A Story That Shows The Pain Of A Girl

0
2262
Sad young woman.

This Short Story is based on the pain of the girl. The situation that appears to be found currently in our society. With this story, we would like to leave a message that “Don’t commit $uicide, Say a Big NO $uicide. It is a disgraceful act.

समाज
हो,म गर्भवती भाकि छु।
यो कुनै जोर जबर्जस्ती ले भएको होइन।
यसमा मेरो नि गल्ती छ।
कुनै केटा ले जिन्दगी भरी साथ दिन्छु भनेकै भरमा उसलाइ आफ्नो अस्मिता सुम्पिदिनु मेरै भुल हो।
गल्ती गरेछी सजाए पाउनै पर्छ।
म नि भोगदैछु।
फलस्वरुप मेरो bestfriend ले आज मलाइ भनी-” त plz म सङ नबोल न ल,घरमा थाहा पाउनु भो भने गाली गर्नु हुन्छ।”
मेरो अगाडि पछाडी सधै घुम्ने,तिमी मेरो crush हौ भन्ने केटा ले आज सबैको अगाडि मैले सुन्ने गरि भनिदियो-“रँँ***”
आफू ले माया गरेर जस्लाइ अस्मिता नि सुम्पेको थिए,उ त भोलि पल्ट देखि नै वास्ता गर्न छाड्यो।
आज साथी हरुको माझ मा आफ्नो कान्ड बनाएर देखाउन पाइन भनेर दुख मनाउ गर्छ रे।
येति सजाय ले मलाइ पुगेन।
त्यै भएर कलेज जान बन्द गरिदिए।
छिमेकी आउदा नि आमा बाबू लाई सन्तवना दिन्छन र भन्छन-“तपाईं को यै नानी चै असल होलि भनेको यो त झन यस्ती रैछ,अरुले नि सिक्लान है ख्याल गर्नु।”
छिमेकी uncle हरु को चिया गफ को बिषय बनेकी छु म।
aunty हरु को छोरा छोरी सम्झाउने example बनेकी छु म।
तर अह मेरो गल्ती को सजाय येति मात्र हुन सक्दैन।
बाबा को माया को पोको थिए म,
आजकाल त आँखा तरेर सम्म हेर्न नमिल्ने कसिङर बनेकी छु।
अनि मेरि आमा ले आज मलाइ निकै हिम्म्तिलो कुरा सिकाउनु भो-” येति गरेर नि के खान जिउदै छेस? कि हाम्रो खुन चुस्न पुगेन अझै? जा बरु गएर झुन्डेर मर”
म झसङ भए।


आमा भनेको आमा नै हो
गलत हुनै सक्दिनन् ।
गए कोठा भित्र ढोका लगाए,चुकुल लगाए।
एउटा date expire भएको sleeping tablet पुरै file खाए ताकी बाच्ने सम्भावना नरहोस।
अनि मेरो जीवन मा मलाइ हरदम साथ दिन्छु भन्ने मेरो गल्ती को आधी भोगी मेरो bf ले मलाइ पोहोर चिसो लाग्ला भनेर किनिदिएको गल्बन्दी घाँटी मा एक फर्को tight बेरेर गाठो पारे।
कुर्सी कोठा को बिचमा ल्याए र गल्बन्दी को अर्को फेर माथी पंखा मा बधे।
कसिसके पछि आफु उभिएको कुर्सी लाई जोर ले खुट्टाले लडाएर मस्त झुन्डिए।
छटपटिए एकछिन अनि निदाए म।
झुट बोल्दिन एत्रो दिन भरी रोए म तर निदाउने बेला मलाइ मन शान्त भाको झै भो

म मुस्कुराएरै निदाए सधै का लागि।
एकछिन मा ब्युझिए।
घर बाहिर मान्छे को रोदन सुने।
बाहिर निस्के।
मेरा बाबू आमा मुर्छा परुम्ला झै गरेर रुदै भन्दै थिए-” नानी तैले किन एसो गरिस?”

मलामी लैजान ठिक्क पारे।
आमा अचेत हुनु भयो रुदा रुदै।
म अवाक भए।
मलामी मेरो शरीर अगाडि लाएर पछाडि हिड्दै थिए।
म पनि गए आफ्नै मलामी।
मेरो bestfriend रुदै भन्दै थिइ-” यो सबै त्यो केटा ले गर्दा भाको हो,बिचरा मेरो साथीले आफ्नो ज्यान गुमाइ।मैले सधै सम्झाको थिए अरुले जे भने नि तेरो म छदै छु नि भनेर।तर अह उस्ले मलाइ एक्लै बनाइ।”
अरु उसलाइ सम्झाउदै थिए।
मेरो college को तै crush वाला केटा नि आएको रैछ। उस्ले नि आफ्नो पीडा सुनाउदै थियो-” मैले जे भए नि तिम्रो हात थाम्छु भनेको थिए मानिन,आखिर मलाइ अधुरो नै बनाएर गै।” येति भनिसक्दा उस्को नि आँसु तुरुक्क खस्यो।
मेरो प्रेमी,मेरो बिषबाँस को पात्र नि आउदै रैछ। उसको नि कुरा सुन्न म छेउ मा पुगे।
बिचरा पस्चाताप गर्दै रैछ।

“सबै मेरै गल्ती हो नआत्तिय म घर मा कुरा गरेर नत्र भागेर भए नि बिहे गर्छु भनेको थिए,तर”
यो भन्दा बढी उ बोल्न सकेन:
भक्कानियो बिचरा।
छिमेकी मेरो तारिफ सुनाउदै थिए।भन्दै थिए-” सारै होनाहार र राम्री केटि थियिन।कुन चै नर पिसाच ले एस्तो गर्न बाध्य बनायो।”
तै मलामी को भिड मा अन्तिम मा 4-5 जाना teenager केटा केटि थिए मलामी लाई dating बनाइरहेका।
भन्दै थिए-” $uicide त कायर ले मात्र गर्छ।”
वाह रे समाज
तिम्रो लिला अपरम्पार।।।।

This story was submitted to NAJ Entertainment by Abhi Shake Luitel.

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here