SLC- A Love Story By Krishna Paudel

0
2209

” साच्चै एसएलसि सकेपछि तिमी कहाँ पढ्ने नि ?”
“खोइ मलाइ त बुवाले काठमाडौमा नर्सिङ पढाउने भन्नू भएको छ ”
“तिमिलाइ त सुइ देखि डर लाग्छ हैन ?”
“अँ लाग्छ तर आफुलाइ लगाउदा मात्रै , अरुलाइ लगाउदा लाग्दैन ” भन्दै उसले फेरि त्यही हाँसोको जाल फाली जसले भर्खरै बसाइ सरेर पहाडबाट तराइ झरेको ७ कक्षामा पढ्ने बालकलाइ ३ बर्ष अघिनै ढडियामा पारेको थियो ।
दाहिने दिमागले यसो सोच्दा देब्रेले त्यो मान्छे तै होस भन्दा कताकता मनमा काउकुती लाग्थ्यो तर यो काउकुतीमा म हास्न सक्थिन किनकी यो प्रेम एकोहोरो थियो । एकोहोरो यो हिसाबले पनि थियो किनकी दोहोरो बनाउन यो मनले कहिल्यै आट नै गरेन अनि मस्तिष्कले आदेश दिएन । उसका हासो हासो थिएनन मानौ मलाइ सपनाको देशमा अन्कुसी लगाउने कुनै पासो थियो ।

म गाडी त चढेको थिए तर काठमाडौ भन्ने ठाउँ बुवाले सधै आफ्ना कान नजिक लगेर पुरानो रेडियोको कान बटार्दा रेडियो नेपालको समाचारमा महाराजाको समाचार सुन्दा मात्र सुनेको थिए । बुवा सधै ऋणको कुरा हामी सुतेपछी आमासँग घन्टौ गर्नु हुने रहेछ र आमाले मलाइ मेरा हरेक इच्छाका पछाडि ती वाक्यहरुको प्रस्न चिन्ह लगाउनु हुन्थ्यो । त्यसैले मैले बुवालाइ काठमाडौ पढ्न जान्छु भनेर भन्नै सकिन ।


सबै साथी SLC सकिएपछी यो गर्छु त्यो गर्छु भन्दै नया ठाउँ घुम्न जाने List बनाउथे तर मेरा लागि १० कक्षा कहिल्यै नसकिए हुन्थ्यो झै लाग्थ्यो किनकी मलाइ डर थियो कतै स्मृती सधाका लागि मेरो स्मृतिमा मात्रै सिमित हुने त हैन ?
म गणितमा राम्रो बिद्यार्थी थिए त्यसैले उ सधै सुमन यो सिकाइदेउ न भन्दै हाम्रो घर पढ्न आउथी । उसका अगाडि हिसाब मिलाउनै पर्छ भन्ने सोचाइले पनि म पढ्ने गर्थे त्यसैले उसंग पढ्दा मलाइ छुट्टै जागर चल्थ्यो ।
” तिमी साच्चै काठमाडौ जाने हो ?” मैले आज फेरि सोधे
कपिमा केही लेख्दै त्यतै ध्यान केन्द्रीत गर्दै उसले भनी ,” अ काठमाडौ नै जाने हो , बुवाले बन्दोबस्त मिलाइ सक्नु भएछ , अनि तिमी ?”
” म त गाउमै कमर्स पढ्छु होला ” मैले पनि गह्रौ मन गराउदै भने ।
उसका अनुहारमा म गाउँ बस्ने कुरामा कुनै दुख थिएन तर काठमाडौ गएर पढ्ने कुरामा छुट्टै खुसी झल्किन्थ्यो ।
जब मानिसलाइ वास्तविकता भन्दा धेरै सपना देख्ने बानी पर्छ तब हरेक सपना भित्रै उ रमाउन थाल्ने रहेछ र दिन पल्टिएर रात परेसङै बिस्तारामा ती सारा सुख आफै दुखमा पल्टिने रहेछन ।

एसएलसीको रिजल्ट आयो हामी दुबै फर्स्ट डिविजनमा पास भएछौ । उ काठमाडौ जानू एक दिनअगाडि उसलाइ मनका सबै कुरा भन्छु भनेर हिम्मत गरेको थिए तर सकिन किनकी रातो टिकामा सझिएर ठुलो सपना बोकि ठूलो सहर हिडेकी उसलाइ अन्तिम समयमा मन नमज्जा बनाउन मेरो मनले मानेन ।
मलाइ थाहा थियो अब उ यो गाउँमा छिट्टै आउदिने किनकी उसका बाबाले काठमाडौमै घर किनेका छन भनेर गाउँ भरी हल्ला थियो । अन्तिम समयमा हात हल्लाउदै उ हास्दै जादा बाटोमा म कति रोए त्यसको हिसाब मेरा आँखा र परेललाइ मात्र थियो ।
प्लस टु गरेको दुई बर्षसम्म पनि उ एकपटक गाउँ फिरिन । घरमा सार्है पैसाको समस्या भएपछी बुवाले मलाइ बिदेश जाने कुरा राखी रहनु भएको थियो ।


आज १९ बर्ष भैसकेछ SLC दिएको पनि । फेसबुकमा स्मृति लामिछाने नामको Friend Request आएको भर्खरै थाहा पाए । करिब २० बर्षपछी उसलाइ देख्दा अर्कै लाग्यो । सानोमा एकदमै चन्चले उ तस्बिरमा एक्दमै व्यबाहरिक देखिन्थी । म उसको प्रोफाइल खोलेर हेर्न थाले
उसलाइ फोटोमै देख्दा मैले मेरा पुराना दिन सम्झि नरोइ बस्न सकिन । केटा मान्छे रुनु हुन्न भन्दै म परदेशमा परिवार सम्झी रुने सबैलाइ सम्झाउथे तर आज मलाई सम्झाउने कोहि थिएनन । कसैले सम्झाए पनि म आज सम्झन्नथे किनकी मलाइ उसलाइ सम्झी रोएका आँसु पनि उ जस्तै प्रिय लाग्थे । पन्ध्र मिनेट अगाडि मात्रै उसले आफ्नी छोरीको फोटो -” All The Best Chhori For SEE Exam ” भन्दै अपलोड गरेकी रहिछे ।
सार्है नमज्जा लागेपनी -” All the best nanu , छोरी ठ्याक्कै तिमी जस्तै रैछिन स्मृती “भन्दै मैले परदेशबाटै कमेन्ट गरिदिए।
केही समय पछि बाथरुम गइ मुख धोएर आउने बित्तिकै यी शब्दहरु हजुरसामु आफै साटिन खोजे ! के गर्नु यो माया भन्ने चिज यस्तै रहेछ ।।।

लेखक: कृष्ण पौडेल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here