Stolen Image – Choriyeko Tasbir | Love Story By Gaurav Nyaupane

0
1022

चोरिएको तस्बिर (part 1)
एक अधुरो कथा
BY: Gaurav Nyaupane

त्यो दिन उस्ले भनेकी थिइ “keep smiling” मुसुक्क मुस्कुराउदै भनेको थिए “always” मैले त्यति भनिसक्दा आँखा बाट निष्किएर ओठ सम्म पुगिसकेको थियो उस्को आँसु । घाँटिमै रुमलिएर बल्ल तल्ल निस्किएको आवाज निकालेर भनेकी थिइ “सक्नु हुन्छ र ?” तारै तारा ले भरिएको आकास तिर हेर्दै भनेको थिए “खुसी हुनु र मुस्कुराउनु मा ठुलो फरक छ ।” सायद यसको जबाफ उ सङ्ग थिएन, आँसु पुछ्दै भनेकी थिइ “अर्को खोज्नु है” बल्ल मेरो आँखा मा आँसु आयो, नजर अन्तै मोढ्दै भनेको थिए “तँं भन्दा अगडी अरु नै कसैलाई चाहान्थ्ये, एक चोटि टुटेको काँच त जोडिएला तर एक चोटि जोडिएको काँच फेरि टुटेपछी फेरि कहिलै जोडिदैन”

रुन्छे आवाज मा उस्ले भनेकी थिइ “प्लिज तपाई अर्को खोज्नु, म भन्दा पनि राम्री” यस्को जबाफ म सङ्ग थिएन, तर पनि बनावटी मुस्कान को साहारा लिदै भनेको थिए “तैले अर्को रोजेको दिन को एक हप्ता सम्म मा म अर्को खोजौँला” उ निसब्द थिइ, आवाज लाई normal बनाउदै भनी “अब Call राख्छु है यो हाम्रो लास्ट video-call हो, अनि मुस्कुराउन चै नछोड्नु नि तपाईं लाई मेरो कसम” मन मा फट्ट केही जबाफ आएको थियोे तर भन्न चाहिन मात्र “हुन्छ” भने। त्यो दिन देखि मैले मुस्कुराउन बिर्सेको थिए, हुन त उस्ले सधै मुस्काउनु भनेर कसम देकि थिइ, तर कहिलै breakup नगर्ने पनि त उस्कै कसम थियो नि, फरक यति हो त्यो कसम लिदा हामी दुबैको आँखा मा खुसी को आँसु थियो र यो कसम लिदा दुबैको मा बिछोड को, रै पनि एउटा त टुट्यो अब अर्को नि उस्कै कसम तोड्दा के फरक पर्ला र ! लामो समय पछि स्नेहा(नाम परिवर्तन) को म्यासेज आयो, लेखिएको थियो “मुस्कुराउन त छोड्नुभाको छैन नि ?” रिप्लाइ गर्नु जरुरी लागेन, गरिन पनि ।

एक मिनेट नबित्दै अर्को म्यासेज आयो “जरुरी कुरा गर्नु छ, फोन गरौँ ?” उत्सुकता लाई रोक्न सकिन, हतार-हतार जबाफ पठाए “हुन्छ” म्यासेज को डेलिभरि रिपोर्ट भन्दा अगाडि उस्को फोन आयो, र केहि नसोची मैले फोन उठाए । आवाज आयो “सन्चै हुनुन्छ ?” मन्दिर मा चडाउन राखेको नरिबल झौ कडा जबाफ फर्काए “के नै पो फरक पर्छ र तँ लाई ?”
आज उ रोईन, तर नरिबल टुटेपछी निस्केको कोमल फल झै आवाज मा भनी “आफू लाई लागेको सबै भावना काहाँ देखाउन सकिन्छ र !” म पनि अब पग्लिए भक्कानिदै सोधे “तँलाई कस्तो छ ?” उस्ले भनी “पहिले भन्दा खुसी छु” त्यति बेला उस्को आवाज मा म खुसी महसुस गर्न सक्थे । उस्को बोली बाट खुसी शब्द कहिले मेरो अनुहार मा आईपुग्यो पत्तै भएन । केही समय दुबै चुप भयौ, फेरि मैले भने “यो खुसी को कारण ?” उस्ले हाँस्दै भनी “मेरो bf” केही छ्यण पनि लागेन मेरो अनुहार को रङ्ग बदलिन, तर अब यस्को केही महत्त्व थिएन, त्यसैले आफू लाई सम्हालेर भने “congratulation”

