Story Behind The Silence – By Samira Siwakoti

0
2714

“सम्बन्ध”ले एक पटक हैन दुई-दुई पटक समाजिक संजालमा ख्याति कमाएसी,मेसेज रिक्वोएस्ट र फ्रेन्ड रिक्वोएस्टको बर्साद हुँदा आफैमा सेलिब्रेटी फिल आएको थियो। हास उठ्यो हैन? रेला गर्या हैन के ! साच्चै साथीहरुलाई नि रेला गर्दै भन्थें कि,”तँहरु भाग्यमानी छस्,म जस्तो साथी पाइस” भन्दै । व्याकरण अशुद्ध छ,थाहा छ तर तँ भन्ने साथीलाई वा मेरा विद्यार्थीलाई,बहुबचन जनाउनु पर्यो भने कहिले तिमीहरु भन्न आएन मलाई,जहिले तँहरु,किनकी जब तिमीहरु भनिन्छ,लाग्छ कि तँ भन्ने सम्मको आत्मीय भएको सम्बन्धको ओजन हलुका भएर तैरिन्छ। हैट! कुरा धेरै घुमेछ।
त्यहीँ कथाले दिएको एउटा ख्याती संगै नहेरीएका,भनौ एक्सेप्ट नगरिएका मेसेजहरुको लर्को थियो। त्यो कथा पछि एउटा मेसेज एक्सेप्ट गर्न बाध्य भएँ म। लेखिएको थियो,”bunu,timro lekhne saili gajab lago. Ma vanda sanu xau pakka,bunu bhane narisau. Ma pani Birtamod kai hu,please malai Niti sanga vetaideau na. Ani Deep ra Adity sanga pani. Sachhi kaliyug ma pani Deep jasto manchhe hudaa rahechhana hai?”

