Relationship | A Girl: Niti

0
10272

“सम्बन्ध”

नयाँ मेसेज रिक्वोएस्ट आयो ! अनौठो आइडी थ्यो। मेसेज नपढेको भए पक्कै पनि रिजेक्ट गर्थिए होलि आइडी देखेर फेक भन्दै।
लिखीएको थियो,”समिरा जि,तपाईं अझै पनि लेखहरु लेख्नु हुन्छ?”
एक्सेप्ट गर्न मनलाग्यो किनकी लेख्न छोडेको धेरै भएको थ्यो अनि को रहेछ भन्ने लाग्यो र एक्सेप्ट गरेर मेसेज लेखें,”लेखहरु?कस्तो लेखहरु?” खै किन हो मन चोर्न मन लाग्यो र आफुलाइ लेखक हैन भन्ने सावित गर्न खोजें।
रिप्लाइ पनि आइहाल्यो,”समिरा जि म टाढाको इष्ट हैन नि!”राशिको रोचक आकार” सानू उपन्यास लेखेर अहिलेका सबै लेखकहरु भन्दा पहिला फेसबुकमा पोस्ट गर्ने तपाईं हुनुहुन्थ्यो।त्यो बेला मलाई लाग्थ्यो किन फेसबुकमा सार्वजनिक गर्या होला,किताब निकाल्नु नि। तर युवा मनमा पस्न त फेसबुकनै रहेछ भन्ने लागेसी मेसेज गरें।कुरा अन्त मोडे,sorry. भन्नुस न लेख्नु हुन्छ कि नाइ?”
अब मैले लेखेको कथाको नाम पनि भनेको कारण म लेखक हैन भन्ने हिम्मत पनि आएन अनि सत्य बोल्नै पर्ने लागेर लेखें,”नलेखेको धेरै भयो।विषयवस्तु नभेटेर हैन,समयको अभावमा हो।तर किन हो म जान्न सक्छु?”
;:;”अवस्य ! कथा लेख्नलाइ हो !”रिप्लाइ आयो।
अनि लाग्यो,फेरि उस्तै मान्छे,आफ्नु कथा लेख्दिनु भन्ने । डेढ वर्ष अगाडिको ह्याङ्ग अहिले सम्म उफ्फ।केही रिप्लाइ गरिइ,वाक्क लागेर।उतै बाट मेसेज आयो,”मेरो कथा भन्ने लाग्यो होला है?तर हैन। मेरो आफ्नु कथा हैन समिरा जि ! पक्कै केही गहिरो नभै अर्काको कथाको लागि बिन्ती गरिन होलि ! अनि समय अभाव भन्नू भयो,भन्नुस न के मा ब्यस्त हुनुहुन्छ??”
यति मेसेज आएसी आफै अचम्ममा परें अनि भन्नै पर्यो,”बिहान कलेज। दिउँसो स्कुल। आएसी आफ्नै काम पनि हुन्छ,समय थोरै त रहन्छ तर दिन भरको थाकेको दिमागले के लेख्नु?मिठास बिनाको लेख।” बस यति नै टाइप गर्न मन लाग्यो र पठाएको मात्र थिएं रिप्लाइ आइहाल्यो,”पक्कै तपाईं बिजि छु भनेर पन्छिन लाग्नु भएको होला,तर म कहाँ दिन्छु र पन्छिन। पठाउछु है कथा?मन छोए तपाईंका शब्दमा लेखिदिनु होला।नत्र….नत्रको त के कबुल गर्नु?थाहा छ तपाईं यो कथा लेख्नु हुन्छ,त्यति बिश्वास छ किनकी यो कथै त्यस्तो छ। केबल तपाईको अनुमती चाहान्छु। पठाउ??”
यस्तो बिश्वासले गर्दा हार्नै सकिन,”हुन्छ पठाउनुस।”
मेसेज आयो।