उस्ले उसैगरी भनी “थ्यान्क्स, उसो त म अब त्यति कोहि केटा सङ्ग बोल्दिन तपाईं ले मैले अर्को रोजेपछि move on गर्छु भन्नुभएको थियो सो सम्झाउन contact गरेको, अब हाम्रो contact कहिलै हुन्न ।” म सङ्ग केही जबाफ थिएन, र थियो भने पनि सायद भन्न पाउने थिन, किनकी यति भनिसक्दा स्नेहा ले फोन काटी सकेकी थिइ । उस्को अन्तिम शब्द “contact नगर्ने” थियो, यस्को विरुद्ध जाने हिम्मत भएन, contact list मा गएर उस्को number delete गरे । बाँकी केही उस्को निसानी छ कि भन्दै contact scroll गर्दै थिए । अचानक मेरो आँखा एउटा पुरानो number मा पर्यो, सायद मेरो फोन मा save भएको पहिलो number. ‘चुडेल'(परिवर्तन) यहि थियो मेरो फोन मा save भएको पहिलो number, उस्को वास्तविक नाम थियो ‘सरु'(नाम परिवर्तन) ।

जति मीठो उस्को नाम थियो त्यो भन्दा सयौ गुणा मीठो उस्को मुस्कान, र त्यो भन्दा हजारौ गुणा सुन्दर थिई ‘उ’ । हामी सानै बाट एउटै स्कुल पढ्थ्यौ, कक्षा ३ मा बैशाख को बेला स्कुल को पहिलो दिन ९ बजेर ३० मिनेट जादा पहिलो पटक उस्लाई देखेको थिए मैले । र त्यही दिन को ९ बजेर ३१ मिनेटमा उस्लाई मनपराउन थालेको थिए । यो साँच्चै माया नै हो कि हैन जान्दा जान्दै कक्षा ६ मा पुगिसकेको थियौं हामी । त्यति बेला सम्म मा हामी best friend बनिसकेका थियौं, कक्षा ६ मा नै हुदा पहिलो पटक मेरो र सरु को झगडा पर्यो । बल्ल थाहा भयो उ सङ्ग म धेरै नजिक भईसकेको रहेछु ।

तर म पनि काँहा कम थिए र, “उसले पनि मलाई मनपराओस् अनि आफै म सङ्ग प्रस्ताब राखोस, नत्र म पनि कहिलै प्रस्ताव राख्दिन ।” मन मनै यहि अडान लिएको थिए मैले । मेरो यहि अडान ले कक्षा १० सम्म उस्को best friend मात्र रहे म । कक्षा १० मा नै पहिलो पटक मैले स्नेहा लाई भेटेको थिए, facebook मा । स्नेहा लाई भेटेपछी मैले स्नेहा सङ्ग को हरेक सम्बाद मा त्यो रस पाए जुन म सरु सङ्ग को कल्पना मा पाउने गर्थे । बिस्तारै स्नेहा र म धेरै नजिक भयौं अनि सरु र मेरो सम्बन्ध best friend मै टुंगियो । आज न म स्नेहा सङ्ग छु, न सरु को नजिक पुगेकोछु, र सायद सरुको नजिक पुग्ने हक पनि गुमाईसके । आज पहिलो पटक मलाई उस्को नाम ‘चुडेल’ राख्न मनपरेन, यो नाम त धेरै अगडी झगडा पर्दा राखिदिएको थिए । rename गरेर उस्को वास्तविक नाम राखे ‘सरु’ । लेखे केबल एक पटक तर उच्चारण गरे ३ पटक । ‘सरु…. सरु….. स….रु….’

