Valentine Special – A Short Story

0
3449

भ्यालेन्टाइन आको छ गर्ल्फ्रेन्ड लाई के दिने होला गोजि मा सुक्को छैन
फेरि भेट्न जाने राम्रो लुगा पनि छैन के गरम ??
आमा लाई माग्नु पर्यो पैसा लुगा किन्ने गिफ्ट किन्ने

आमा पाच हजार दिनुन काम छ

” किन चाहियो तलाउ तेत्रो पैसा अब आफै कमाउने उमेर मा अझै बेगारि भएर लफङ्गा हरु को सङ्गत गरेर हिनेको छ्स घर को समस्या बुझ्नु त कता हो कता अझै पैसा माग्छस”

बाउ ले सुनी राख्नु भको थियो सायद कहि जाने तयारी मा हुनु हुन्थ्यो त्यसैले केही भन्नू भएन

मलाइ पनि रिस् उठेर खाना पनि नखाइ घर छोडेर हिने
साथि हरु सङ्ग भेट भो

“ओए जाम हिड रक्सी खान”
हल्का आमा को ल्याङ्ग ल्याङ्ग ले तनाब नि भाको थियो जाम्न त भनेर म पनि गए

साथी हरु खुब खुसी हुँदै कुरा गर्दै थिए आफ्नो प्रेमिका भेट्ने महँगो उपहार दिने नया ठाउँ घुम्ने
अनि आफू ? आफू सुक्को छैन

मेरो बाउ आमा कस्तो छन जाबो त्यति पैसा माग्दा नि दिनुत कता हो कता उल्टै गाली गर्छन एस्तो जिन्दगी त के जिउनु सोचेर मर्नु मन लाग्यो !
अनि गए मर्न भनी एउटा डोरि बोकि
ठूलो रुख तिर,

रुख निकै नि ठूलो थियो र झुन्डिन पनि माथि नै चड्न पर्ने
साला मर्न पनि कहाँ सजिलो रैछ र सोच्दै सोच्दै रुख मा चडेर डोरि बाध्दै थिए , खुब चरा हरु को आवाज आयो वरिपरि घुम्न थाले ती चरा हरु
सायद रिसाएका थिए जस्तै देखिन्थ्यो र अझ कुनै चरा हरु त झम्टी झम्टि मलाइ नि ठुङ्न खोज्दै थिए
हैन आज के भएछ चरा हरु नि म मर्ने भन्दा रिसाएकी क्या हो सोच्दै डोरि बाध्न थाले
त्यही हाङ्गा मा चरा को गुड रहेछ,
मलाइ थाहा नि भएन मेरो भारी ले त्यस गुड को एउटा बचेरो तल झर्यो,
तल खस्न नपाउदै अर्को चरा ले उस्लाउ च्याप्प समातेर अर्को हाङ्गा तिर लिएर गयो ,
सायद उस्को आमा थियो त्यो ,

high contrast image of a hangman’s noose

मलाइ त्यो दृश्य ले झस्कायो ,

ओहो जाबो एउटा चरा ले त उस्को सन्तान लाई यति जोगाउछिन यति माया गर्छिन भने के मेरि आमा ले मलाइ माया गर्दिनन होला त ?
एउटा चरा को त त्यत्रो समुह रहेछ मलाइ घेर्यो ठुङ्न खोज्यो भने के मेरा आफन्त हरु म मर्दा खुसी होलान त ?
अह मलाई मर्न मन लागेन पटक्कै अनि रुख बाट ओर्लिएर घर तिर आए आमा लाउ माफी माग्न

अनि तपाईं त हस्पिटल जानू भाको हैन के भन्यो डाक्टरले ??
(भान्सा बाट आवाज आउदै थियो आमा को)

अह जाने भनेको बिहान छोरा को कुरा सुनेर तेसलाइ पाइन्ट किनेर ल्याइदे म बुडोलाई के डाक्टर के धामी र छोरा खुसी भए भैगो नि

यो शब्द ले मेरा आँखा रसाए र म न माफी माग्न सके न मुख देखाउन नि र धिक्कार लाग्यो आफै देखि आफैलाई

Submitted by: Sarrows Poudel

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here