Say No To Suicide – A Letter To All The Youngsters

0
1788
high contrast image of a hangman's noose

मानिस विवेकी भएको कारण अविवेकी छ!

आफुले आफैलाई मार्नुलाई आत्महत्या वा Suicide भनिन्छ।
“फलानो त मरेछ/मरिछे।”
“के भएर?” यो प्रश्नको सजिलो उत्तर बनेको छ,suicide.अनि यो प्रश्नउत्तर संग अनबिग्य हामी बीच कोहि छैनौं भन्ने कुरा म दाबिका साथ भन्न सक्छु।
मानिस संघर्षबाट पैदा भएको हुन्छ। मानिस हैन,हरेक जीव संघर्षकै नाम हो। विश्वास लाग्दैन त सोच्नुस्,शारीरिक सम्पर्कका बेला पैदा भएका करोडौं विर्यहरु मध्य,जुनले जित्छ त्यसको नयाँ जीव बन्छ। यो संघर्षको थालनी हो। गर्भ अवस्थाबाट बढेर जन्मदा र हुर्किदा सम्म त्यो शुक्रकिट या नि कि त्यो भ्रुणले संघर्षकै माध्यमबाट नयाँ जीवन पाउछ भन्ने कुरामा दुईमत नजाला। जन्मिएसी चुसाइने आमाको दूध खान पनि त्यो नवजात शिशु आफैले संघर्ष गर्नै पर्छ। जन्मिने,हुर्किने,अनि जीवन भोग्ने क्रममा लाखौं लाख संघर्ष झेल्नु पर्छ हरेक जीवले।

“मानव जीवन”- भनिन्छ एकदमै भाग्यमानी आत्माले मात्र पाएको हुन्छ। “तिमी”- जो यो पढ्दै छौ अनि “म” जो यो लेख्दै छु,सोच त हामी कत्ति भाग्यमानी रहेछौं। जब त्यो पीडा पछि तिमी जन्मिएर आमाले पहिलो पटक छातिमा टास्नु भयो नि,त्यो बेला कत्ती सपनाहरू तिम्रो नाममा सजाउनु भएको थियो याद गर्न सक्छौं? अनि तिमीलाई हुर्काउने क्रममा,कतिवटा बाटोबाट बाबाले त्यो सहि बाटो छुट्याउनु भयो कहिल्यै ख्याल भयो? ९ महिना कोखमा राखेर २० वर्ष काखमा खेलाएर के खाँउ,के लाँउ भन्ने उमेर बनाएसी,एक पटकनी नसोची फलानोले यसो गरेको भएर म मर्न बाध्य भएँ भन्दै मृत्यु पत्र या नि कि suicide note छोडेर मरि दियो,सकियो।
त्यस्ता जन्मनु भन्दा त उबेला तुहिएकै भए हुन्थ्यो। यतिकैमा एउटा प्रसंग जोड्छु। हस्पिटलमा ९१ वर्षीय बुढा बुबा र जवानिमै क्यानसर लागेकी साइली दिदी देख्दा मैले जीवनको अर्थ थोर ज्यादा बुझेकी छु, अनि तिमीले पनि बुझ्न सक्नु पर्छ। औसध आयु भन्दा ज्यादा बाचिसकेका ती वृद्धि अझै जीउने आशले अस्पतालमा छन्। अनि साइली दिदी,डाक्टरले उपचार सम्भव छैन भन्दा पनि बिहेको गहना र पाखो बारी बेचेर हारगुहार गर्दैछिन। बुझेको छौ के का लागि?? हो जीवनका लागी। संसार हेर्ने आश र सामर्थ्यका लागि अनि तिमी हुदा छँदाको राम्रो जीवन फाल्ने कसरी सोच्न सक्छौं?
मानिस धेरै विवेकी भएर अविवेकी छ। धेरै बाठो भएर,धेरे विवेक प्रयोग गर्दा उसले विवेक पुर्ण मृत्युको निर्णय गर्छ तर त्यो सरासर अविवेकी कार्य हुन जान्छ।