त्यहीँ त हो,ब्यस्त जीवन,कहाँ भ्याउनु र पढ्न। स्कुल जान ढिला भएको थियो,सिन गरेर मेसेज, लागें आफ्नु कर्म थलो।
दिन भरिको थकाइलाई अङ्कमाल गर्दौ आइपुगें घर। घर आइसक्दा सुत्छु भन्ने लाग्यो र ढल्किए आफ्नु सैयामा।
बिहानको मेसेजको झल्को आयो अनि त कहाँ निन्द्रा आउनु।
ब्यागबाटा मोबाइल झिकेर वाइफाइ कनेक्ट गरेको,आजै चाहिँ पैसा सकिनु उफ्फ।ब्यलेन्स पनि उही हो। हतार हतार सानू भाइलाइ रिचार्ज लिन पठाए,थप रु.१० कमिसन दिदै।डाटा प्याक लिएर मेसेज हेरें।
“समिरा जि,कथा लेख्नु हुन्छ भन्ने आशालाई बिश्वासले जितेर यो सबै मेसेज लेख्दै छु।
“निति” यो नाम संग मेरो जीवनको धेरै खुशी जोडिएको छ। जति कथाहरु सुने,पढे ती सबैको दु:खद अन्त्य भएको भेट्छु।हुन त मान्छेले लेखेको कथा भएर होला सबैको सधै बिछोड भएर, बिचरा बनाएका। भगवानले लेखेको कथा त साच्चै पृथक हुदो रहेछ।सबैको दु:खद मात्र हैन,खुशीको सम्बन्ध पनि हुन्छ तर त्यो खुशी पनि दु:खलाई चिरेर अघि बढ्दाको खुशी न हो। अहिलेका युगल जोडीहरु थोरै पिडालाई पनि मुटुमा अटाउन नसकेर होला,त्यति दुखी भएका।मलाई त मेरो सम्बन्धमा धेरै खुशी लाग्छ।नितिको त्यो निस्वार्थ माया अनि अटुट बिश्वासले धेरै जिउने आधार दिएको छ मलाई।उनको र मेरो भेट आज भन्दा ३ साल अगाडि,बिर्तामोडको दुर्गा मन्दिर अगाडि भएको थियो।उनी मन्दिर अगाडि रुदै भगवानलाई दस औंला जोडेर केही भन्दै प्राथना गर्दै थिइन।त्यस्तो ब्यस्त शहरको माझमा ढुङ्गाना सरले धन्न मन्दिर बनाउनु भएछ र त्यहाँ अनौठो लागेर मेरो नजर पर्न गयो।

पुरानो लुगा,हाम्रो भाषामा घर बस्दा लाउने।रातो कुर्था,सेतो सुरुवाल र सेतै चुन्नी लाएकी उनलेे कपाल खुल्ला छोडेकी थिन।राम्री भएर आँखा गएको पनि हैन,लुगा आकर्षक भएर पनि हैन तर खै किन हो,उनी प्रती गयो मेरो नजर।आफूलाई बोल्न अफ्ट्यारो नलागेरै सोधी हाले,”कहाँबाट आएकी?अनि के भयो?”
बोली सकेसि पो लाग्यो,बोल्ने तरिका पुगेनछ भन्ने।
उनले मेरो मुख तिर हेरिन।लामु कपाल,झ्याप्प दारी,कानमा कुन्डल,ग्रन्च पाइन्ट अनि पाखुरा भरी ट्याटु।भेजै नभएनी भेजा देखिने त्यो रुप,त्यही माथी म त समाजले चिनाएको “भेजा” नै थिएं।यथार्थमा त्यसको अर्थ थाहा छैन अझै।