समिरा सिवाकोटीको अघिल्लो लेख पढ्न यहाँ क्लिक गर्नुहोस् 

एक्सेप्ट गरेसी हास्दौ लेखें,”भेटाउदा उनीहरुको लागि के लगिदिनु हुन्छ? Any surprise?”
जसले निति,दिप अनि अदिती भेट्न खोज्थिए,मेरो पहिलो प्रश्न नै त्यही हुन्थ्यो,मज्जा लाग्थ्यो उनिहरुको सोझो पनालाई खिस्सी गर्न।
रिप्लाईमा आयो,”hunxa ma voli vetne xu,vana kun time ma?”
“बिहान कलेज हुन्छु,दिउँसो स्कुल,हुन्छ मेरो स्कुल पछी भेट्ने छु।” मैले लेखें
“contact number?” मेसेज आयो !
“पर्दैन,म ४ बजे पछि अन नै हुन्छु,भोलि त्यो बेला कुरा गरेर भेटुम्ला।”सोझी हुँदै नम्बर दिन इन्कार गरिदिएँ।
बिहान भयो। ५:२० को alarm ले उठाएसी ५ मिनेट फेसबुक नखोली के जागर चल्थ्यो?
एक पटक नोटिफिकेसन हेरें अनि फ्रेस भएर चिसो पानी खाएर कलेज गएँ। दिन भरीको काम, ४ बजे घर पुगेर वाइफाइ कनेक्ट गरेसी उसैको मेसेज आयो,
“4: 30 Red Mug East,I will be in red shirt,blue jeans with a gift on red table of cafe.”
लागेको थियो,घर गएर मेसेजमा कुरा भयो भने उसलाई नम्बर दिएर फोन गरेर जानेछु। तर उ त “एक्टिभ थ्री आवर्स अगो”को ट्याग लगाएर बसेको रहेछ। हुन त एउटै मन हो,तर अहिले दो मन भइदियो।
जानु कि नजानु भन्ने पक्ष-विपक्षका तर्कहरु बीचमा जानुको तर्कलाई विजय गराएर पुगें हनुमान कम्प्लेक्स। सुपर स्प्लेन्डर साइड लगाएर राखेसी,चाबी हल्लाउँदै लागें उसले दिएको लोकेसन।”रेड मग”,नाम जस्तै रंगिन केबल “रातो” रंगले। यसो हेरेको कोहि थिएन अगि मेसेज गरे जस्तो पहिरन भएको मान्छे। झनक्क रिस उठ्यो, निस्कने सोच्दौ थिएँ वेइटर भाइ हास्दै के ल्याउ भन्दै आएछ। ठिकै छ उसको नि जागिर बचोस भनेर वाइट कफि र ब्ल्याक फरेस्ट अडर गरें। समय त लाग्थ्यो नै,फेसबुक खोले। मेसेज थियो,
“Miss in Splendor,just wow !”
रिसले चुर चुर भएँ। देखिराख्या रहेछ। मेसेज मरे नि रिप्लाइ गर्दिन भनेर मोबाइल रेड मगको रातो टेबुलमा राखें। सायद देख्यो होला। केक-कफि आयो,ईश पर्खिन्छु,त्यसलाई,खान थाले आफै।
खादै थिएँ,कोहि आफू तिरै हास्दै आएको आभास हुँदै थियो। उ नै हो भन्ने भयो तर मरे नि हास्दिन भन्ने सोच्दौ आफ्नु धुन छोडिन। छेउमै आएर, अनुमती नै बिना बसेर,” म संग भेट्न आएको,तर अडर मात्र एकलाई? This is not fair miss.”
अब श्री चडिसकेको थियो मलाई,जो सुकै होस् मतलब लागेन र भनें,”को हो तपाईं?मैले चिन्न सकिन,सायद तपाईं गलत मान्छेमा पर्नु भयो,please यहाँ बाट जानुस्।”
त्यति मात्र के भनेकी थिएँ,कस्तो बेकुफ होला,कान समातेर उठ बस पो गर्न थाल्यो। माया लागो,हैन हैन दया लाग्यो र उठ्नलाई भनें। कस्तो पागलको फेला परेछु जस्तो लाग्यो।अनि अर्को तनाव थियो कि नीति दिपलाई भेटाउने।
हामि केक कफि खाएर,सैनिकमोड गएर नीति,दिप र अदितीलाई भेट्छौं !
नानीले भुलेकी रहेनछे क्याहो,देखि सक्दा मुसुक्क थोते गिजाले स्वागत गरि। केही बेर बसेसी हामी पुनः बिर्तामोड फर्किन्छौं। फेसबुकमा कुरा गर्ने भन्दै छुट्यौं हामी।
घर पुग्दा झमक्कै भएको थियो।आन्टीको गनगन एक छिन त सुन्नै पर्यो नि,”मलाई हेपेकी त नेप्टीले पखेस म तेरि आमालाई सुनाइदिन्छु।”एकछिन डिचिक्क हास्दियो,सक्की हाल्यो।
खाना खाएर फेसबुक खोलेको उसको मेसेज त कति बेला खोल्छे भनेर बसिराख्या रहेछ,”Thankyou for ur time Miss.Angry Bird”
फेरि तात्यो पारो।
“तेरो टाउको” लेखेछु रिसको झोकमा।
भरे डर लाग्यो र सरि भनेको त क्या मज्जाको रिप्लाई आएको,”मेरो टाउको तेरो नाक। खुपैकी भएकी कुमाइनी। एकै छिनको भेटले तँ भन्ने भएकी। कत्ती प्यारो लाग्यो।”अब उसको पनि किप्याड नेपालीमै चलो।
हासो लाग्यो म भन्दा स्टुपिड मान्छेको फेला परेछु भनेर।
कुराहरू हुन थाल्यो। त्यहीँ त हो,नजिक हुँदा मायाको आभास हुने। त्यहीँ घट्दो दुरिले नै माया बढाउदो रहेछ।प्यारो लाग्न थाल्यो उ।अ ब त उ संग नबोली खल्लो हुन थाल्यो । आउने शनिबार भेट्ने प्रस्तावलाई अस्विकार गर्नै सकिन। भेट्ने भयौं त्यही पुरानो ठाउँमा,यानिकी रेड मग ।
भेट भयो,धेरै बेर कुराहरु भयो अनि त्यसपछि छुट्यौं, बेलुका कुर्ने वाचा सहित।
दिनहरु बित्दै जादा नजिक हुँदै गर्दा दुरी शुन्य लाग्न थाल्यो। अब त खै उ मेरो नसा बनेछ। कुरा हुँदा गफमा झुल,नहुदा उसैको यादमा झुल। यति हुँदा पनि मन भित्र नै राखें कुरा,बरु स्टेटस लेखें उम्हु कुरा ओकलिन,आखिर लेखक म जो थिएँ।
उसको जन्मदिनमा सानू सप्राइज राखेकी थिएँ,तर उसको सप्राइजले जित्यो। हो…उसले प्रेम प्रस्ताव राख्यो त्यो नि नाइ भन्दिन भन्ने विश्वासका साथ !
प्रेममा त थियौं तर आधुनिक युगल जोडि जस्तो हैन,निक्कै सभ्य अनि बुज्रुक जोडि बन्दै गयो। मेरो आन्टीलाई सबै कुरा सेयर गर्थें,अनि मामुलाई पनि गरें।सबै जना हाम्रो सम्बन्धमा खुशी हुनुभयो। मेरो पनि त मन हो,मेरो परिवार संग उसको भेट गराएसी मैले पनि त भेट गराउन भन्न पाउछु नि। उसलाई भेटेको दिन आमा संग भेटाउनु न भनेर अनुरोध गरें।
उ त बसिरहेको ठाउँबाट जुरुक्क उठेर हिन्यो पो। अचम्म लागो। पछ्याउँदै गएँ र पछाडिबाट उसलाई अङ्गाले अनि बोले,”what’s wrong with you Babin?”

