिन्छ । सफल जीवनका परिसूचक शैक्षिक, आर्थिक, ज्ञान बिज्ञान जस्ता क्षेत्रहरु मजबुद बन्दै गई समृद्द जीवन प्राप्ति हुन सक्दछ ।

अन्त्यमा, यस बर्षको मंसिरे लगनको सु–अवसरमा हिन्दु युवायुवतीहरु वैवाहिक जीवन यात्रामा प्रवेश गरिसकेका छन । यस यात्रामा अनेकौं मोड घुम्तीहरु अवश्य आउने छन । बिश्वास, धैर्यता, सहकार्य, गहिरो संवाद जस्ता सकारात्मक सुचकहरुको उत्कृष्ट हतियार प्रयोग गरि वैवाहिक जीवनलाई सफलताको चुचुरोतर्फ डोर्याउनु गठबन्दनमा बाधिएका नवजोडीहरुको दाम्पत्य कर्तब्य हो । रिस, आक्रोश र घमण्डले यो पवित्र यात्रालाई पुर्णबिराम लागाईदिन सक्छ । माइती तथा घरपक्षका सदस्यहरुमा चिन्ता र तनाव उत्पन्न नहुने गरि सहयात्रा मजबुद बन्न सकोस । नयाँ लत्ताकपडा र गहनामा सजिएका सम्पूर्ण लालजोडीहरुको वैवाहिक जीवन सदा सर्बदा नविन बन्न सकोस । समाजले सफल जोडीको रुपमा चिन्न सकोस, सम्मान गर्न पाओस । दाम्पत्य मिलनले जीवनका दुख कष्ठलाई नष्ट गर्न सकोस । मंसिरे लगनमा मिलन भएका सम्पूर्ण नवजोडीहरुलाई वैवाहिक शुभ यात्राको शुभकामाना !

दिनानाथ पौडेल
बर्दघाट–१३, नवलपरासी

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here