शिर झुकाउदै भनिन्,”तपाईं पनि मेरो शरीर नै चाहानु हुन्छ?लु जुम।कहाँ र कता?”
म तीन छक्क परेर हेरिरहें।उनी बोल्दै थिइन,”भगवानलाई जेबाट छुटकारा दे भन्या,त्यहीँ फेरि अल्झाउछन्।पापि पेट,मेरै भएर के गर्नु?कहिले मेरो मर्म बुझ्दैन,भोक लाग्यो भनी हाल्छ।यति नगरी कसरी पाल्नु?केहि जान्या छैन ।यहीँ नजिकै कुन होटल छ?लु जुम त्यहीँ।”
उनको पहिलो झलकनै प्रमिल बनेको थियो मेरो मुटुमा,त्यस्तो राक्षसी पन आएन ।
हुन त म पनि मान्छे,त्यहीँ उनलाई लुछ्ने दानवहरुकै स्तरको थिए,यानिकी मैले पनि धेरै संग रात काटिसक्या थिएँ।त्यसैले त समाजले दिएको उपनामलाई अर्थ सहितको बनाएको थिएँ।
उनलाई त्यहाँ केही स्पष्टीकरण दिनु उचित ठानिन र नजिकै रहेको “होटल डेनियल”मा लगें।
कोठा नं २५ को साचो हातमा लिएर लागें कोठा तिर।चुल्कुल लाएको मात्र के थिएं,उनले आफ्नु कुर्था खोल्न लागिन।म छेउमा गएर चुन्नी समातेको त,”आफै पो खोल्दिने” भनिन्।चुन्नी उठाएर ढाड तिरबाट छाती छोप्ने गरि ओढाएर उनलाई अङ्गालो हाले।
जीवनमा पहिलो पटक म कसैलाई प्रेमले अङ्गाल्दै थिएं।तर उनी भने अनौठो मान्दै थिइन।
उनको कौतुहल्तालाई चिर्न म बोले,”नाम के हो तिम्रो?”
उनी बोलिन,”काम संग सरोकार राख्नुस,नाम संग हैन।यतिकै बस्ने भा,मलाई अबेर हुन्छ,मेरो दाम दिनुस् म जान्छु।”
बिचरी मन साच्चै चुडिएको रहेछ।म फेरि बोले,”सानू भनन तिम्रो नाम।मलाई किन किन तिम्रो सबै कुराहरु जान्न मन लाग्यो।म अरुले जसरी तिमीलाई लुस्ने पनि छैन।”

“के गर्न ल्याएको त ओछ्यान सम्म?मेरो कुराहरु जानेर के पत्रीकामा छपाउछौ? या आफ्नै उपन्यास बनाउछौ र ख्याती कमाउछौ मेरो नाम बेचेर?”उनको जवाफ नमिठो लाग्यो।
“ल तिमी जाउ।” उसलाई अङ्गालोबाट छुटाएर हातमा पैसा राक्दिएर आफू बाथरुम पसें।
चिसो पानीको सवर लिएसी निस्किए,लाग्यो गइसकि।
तर उ त सिरकमा घोप्टो पर्दै रुदै रैछे।
नाम आउदैन थियो,सानु भनेर सम्बोधन गरि सकेको कारण फेरि त्यहीँ भने,”ओइ सानू के भयो?किन रोएकी?पैसा पुगेन हो?हेर न म पनि भेजा न परें,सकिन त्यहाँ भन्दा धेरै।”
खै के भयो उसलाई जुरुक्क उठिन र अङ्गालो हालिन। फिल्ममा,प्रेम हुनै नसक्ने अवस्थामा लभ परेको देख्दा हाँस उठ्थ्यो त्यस्तै हाँस उठो मलाई। खित्का छोडी हालें।
“सरि! आमा बितिकन कसैले यसरी सानु भनेको थिएर,आफ्नु सम्झेर अङ्गालो हाल्न पुगेछु।”मधुरो बोली निस्कियो।
“तिमी किन यति कठोर भएकी म संग?मन्दिर अगाडि किन रोएकी त्यो बुझ्न मेरो मनले खोजेको कारण तिमीलाई यहाँ ल्याएँ ।तर तिमीले त आफ्नु नाम पनि भनेनौ।”म अलिक रिसाएझै बोले।
“सानू भन्नू भयो,मुटु छोयो।धेरै पछि मायाको अनुभव भयो।कथा लेख्छ भन्दौ रात काट्न धेरै आए म संग।तर मनलागेन भन्न।तपाईंलाई चाहिँ भन्छु तर प्लिज कथा नलेख्नु हौ?भाइ बहिनीले पढे भने दिदी देखि घिनाउछन् ।”
“म लेखक हैन नि लाटी कथा लेख्नलाई।भनन अब त।”