जीवनमा पहिलो पटक उसको नाम उच्चारण गर्दै थिएँ म,निक्कै अनौठो लाग्यो।
केहि बोलेन उ। मैले थपी हाले,”केही कुरा मबाट लुकेको आभास हुदैछ। के भयो किन निराश एक्कासि?”
म तिर फर्किएर अङ्गालो हाल्यो,सारा दुनियाँ रमिता लागेर हेर्दै थिए,मानौ कि त्यहाँ फिल्म सुट हुदैछ ।
उ बोल्यो,”नेपु(बाबाले राख्या प्यारो नाम हो,अनि त्यो भन्ने अधिकार उसलाई नि दिएकी थिएँ), केही कुरा लुकेको थिएन। लुक्ने त ती कुराहरु हुन,जुन आफू संग छ अनि देखाउन चाहादैनौं। आफू संगै नभएको कुरा कसरी लुकाउनु?”
मैले अझ धेरै स्पस्टिकरण खोजें,”तर हजुरको किन यस्तो रियाक्सन?हजुर यस्तो त हैन त?”
मलाई अङ्गालेर एकछिन चुप बस्यो। अनि बोल्यो,”जन्मदिने आमाको साथ त छैन,तर सुन्दा,साच्चै “आमा” शब्दबाट घृणा लागेर आउँछ।
“आमा” आफैमा एउटा प्यारो शब्द हो। जो जो आमा संगै छन,उनीहरु आमा संग हुनुमा निकै गर्व गर्छन् । जो बाट आमा सधैंका लागि टाढा छिन्,पक्कै पनि उनीहरु आमा भित्रको एक्लो “म” लाई सार्थकता दिनलाई संघर्ष गर्दा,ठेस लाग्दा,आमालाई पुकारेसी मुटु दुखाउने गर्दछन।
भनिन्छ नि,”ऐया आमा” भन्दा,”ऐया”मा दुखाइ र “आमा” मा मलम लुकेको हुन्छ रे। आमाले मलाई जन्माएसि,बा लाई कर गरेर शहरमा बस्न भनिन। अनि बाले पनि आमाको र मेरो भविष्यको लागि,आमाको कुरा सरक्कै मानेर हामीलाई शहरमा छोडेर आफू बिदेश गए।रगत पसिना नभनी मेरा बा,पछीका खुशीका दिनको लागि भन्दै दु:ख गरिरहे। आमाले पनि शहरमा जग्गा किनेर घर बनाउछु भनिन्। मेरा सोझा बा,सोझो कुरा र व्यावहार गर्थे। अनि नभन्दै मेरा बाले लाखौं पैसा पठाए,केबल हाम्रो सपनाको सादा रहेको भविस्यमा रंग भरेर,हेर्दा लोभ लाग्दो बनाउन। म यतिका बेरमा केबल ८ वर्षको थिएँ।सबै त थाहा छैन,तर सबै यादै नहुने बेला पनि थिएन मेरो। जीवन त्यतिन्जेल त राम्रो चलिरहेको थियो। शहरको वातावरणमा मेरि आमा अलिली गर्दै डुब्न थालिछिन्। मेरो बा आमाको राम सीता जस्तो जोडिलाइ रावणको नजर लाग्न पुगो। अब त आमाको मुटुको टुक्रा म,आफै पनि अपुरो र टुहुरो लाग्न थाल्यो। बुझेको त पटकै थिन त्यो बेला,पछि बुझ्ने भएसीको बुझाइ हो। मेरि आमा,मलाई नराम्रो गर्ने पनि हैनन तर आफ्नु छोरा जस्तो गर्नै छोडिन।होटलमा जाने,वाइन र बियरको नसामा दुनियाँ केटासंगको सहबास हुन थाल्यो। यौनको प्यासी भएर!
म त ९ महिना तिनै आमाको कोखमा बसेर ८ वर्ष साथमै हुर्केको थिएँ त्यो बेला सम्म। हदको पनि सिमा नाघेसी के नै हुदो रहेछ र?
एक दिन मेरि आमा,मलाई पनि लिएर पोइला भागिन त्यो पनि मेरा बाबा नेपाल आइपुगे भनेसी। नभागुन पनि किन?घर-जग्गा जोड्न मेरा बाले कमाएर पठाएको पैसा,नाठोलाई खेलाउदै खुवाएसी।
छि,कस्ताको कोखमा बस्न पुगेछु,बरु बेलैमा तुहिनु नि।
आमा र नयाँ बाको बिहे भयो मन्दिरमा। कोठामा बसेर आमाको पैसा,या नि कि,मेरा बाको रगत पसिना खादैथियौं म,मेरि आमा अनि मेरा नयाँ बा। म त बाको मायाबाट बन्चित रहेको छोरा,नयाँ बाको मायामा लुपुक्क भएँ। मेरा आफ्ना बा कस्ता छन याद थिएन,सानै छदा छोडेर गएका हुन।
