US Visa – A story by Prakash Chhetri

0
905

बिहान सबेरै निशाको फोन आउथ्यो
म सधै निद्रामा फोन उठाएर बोल्थे
उनी भन्ने गर्थिन “बादर अझै उठ्या छैनउ ?”
निशा मेरो आगो अलार्म नै भैसकेकी थियिन्
फरक यती हो अलार्मको घन्टी बझ्दा रिस उठ्थ्यो त उनको फोनको घन्टी बझ्दा खुशी लाग्थ्यो ।

सायद उनि पनि मलाई मन पराउथिन, म त उनको मायामा चुर्लुम्मै डुबिसकेको थिए ।
उनलाई आफ्नो मुटुभित्र थुनि ढोका लगाइसकेको थिए |
न उनि बाहिर निस्किन सक्थिन न त बाहिर बाट कोही त्याहा छिर्न सक्थ्यो
कुरा गर्दै जादा उनले भर्खर भर्खर आफ्नो प्रेम दुर्घटना (ब्रेकप) भएको कुरा मलाई बाताइन

हामी फोनमा अनि अनलाईनमा प्रायजसो कुरा गर्थेउ
प्रेम दुर्घटनबाट लागेको उनको चोटमा केहि हद सम्म मलम लगाइ निको बनाउने प्रयास मैले गरेको थिए
बेलाबेला भन्ने गर्थे “बिर्सिदेउ पुराना कुराहरुलाई, तेस्ले तिमीलाई बेफाइदा मात्र हुन्छ
किन जानी जानी आफ्नो मन दुखाइरहेछौ ?”
जब उनि पूर्व प्रेमिको कुरा गर्दै रुन्थी म उस्लाई यस्तै कुरा गरेर सम्झाउन खोज्थे
पूर्व प्रेमिको कुरा सुन्दा आफ्नो मनमा उत्पन्न हुने इर्श्या त छँदै छ तापनी आफ्नो मनको इर्श्या लुकाइ म उनलाई सम्झाउन थाल्थे ।

निशा नर्सिङ पढ्दै थिइ अनि म अमेरिकाको भिजा गरेको थिए

मलाई लाग्यो अब चाही मैले ढिलो गर्नु हुन्न
मलाई लाग्यो एही नै सही समय हो
मैले उस्लाई प्रेम प्रस्ताब राखे
उनले भनिन ” म तिमीलाई मन पराउछु तर अहिले रिलेसनमा बस्न को लागी म तयार छैन, तिमीलाई मेरो अवस्था त थाहा छ नि । मलाई केहि समय देउ ।”
“तिमीलाई चाहे जती समय लिउ” मैले भने

उनले ५ दिन पछी मेरो प्रस्ताबको उत्तर दिने कुरा बताइन
तेस बखत लाग्यो केहि सकारात्मक उत्तर आउने वाला छ
मन खुसीले फुरुङ्ग भयो ।
५ दिन छोटै हुन्थ्यो होला तर यो ५ दिन महिनौ जस्तो लाग्यो
उनको मुखबाट तीन तीन शब्द सुन्न यो मन आतुर थियो
५ दिन बित्यो, बिहानै निशाले फोन गरी
“आइ लभ यु”
कती मिठो सुनियो उनको त्यो मधुर स्वरमा
सम्योग भन्ने कि के भन्ने खै
मेरो अमेरिकाको भिजा पनि तेही दिन लाग्यो
बिहानको फ्लाईट्
मन आत्तियो
एकदम भारी भएर आयो
आखा रसाए
निशालाई आजसम्म देखेको पनि थिइन ।

उसलाई फोन गरे “मेरो यु यसको भिजा लाग्यो”
५ बर्ष पछी मात्र आउछु
तिमीलाई छोडेर जान मन छैन निशा
डराएको स्वरमा उसले भनि “तेस्तो नभन, म तिमीलाई कुर्ने छु ।”
एती सम्म भनिन तर मलाई थाहा थियो उनको मन त्याह बोलेको थिएन
“भोली बिहानको फ्लाईट छ, ऐर्पोर्ट आउ ल ?” मैले भने
उ केहिबेर स्तब्द भै, अलि अलि रोएको जस्तो आवाजमा भनि “एअरपोर्ट आएर तिमीलाई जादै गरेको म कसरी हेर्न सक्छु ?
म आफुलाई सम्हाल्न सक्दिन, तिमी राम्रो सँग जानु, आफ्नो ख्याल राख्नु । अनलाईनमा कुरा गरौला
अब म स्तब्द भए
के भनु अनि के नभनु
मुखबाट एक शब्द पनि निस्केन ।

आधा मुटु घर भित्रै आशु चुहाइरहेको थियो अनि बाकी आधा मुटु रुदै एअरपोर्ट तर्फ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here