यी त भए मेरा दार्शनिक कुराहरू,अब थोरै वास्तविकता पनि जोड्न चाहन्छु। जीवनमा मृत्यु सत्य हो अनि त्यसबाट तिमी पनि डराउछौ अनि म पनि। तर हरेकको जीवनमा कुनै पल त्यस्तो घतलाग्दो पल आउँछ नि,त्यो बेला तिमीलाई जीवन भन्दा मरण नै प्यारो अनि सजिलो लाग्छ।तिमी,यो पढ्ने व्याक्ति हौ वा म यो लेख्ने व्याक्ती,विश्वास गर हामी मध्य ८०% ले जीवनको कुनै दिन,कुनै पल suicide सोचेका थियौं। त्यो बेला तिमी मरेको भए के हुन्थ्यो?यो सुन्दर संसार पनि मर्थ्यो। तर केबल तिम्रो संसार। अनि केही दिन बाबा आमा,आफन्तजन अनि प्यारा मान्छेहरुको शोकको कारण बन्थेउ। मलामि गएको दिन,सबैको बिचराको पात्र अनि सबैमा हिनताबोध गराउथेउ। सायद मैले यसो गरेको भए,यति दुखेकी छे भन्ने मलाई थाहा भएको भए,…आदि इत्यादि तिनैले भन्छन् जो अगि तिम्रो मृत्युको कारण भयो । अनि मलामीको लहरको अन्त्य तिर युगल जोडिको डेटिङ बस्ने ठाँउ सुरक्षित गर्थेउ।
तिमी भाग्यमानी,धन्न त्यस्तो भएन।
suppose, घरमा कसैले कुरा बुझ्नु हुन्न,श्रीमान संग वा boyfriend संग झगडा पर्यो,व्यावहार बिग्रीयो, रिजल्टमा फेल भयौ,समस्या अनेक तर किन समाधान केबल मृत्यु देख्छौ?
“ए विवेकी मानिएका पशुहरु,किन यस्तो??”भन्दै म अहिले लेख्दै छु अनि तिमी पढ्दै छौ,अनि suicide नगर भनेर भन्दैछु,तर भोलि कतै मै पो समाचार बन्ने हुँ कि?त्यो नि असम्भव छैन। Say No To Suicide भन्नेले नै पनि त्यो बाटो रोजेका पनि छन्। मैले भन्न खोज्नु को अर्थ,suicide को समाधान भनेको जनचेतना मात्र पनि हैन है! suicide को समाधान म एक मात्र देख्छु,त्यो हो sharing. हो आफ्ना भावनाहरु बाढ्नुस अनि तपाईंलाई कसैले केही समस्या सुनाउदैछ भने उसले सुनाएको मात्र नभएर समाधान नि खोज्दैछ भन्ने बुझ्नुस्। सायद सबैको सुनाउने र सुन्ने मान्छे नहोलान,तर बिन्ती छ त्यो भन्दैमा ज्यान नफाल्नुस। म, suicide concept दिमागमा जन्मेकाहरुलाई नयाँ जीवन दिन कोशिस गर्ने व्याक्ती,मेरै कलेजकी एउटी बहिनेले suicide गर्दा स्तब्ध त छु नै,त्यस माथी आफैमा आत्मग्लानी हुँदैछकी मलाई किन उनको निरासपन केही घन्टा अघि थाहा भएन भनेर। यदि साच्चै तपाईंलाई कुनै बेला suicide को सोच आयो भने,मनले खाएका संग share गर्नुस्।
समस्या सबैको जीवनमा हुन्छ। मृत्युको कारण समस्या नभएर त्यसको सहि समाधानको अभाव हो। अर्को प्रसंग जोड्न चाहें। एउटा भ्यागुतोलाई पानी भएको भाडोमा राखेर आगोमा राख्नुस। त्यो पानी तात्दै जादा भ्यागुतोले आफ्नु जीउको तापक्रम त्यो तात्दै गरेको पानी संग adjust गर्ने बनाउछ। आफ्नु सारा शक्ति त्यहीँ प्रक्रियामा खर्च गर्छ र अन्त्यमा तापक्रम मिलाउन नसक्ने अवस्थ भएसी,त्यहीँबाट उफ्रने कोशिश गर्छ तर शक्तिको कमिले त्यो सम्भव नहुदाँ त्यसको मृत्यु हुन्छ। अब भन्नुस त्यसको मृत्यु के ले भयो? १०१% तातो पानीले हैन तर त्यसले सहि समयमा सहि तरिका नअपनाएकोले गर्दा मृत्यु भएको हो।यदि शक्ति हुँदै त्यो उफ्रिएको भए त्यो मर्दैन थियो। उसलाई त्यो idea कसैले दिएनन्,जब उसलाई आफै आयो,त्यो धेरै ढिलो भएको थियो। हो यसै गरेर सहि समयमा सहि idea को कमिले पनि कति रोक्न सकिने दुर्घटनाहरु हुन जान्छन्। तपाईं हामी जो कोहिलाई पनि समस्या परेको बेला सहि समाधानको जरुरी हुन्छ। अनि सहि समाधान मृत्यु हैन। त्यो त झन भयानक समस्याको जरो हो,बीउ हो।

मन परे कमेन्ट र शेयर गर्नुहोला।मन नपरे पनि शेयर चाहिँ गरिदिनुस। न कतै कोहि,आजै suicide को बारेमा सोच्दै छ कि?

यदि त्यो ज्यान बच्यो भने एउटा परिवारको खुशी निलामी हुनबाट बच्ने छ अनि एउटा सुन्दर संसार बच्ने छ।
Writer: Samira Shiwakoti (urmira@facebook.com)

Thank you for support

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here