हाम्रो बोलचाल बन्द भएको करिब १५ दिन भएको थियो, हुन त हामी बिच अक्सर झगडा भईरहन्थ्यो, प्राय सधै म स्नेहा को कुरा गर्थे, उ भन्ने गर्थी “मलाई किन सुनाको त” । म रिसाउदै भन्थे “तँ मेरो साथी हैन र ?” केही समय बोलचाल बन्द हुन्थ्यो, केही मिनेट मात्र, अनि आँफै बोल्न आउथी । तर यो झगडा पहिले को भन्दा फरक थियो, फोन मा म स्नेहा को बारे केही भन्दै थिए, उस्ले बिचै म रोकेर भनी “म को हो र तेरो अनि मलाई सुनाउछस ?” उस्ले उस्को शब्द पूरा गर्नु भन्दा अगडी मेरो आँखा रसाईसकेको थियो, बडो मुस्किल साथ आफू लाई सम्हालेर भनेको थिए “साँच्चै म तेरो कोहि हैन ?” उ चुप थिइ, जबाफ दिईन, सायद जरुरी सोचिन होला, तर मलाई सहिनसक्नु भयो । त्यहाँ भन्दा एक शब्द पनि नबोली फोन राखे, facebook खोलेर उस्लाई ब्लक गर्न खोजे, ओके बटन क्लिक गर्न मेरो औँला यस्तो काम्दै थियो मानौ म कुनै deep-freez भित्र पसेको थिए । हिम्मत भएन, जसो तसो हिम्मत जुटाएर क्लिक गरेको थिए ।

आज सरु सङ्ग बोल्न मन लाग्यो, दिमागले भन्यो ‘आखिर facebook मा मात्र त block गरेको थियो नि, फोन गर्न सक्दिन थिइ र !!’ फेरि मन ले भन्यो ‘उस्ले तेति भन्दा तेरो त्यस्तो चित्त दुख्यो, उस्लाई block गर्दा उस्को कति चित्त दुख्यो होला’ साँच्चै नै, जब आफ्नै दिमाग र मन को भिडन्त पर्छ, तब बन्दो रहेछ मान्छे पागल । म पनि पागल बनिसकेको थिए, बाटो बाटो मा कराउदै नाङ्गै हिड्ने पागल भन्दा बिल्कुलै फरक, छुट्टै खाल्को पागल, सायद आफ्नै खाल्को । अन्त्य मा मन को जित भयो, उस्को number डायल गरे, एक्कासि दिमाग ले मन लाई सोध्यो ‘बोल्ने, तर के बोल्ने !’ केही जबाफ दिन सकेन मन ले, हतार-हतार स्क्रिन को एउटा कुना मा टिम्टिमाईरहेको रातो आकृति मा पुग्यो औंला । फोन काटियो । तर त्यति सजिलै काँहा छोड्न सक्छ र मन ले आफ्नो ईक्षा, फेरि डायल गरे, यो पटक प्रस्न गरेन दिमाग ले, सायद गरेको भए पनि केही फाइदा थिएन, फोन लागिसकेको थियो ।