मेरि आमाको पोल्टाको पैसा अनि चुस्न मिल्ने रस चुसेसी त्यो झिगो बाउ भनाउदो नि किन पो बस्थे र संगै।
अब निहु त चाहियो,कि छोरा रोज कि म रोज भन्ने उसको कुरा आयो। त्यो मलाई पनि थाहा भयो। आखिर मेरि त आमा पापिनी नै हुन,सल्लाह भयो मलाई मार्ने। त्यो बेला म १० वर्षको थिएँ। यो छोरा रयो भने,मेरो लागि नि राम्रो हुन्न तेरो लागि नि हुन्न,तेरो पहिलाको बुढा संग मिलेर जे नि गर्छ। छोरा त पाउलिस न पछि,भनेर मेरा नयाँ बाले भनेको सुनेसी आफैंले जुक्ति लगाएर भागें म।मलाई मार्ने। उमेर जे भा नि जिम्मेवारीले हिम्मत आयो।मेरा बाको नाम थर सबै थाहा थियो तर जान मनै लागेन।सायद अब त उनको लागि त्यो चोट पुरानो भो भन्ने सम्झिए। नयाँ बाको पर्सबाट झिकेको ३ हजार बाहेक आफ्नु शरीर अनि एक सरो कपडा बाहेक अरु केही थिएन मेरो साथमा।
गडि चढेर शहर पसें।सायद भाडा तिर्दा होला,अरु २ हजार झारेछु।
साला अनि सिकायो जीवनले असली संघर्ष सानि। एक हजारको खुजुरा पैसा सकिएसी एउटा होटलमा भाडा माझ्ने काम गर्न थालेको थिएँ। एक दिन,अझै भुल्दिन त्यो दिन,माघको जाडो थियो। एक जना अधबैंसे आइमाई चियाको order गरेर बसिन, चिया खान अरु २ महिलाको साथ। कुरै कुरामा निस्कियो,उनी निसन्तान रहिछिन र adopt गर्न कोहि नभेटेपछि हैरान भएकि। हेर्दा मेरि आमाको झल्को मेट्ने खालकी थिइन्। भनिन्छ नि,”कुटे पनि मारे पनि आफ्नै आमा जाती” भनेर, हो त्यस्तै,आमाको यादा खुब आएको थियो।
“रामे,चियाको ग्लास पुर्याएर आइज त त्यो टेबलमा” भनेर साहुले कराइसी त्यहाँ गएँ।
“आमा चिया !” फुत्तै बोली निस्कियो,बोलेसी guilty फिल भयो।
ती आइमाई जुरुक्क उठिन,लाग्यो आक्रोश पोख्छन्। तर उनको मायालु बोलिले आशु झारिदियो। सायद आमाबाबुको मायाको आभास एकै पटकमा गराउन सफल भएर होला म उनको छोरा बन्न राजी भएँ।
सजिलो त थिएन कामबाट निस्किनु,किनकि साहुसंगै बस्थें म। त्यहीँ आइमाई-मेरि नयाँ आमाले,दिएको हिम्मतले आट गरेर भागें,दुइदिन पछी ।”
यति भनेसी म तिर पुलुक्क हेर्यो,मैले केहि बोल्नै नपाउदै उसले थप्यो,”त्यो रामे अहिले तिम्रो बबिन कसरी भयो भन्ने अचम्म लाग्यो होला हैन?”
मैले केही नबोली इसाराले हो भनेसी उसले थप्यो,”नेपु,बैज्ञानिकहरु यो ब्राह्मणमा जम्मा एउटा संसार छ भन्छन् हैनन्?तर म त्यसको बिरोध गर्छु।यस दुनियाँमा कयौं मानिस छन अनि,बिश्वास गर ती हरेकको आफ्नौ संसार छ।
हो मेरो पनि संसार छ।जसरी सबैको छ अनि मेरो संसारमा पनि सधै हिउँदको तुसारो मात्र हुदैन नि,न्यानु घाम पनि त लाग्नु पर्छ।हो त्यस्तै भयो।
लाग्यो न्यानु घाम।सिक्सिकाइ रहेको कामीरहेको मेरो मुटुलाई न्यानु पन दियो मेरि कर्मदाता नयाँ आमा र परिवारले।आमाका पति लाहुरे रहेछन्।आमाको खुशीको लागि वाहा जे नि गर्न तयार।त्यसैले म सहर्ष स्वीकारयोग्य बनें त्यो परिवारमा।अनि नाम पनि फेरियो र राखियो बबिन क्षेत्री।जन्म त बहुनकै कोखमा भएको थियो तर कर्म,भाग्य र समयले यहाँ सम्म ल्यायो जसलाई स्विकार्दै गर्व गर्ने भएको छु।
अब पढ्ने अनि राम्रो लालन पालनमा हुर्किने सौभाग्य मैले पाएँ।