उनले सुरु गरिन,”मेरो नाम निति हो,१९ वर्षकि भएँ।घर पाँचथरको फलैचा हो। आमा, म १० बर्षकि हुँदा बित्नु भयो।जेठी छोरी थिएँ म,म भन्दा मुनि ६ वर्षकी बहिनी र ५ वर्षको भाइ।उनीहरु सानै भएकाले मेरो जिम्मेवारी बढ्यो।हुन त केटाकेटी नै थिएँ,तर परिस्थितिले जिम्मेवारी काधमा हाल्दिएसी के गर्नु?
बाउ स्त्री जाति भनेसी हुरुक्कै।आमा हुँदा,अझै याद छ,वाहाँलाई रज्स्वला हुँदा पनि धर नदिने।आमा बितेसी गाउँका आइमाईहरु संग लागेको कुरा धेरै सुनेकी थिएँ।
समय क्रममा म पनि किशोर अवस्थामा पुग्न थाल्छु।बाउको म प्रतीको नजर राक्षसी भएको महसुस गर्न थालेसी म जति सक्दो जोगिन्थें।
एक दिन म, भाइ बहिनीलाई सुताएर कोठामा फर्किदा मेरो ओछ्यानमा सुतिरहेको देखें।म भाइबहिनीकै तिर जानू पर्यो भनेर निस्किन लाग्दा मलाई तानेर आफ्नु कुमारित्व भंग गराइदीएँ।रुन कराउन नखोजेकी हुइन,तर म सानी फुच्चीको मुख थुन्न उनको एक हात काफी थियो।मलाई सारो दुख्यो।रोएँ।आमालाई पुकारे रात भर।बोलिस भने तिनै जनालाई मार्दिन्छु भन्दा आफ्नु भन्दा नाबालक भाइबहिनीको माया लाग्यो।आफ्नै इज्जतको डरले पनि चुप लागेर बाउले स्वास्नी बनाइको कुरा लुकाएर राखें।निकै दिन मलाई हिड्डुल गर्न गाह्रो भयो।अनि ठिक भएसी फेरि राक्षस बाउको सिकार भएँ।सहेरै बसें धेरै दिन त।तर एकदिन सानू भाइले “दिदी बाले के गरेका अघि?” भनेसी लाग्यो म त सिकार भएँ भएँ बहिनी र भाइ जोगाउनु पर्छ भनेर झरें बिर्तामोड,भाइबहिनीको साथ।त्यो बेला म १६ वर्षकि थिएँ ।


बिर्तामोड,पुर्वको मुटु! त्यो यस्तो शहर हो,जहाँ एक अर्काको मतलब राख्ने कोहि हुँदैन भन्ने सुनेकी थिएँ। त्यहीँ शहरमा आफ्नु ज्यान त छदैछ,भाइबहिनीको ज्यानको सुरक्षाको साथमा हेरचाहको नि जिम्मा थियो मेरो।पुर्व बसपार्कमा ओर्लिएर कहाँ जाने के गर्ने केहि थाहा थिएन। आमा बित्नु अघि हातमा थमाएका केही गहना मात्र थियो मेरो सम्पत्ति भनेको अनि अमुल्य हिरा,मेरा भाइबहिनी। बिर्तामोडको कृषिथोक छेउको एउटा गहना पसलमा लगेर बेचें,सायद सस्तो दिएछु जस्तो लाग्छ अहिले,अनि त्यस पछि त्यहीँको पसलेलाई,”दाइ यहाँ कतै काम अनि बस्ने ठाँउ पाइन्छ होला?”भने।
पसले,”(मलाई र मेरा भाइबहिनीलाई हेर्दै) एक्लै थियौ भने त सजिलै मिल्थ्यो,यति जना,खै नानी! कहाँ हो घर?हेर्दा नयाँ लाग्यो यहाँ।”
म,” हो दाइ,नयाँ नै हौं हामी।घर पाँचथर हो। आमा सानैमा बितेकाले बाले त्यति ख्याल नगरेसी भाइबहिनीको साथमा आजै झरेकीं। आमा बित्नु अघि यो गहना दिनु भएको थियो,त्यहीँ लिएर आएकी। केही दिन त चल्दो हो,अनि काम खोजौला भन्दै।”
पसले,”मेरो एकजना साथी छ,उसकोमा घरमा काम गर्ने मान्छे खोज्दै छ।तिम्रो भन्दा नि यी साना नानीहरूको मायाले भनेको,तर त्यहाँ बस्ने व्यवस्था चाहिँ नहोला सायद।अन्तै बस्नु पर्छ,कुरा गरिदिउ?”