“एक….दुई….तीन…” म फोन को रिङ्ग गन्दै थिए, पहिले पहिले हामी दुबै जाना एक अर्का लाई फोन गर्दा पाँच रिङ्ग भन्दा धेर हुन नपाउदै फोन उठ्थ्यो, नउठे अक्सर पाँच रिङ्ग मा नै कल काट्थ्यौ हामी । आज उस्को सात रिङ्ग पुगिसक्दा पनि फोन काट्न मन लागेन, केही समय पछि मीठो आवाज मा निक्कै चर्को सन्देश आयो ‘माफ गर्नुहोला, तपाईले…………’ अर्को पटक कल गरिन, गर्नु जरुरी लागेन । दिमाग ले भन्यो ‘सायद उस्लाई अब तेरो जरुरत छैन नत्र…..’ बिचै मा मनको कुनै कुना मा ख्याल आयो ‘थाहा पाईन होला…’ त्यति बेला म दोधार मा थिए, न मलाई दिमागको कुरा ले चित्त बुझ्यो, न त म मन सङ्ग नै सहमत हुन सके । केही बिचार नै नगरी facebook मा post गरे ‘हो, आज तँलाई गरेको कल माफी माग्न नै गरेको हो, तर मैले ब्लक गरेको कारण ले हैन, तँ लाई सबै भन्दा मिल्ने र सबै कुरा share गर्न मिल्ने साथी सोचेको कारण ले । माफ गरिदे….’ उस्लाई unblock गरे । दिन त्यसै बित्यो, त्यही दिन राती खाना खाएर सुत्न जान लाग्या थिए अचानक फोन मा message को घण्टी बज्यो । message हेर्न साथ मलाई अर्कै दुनियाँ मा पुगे जस्तो अनुभव भएको थियो ।

लेखिएको थियो “oi”
मेरो खुसि को कारण त्यो message हैन, त्यो message पठाउने मान्छे को नाम थियो… ‘सरु’ हाल चाल सोधा-सोध गरेपछी उस्ले भनी “मलाई block गर्नु भन्दा अगाडि एक चोटि पनि मेरो बारे सोचिनस् है” म सङ्ग जबाफ थिएन, तर पनि उस्को दोश देखाउदै भने “कसरी सोच्थ्ये ! म तेरो कोहि हैन भनेर तैले नै त तेरो बारे सोच्ने हक खोसेकी थिइस् नि”
उस्ले जबाफ पठाई “हामी साथी हौं मैले या अरु कसैले भन्दै मा हामी बिच को मित्रता मेटिन्छ र ?”
मैले आँसु रोक्न सकिन, आँफु लाई सम्हाल्दै लेखे “मात्र साथी ?” उस्ले भनी “best friend सायद”
म “सायद ?”
सरु “पहिले को कुरा कोट्याएर के फाईदा ?”
म “फाईदा हुने कुरा मात्र गर्न यो जिन्दगी बजार त हैन नि ।”
सरु “छोड यो सब कुरा हरु ।”

प्रसङ्ग त रुने थिएन, तर पनि आँसु बग्यो, फेरि ।
आँसु ले टिलपिल भएको आँखा बन्द गरेर सम्झे त्यो दिन जब साथी हरु मेरो र सरु को नाम जोडेर स्कुलमा हल्ला गर्थे । न सरु कसैलाई केही भन्थी न म कोहि सङ्ग रिसाउथे । आज मलाई यस्को कारण जन्नु थियो…. आँखा खोले, दुई वटा message आईसकेछ “के भयो ! किन late रिप्लाई ?” अनि “गायव भईस ??”
लेखे “तँलाई एउटा कुरा सोध्छु तर मेरो कसम झुट नबोल”
जबाफ आयो “म सानै बाट कसम खान्न भन्ने तँलाई थाहा छ त, तर पनि आज सम्म तँ सङ्ग झुट बोलेको छैन र बोल्दिन पनि”
म “मैले पनि काँहाँ झुट बोल्या छु र, तर केही केही सत्य कुरा पनि तँलाई भनेको छैन”
सरु “मैले पनि”
म “तेसो है”
सरु “umm अगि केही भन्न आट्या थिईश नि..”
म “स्कुल मा तँलाई मेरो नाम ले जिस्काउदा किन तँ कोहि सङ्ग रिसाउदैन थिइस ? अनि स्नेहा को कुरा गर्दा सधै किन abnormal बिहेभ गर्छेस ?”
सरु “तैले notice गर्या थिइस् र ?”
म “umm सुरु बाटै”
सरु “मन पराउथे तँलाई, पहिले बाटै यहि हो यो सबै को कारण । तर i know तँ पनि मलाई मनपराउथिस् तेरो साथी ले भन्या ।”