आमा बाबालाई धेरैले आलोचना पनि गरे,सानू नानी ल्याको भा मायामै हुर्किन्थ्यो,यो मोरो टुहुरो ल्याएर,अर्काको बाछो चाटि मुख भरी रौं होला है भन्थे।
त्यो “टुहुरो” शब्दले धेरै दुख्थ्यो।नदुखोस पनि किन,बाउ आमा जिउदो हुँदै,त्यो उपनाम लाग्यो।
जे होस दिनहरु राम्रो चले अनि।
आमा बाबाको मायामा कहिले कमि आएन।विराटनगरबाट बसाइँ सरेसी यता त कसैले पनि म वाहाहरुको सन्तान हैन भन्ने गरेका छैन।
ब्याच्लर यहीँ कन्काइबाट सकेर यो बैंकमा जागिर खाएको नि २ वर्ष भयो।
तिमी त मुटुमा बसेकी मान्छे हौ,आज सम्म यो कुरा लुकाएको त हैन तर भन्न मन लगेको थिएन।लाग्यो अब भन्दा हुन्छ।
तिमीलाई केही छ भन्न?”
मेरो अगाडि हेर्दा सामान्य तर बजनदार प्रश्न तेर्स्यायो मेरो लागि उसले !
भन्नू त केबल एक चिज थ्यो,छ र अब जीवन भरी हुनेछ।त्यो हो जुनि जुनिको साथको वाचा।केही भनिन।मौन रहें,नजिक गएर निधारमा एउटा विस्वासीलो चुम्बन दिदै,”सबै स्विकार्य छन्।” भनेर फिस्स हासें।
अनि उसको न्यानु अङ्गालोमा कसिलो भएर चुपचाप बसें।
उ बोल्न थाल्यो,”मान्छेहरू मलाइ पत्थरको मुटुभएको भन्थे,कहिले नपग्लिने,तर म आफू स्वयम् भन्थेंकी,म त काडाको मुटु भएको मान्छे हँ,अरुको लागि नपग्लने मात्र हैन आफैंलाई नि दुख्ने,प्रत्येक धड्कनमा।तर अहिले धेरै कोमल भाएछु,यहीँ नेपुको मायाले पगालेर होला।”मज्जाले कस्यो अझै धेरै।न्यानु महसुस भयो।
समय धेरै बितेकोले घर फर्किने निर्णय गरेर निस्कियौं।
घर पुगेर सबै कुरा मामुलाई सुनाएको,मेरो प्रेमको पक्ष लिने हुनु भयो।

अरु कथाहरू पढ्नका लागि Samira Shiwakoti पेज लाइक गरेर update रहनु होला

समाप्त !

लेखक: Samira Shiwakoti (नेपु)

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here