Ways To Cure And Get Instant Relief From Gastric

0
760

भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज । अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ । मसालेदार,तारेभुटेको,चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ ।
नआतिनुहोस् मैले आँफैले प्रयोग गरेर पाएको फाईदा यहाँहरु समक्ष् बाड्दै छु । जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो । हो यही हो यो रोग को औषधी ।

जुवानो सुत्केरी अवस्थामा सुत्केरी लाई मात्र खुवाउने चिज होइन रहेछ । यो त पाचक रहेछ, त्यही भएर त्यो बिग्न सुत्केरी अवस्थाको चिल्लो पचाउने काम गर्दो रहेछ यस्ले ।

अब औषधी बनाउने बिधी सिकौं ।

एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाउ । यही अनुपातमा आफुलाई चाइने मात्रामा यो तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ । जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान शौच खलास हुन्छ ।

ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने ६ कुरा

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।

प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

नेपालीको साझा रोग ग्यास्ट्रिक र त्यसका डरलाग्दा असर

झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।

विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ ।

जसको उत्दादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पुर्याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ ।

आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ ।

सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो ।

ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिङटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने जस्ता लक्षण देखा पर्छन् ।

कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने र तौल घट्दै जाने लक्षणसमेत देखिन्छ । आमाशयका भित्तामा ‘इन्फ्लामेसन’ (सुन्निएर रातो भएर दुख्ने समस्या) भयो भने पनि त्यो ग्यास्ट्रिकमा परिणत हुने चिकित्सकहरू बताउँछन् ।

अन्ननली हुँदै खाना आमाशय पुगेपछि केही पाचन रस निस्कन्छन् । यी रससँग खानेकुरा मिसिन्छ । त्यसपछि आमाशयभित्रै पाचनक्रिया सुरु हुन्छ । पाचन क्रियापछि शरीरका लागि आवश्यक तत्व रहन्छ र बिकार वस्तु सानोआन्द्रा हुँदै बाहिरिन्छ ।

पेटरोग विशेषज्ञ डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार खानेकुरा पचाउनलाई सहयोग गर्ने हाइड्रोक्लोरिक एसिडले कहिलेकाहीँ आमाशयको साइडमै असर पार्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बेला यो एसिडका कारण आमाशयका भित्तामा ससना घाउहरू हुन्छन् ।

त्यस्ता घाउलाई सानो भएमा निरोजन र ठूलो भएमा अल्सर भनिन्छ । खानेकुरा पचाउन आउने ¥यालजस्तो एसिड ब्याक्टेरिया तथा किटाणु मार्न निस्कने हो, तर कहिलेकाहीँ यो एसिड बढी निस्कियो भने शरीरलाई हानी पु¥याउँछ ।

पेटमा सानोआन्द्रा र आमाशयको ‘म्युकोजा’ कमजोर भए हाइड्रोक्लोरिक एसिड सामान्य नै रहे पनि ग्यास्ट्रिक हुन सक्छ । यसैगरी, आमाशयको भित्तामा ‘एच पाइलरी’ भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ‘इन्फेक्सन’ गराएपछि अल्सर तथा क्यान्सरको सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ ।

ग्यास्ट्रिक रोग जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ ।

अनियमित जीवनशैली जस्तैः भोक लागेको बेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग बृद्धिमा सहयोग पु¥याइरहेको हुन्छ ।

डा. श्रेष्ठको भनाइमा व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्रा, शारीरिक श्रम वा व्यायाम नगर्नेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।

मदिरा तथा धुम्रपान जन्य पदार्थको सेवन, बढी मात्रामा चिया–कफि पिउने बानी र कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

यसैगरी, पेटको शल्यक्रिया, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग र एचआईभी एड्स संक्रमित बिरामीलाई पनि ग्यास्ट्रिकले सताउँछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here