म,”दाइ त्यति गर्दिनु भयो भने ठुलो धर्म हुने थ्यो।काम त जत्ती नि गर्छु जे नि गर्छु तर मेरा भाइबहिनी भोकै नाङ्गै नबसुन।”
“ल हुन्छ ।” भन्दै ती दाइले फोन ट्रीङ्ग घुमाए ! केही भलाकुसारी पक्कै भयो र केही बेर मलाई बस्न आग्रह गरियो।नाबालक भाइबहिनी भोकलाग्यो भनिरहदा केही खाने कुरा उनै दाइले ल्याएर दिए।
अलिक बेरमा एकजना मानिस त्यहाँ आए। उनै रहेछन् मेरा हुनेवाला मालिक।सबै बन्दो बस्तो भयो।कोठा नि उनैले खोजिदिए।मासिक रु१००० भाडाको सानू कोठा काम गर्ने ठाँउ नजिकै।त्यो उनैले तिर्देर मासिक मलाइ रु.५००० दिने सर्तमा म राजी भए।त्यो पैसा मेरो लागि धेरै थियो तर बिर्तामोडको ठाँउमा त्यतिले सबै पुर्याउन निकै धौ-धौ पर्दो रहेछ भन्ने समय क्रममा बुझे। बिहान ६ बजे काममा गएर बेलुका ७ बजे मात्र फर्किन्थें।घर भित्रकै काम पर्थ्यो।खाना बनाउने,लुगा धुने,घर साफ गर्ने इत्यादि।मालिकनी पनि मजाकै हुनुहुन्थ्यो।भाइबहिनी स्कुल जान थालिसकेका थिए।जेन तेन ठिकै चल्दै नै थियो।मालिकले कहिले काहीं सौ-पचास तलब बाहेक दिरहनु हुन्थ्यो भने मालिकनीले आफ्ना छोराछोरीले छाडेका लाउन हुने कपडाहरु दिने भएकाले जसो तसो चल्दैथ्यो।हाम्रो जीवन,कति बेला के हुने जान्नै नसकिने।
एकदिन,भाइलाई एक्कासि पेट दुख्यो र अस्पताल लानु पर्ने भयो।घरबेटी आमा नि मजाकी हुनुहुन्थ्यो,वाहाले अस्पताल लग्दिन्छु तिमी मालिककोमा गएर पैसाको बन्दोबस्तो गर भनेर आफ्नु मोबाईल नम्बर टिपेर दिनु भयो,कति खर्च लाग्छ भनेर मालिकको फोनबाट गर्नु भनेर।म गएँ।मालिकनी त्यो दिन,बिहानै माइती जानू भएको थियो,खै के कार्यक्रम भएकाले छोराछोरी लिएरै।
ढोका ढकढक्याउदा मालिकले खोल्नु भयो।साझमा आफू आएको देखेर छक्क पनि पर्नु भयो र भित्र बोलाएर के भयो सोध्नु भयो।सबै कुरा भने र अस्पतालमा सम्पर्क गर्दा १० हजार जति लाग्ने कुरा बुझियो।आफू काम गरेर तिर्ने सर्तमा पैसा मागें।पैसा लिन मालिक भित्र जानुभो।अनि,”निति ला,पैसा लिएर जा।”भन्दै भित्रबाट बोल्नु भयो।म दगुरेर भित्र गएको त,त्यहाँ अर्को राक्षसको दर्शन मिल्यो मलाई।मेरै मालिक मेरो सिकार गर्न बसेको थ्यो।अनि बोल्यो,”यो पैसा लिएर गएसी आइनस भने म कहाँ खोज्न जानू? बरु एकछिन म संग आइज,बेहिसाव लिएर जा।”
म रुदै भने,”साव म तिर्छु,भाग्दिन।मेरो भाइ अस्पतालमा छ।देर हुँदा जे नि हुन्छ।बिन्ती छ साव म जान्छु।”
“तेरि घरबेटी छिन त्यसको चिन्ता नलि,यता आइज खुरुक्क”भन्दै मलाई ओछ्यानमा तानेर मुख थुन्दै आफ्नु नर-पशुको अवतार देखाइ छाडे।पहिला बाउ,अहिले मालिक।स्थान र मान्छे बेग्लै भए पनि लोग्नेमान्छेको राक्षसी पन त्यहीँ।लाचार अनि सिथिल भएर अस्पतालमा पुगें।भोलिपल्ट डिस्चार्ज दियो,भन्दै थ्यो फुड पोइजन भएको रे।
काममा गइन त्यो दिन।अर्को दिन मालिकनी आएसी मात्र गएँ।भनौं कि भन्ने त लाग्यो,तर भाइबहिनीको मुखमा पस्दै आएको माड खोसिने डरले भन्न पनि सकिन।अनि त खै,मालिकलाई म मौन बसेको देखेर होला झन प्रोत्साहन मिलेछ कि के हो,यो अत्याचार झन दोहोरियो। तर,उनको पैसाको कारण मेरो मुख चुप हुन्थ्यो किनकी दिनदिनै भाइबहिनीका आवश्यकताहरु बढ्दै थिए।
बाउ,जस्को विर्यले मेरो शरिर बनेको छ,उनैले त छोरीको सम्बन्धलाई भुलेर,स्वास्नीको सम्बन्ध लगाइदिएको थियो भने,मालिक संग स्वास्नीको सम्बन्ध राख्नु पाच्य नै बन्यो मलाई। अनि धेरै बाध्यताले अनि थोरै परिस्थितिले आफ्नु शरीर मालिकलाई बेचेर,त्यो शरिरको मालिक आफू हुँदै पैसा जुटाउन थालें।
त्यहीँ क्रममा एकदिन मालिकको अफिसमा पार्टी रहेको,र त्यहाँ म नि जानै पर्ने नभए अर्को पालीबाट पैसा नदिने भनेसी,आफू राति मालिकनी बिरामी छिन भनेर भाइबहिनीलाई ढाटेर त्यहाँ गएँ।