मेरो आँसु ले सिरानी तर्फ को बाटो बनाउदै थियो । गर्मी को मौसम मा पनि अहिले मेरो नाक बन्द भएको थियो, सास पनि बढेको थियो, सायद मुख बाट मात्र श्वास-प्रस्वास भएर होला । जसो तसो लेखे “yes, अनि तेति बेलै भन्न सक्दैन थिस ?”
सरु “भन्न त तँ पनि सक्थिस होला त”
म सङ्ग यस्को जबाफ थिएन, तर सायद आँखा सङ्ग थियो, निरन्तर जबाफ दिईरहेको थियो ‘आँसु’
लेखे “हाम्रो attitude ले हाम्रै खुसी खोस्यो है”
सरु ले जबाफ लेखिन, किन रिप्लाई गरिन थाहा भएन तर म भने प्रत्येक सेकेन्ड उस्कै message को पर्खाई मा बसे ।
बल्ल message आयो, पुरै पाँच मिनेट पछि “अब बितेको कुरा को चिन्ता गरेर के गर्नु, जे हुनु भै गयो हामी अब के नै पो गर्न सक्छौं र !”
म फेरि उ सङ्ग नजिकिन चाहन्थे, तर यश पटक स्नेहा जसरी छुट्ने मायाँ हैन जिन्दगी भरी नटुट्ने माया लाउनु थियो मलाई ।
अक्सर मान्छे हरु भन्छन् ‘जिन्दगि बाट अतीत लाई मेटाउन पाए हुन्थ्यो’
तर मेरो चाहाना बिल्कुल अलग थियो, म चाहान्थे मेरो बिगत फिर्ता आओस्, म पहिले को गौरव बन्न सकौ, र पहिले को सरु लाई पाउन सकौँ ।

लेखे “अहिले चाहिँ ?”
सरु “के फरक पर्छ र तँ तेरि स्नेहा सङ्ग relation मा छस्”
म “उस्को बारे बिर्सेर भन न त एक चोटि”
सरु “ह्या छोड ई कुरा हरु”
म “So you don’t love me now ?”
सरु “मैले तेसो भने र ! but स्नेहा ? म कसैको आँसु को कारण बन्न चाहान्न”
म “स्नेहा र मेरो breakup भईसक्यो”
सरु “कहिले ?”
म “आज final भयो breakup त 1 हप्ता अगाडि नै भाको”
सरु “good morning”
घडी हेर्दा मात्र थाहा भयो 12 बजेछ ।
म “gm”
सरु “तँ मलाई पाउन उस्लाई छोड्दै छस्, म यो पाप कसरी गरौ ?”
म आत्तिए, सरु ले गलत बुझी, वा सायद बुझ्न कोसिस गरिन, वा मैले नै बुझाउन सकिन ।
लेखे “गलत बुझिस सरु”
उस्को उत्तर आएन, करिब पन्द्र मिनेट पछि message आयो “अब सुतौ”
मैले केही भन्न सकिन, मात्र “हुन्छ” भने । त्यस पछि म सुते र सायद उ पनि । आज मैले त्यो कुरा जाने जुन मैले धेरै अगाडि जानेको भए म एक सफल प्रेमी बन्न सक्थे । किनकी मैले स्नेहा भन्दा बढी सरु लाई बुझेको थिए । तर सरु ले गलत बुझी, हुन त उस्को भनाई पनि सहि हो, तर मैले स्नेहा लाई उस्को लागि छोडेको थिइन । भन्छन भाग्य मा रुन लेखेको छ भने हाँस्दा पनि आँसु आउँछ,
आज मलाई खुसी पनि प्राप्त भाको छ, र साथ मा आँसु पनि ।

भोलि उ सङ्ग सबै कुरा clear गर्ने भन्ने निर्णय गरेर हराए म निन्द्रा को सन्सार मा…….

#to_be_continue

© गौरव न्यौपने
दमक-१०, झापा

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here