त्यो रात,मालिकको मात्र हैन,तर अरु थप ३ राक्षस रुपि पुरुषको शिकार भएसी उनीहरुले सजिलै भनिदिएकी,”कहिलेबाट ‘वेश्या’ पेशा अङ्गालेकी?यति सानैमा यस्तो?”
मन भारी भयो जब वेश्याको उपनाम पाएँ।हुन त मलाई वेश्या बनाउने तिनै पुरुष जाती थिए।फेरि किन सोध्नु होला?त्यो रात त्यहीँ काटेसि बिहान कोठा गएँ,काममा जानै मन लागेन।जीउ सबै दुखेर लास जस्तै भा थ्यो।त्यहाँ पछि म काममा गइन।महिना भरीको कमाइ एकैदिनमा भएसी को जानू र हैन??”
निति फिस्स हासिन।मेरो अङ्गालो मै थिन उनी।मेरो आँखा हेर्न पुगिछिन।आँखा भरिएको देखेर उनी हास्न थालिन,”ओ महोदय,म भोग्ने हँसिलो छु,तिमी चाहिके भयो??”
म बिस्तारो बोल्ने,”निति,तिमी भोग्दा रोयौ,म अहिले तिमिले भोगेको सम्झेर रोएं।”
“लु भो,अरु सुन्ने कि भयो?”अब त उनी पनि आफ्नु लागो,जब घुर्कीको स्वोरमा उनले भनिन।
“अबुइ भनन।खुब घुर्किलाएकी।”मैले नि मायाले भने।
उनी फेरि सुरु गर्छिन्,”तिनै मालिकको साथिहरु संग आफुलाई बेचेर भाइबहिनी पाल्न थालें।जिन्दगीमा के सोचेकी थिएँ,बाउले सम्बन्ध मिचेर ‘वेश्या’ बनाइदिए।घरीघरी त धन्य हुन्छु,कमाइ खानेबाटो त्यहीँ भयो।”
“अनि अघि मन्दिरमा रोएकी किन?”म बिस्तारै बोले।
“आज मेरी आमाले छोडेर गएको ८ पुरा भएर ९ लागेछ,त्यहीँ भएर वाहालाई सम्झेर रुदै प्रार्थन गर्दौ थिएँ।”
“के भन्यौ त?”
“यो नर्कबाट मलाई मुक्त गराइदिनु न आमा भनें।”
आफू पनि खराबको दर्जा भित्र आउथें।तर पनि उनलाई निस्चल प्रेम गर्न थालिसकेछु।
म केही नबोल्दै उनी बोलिन,”तपाईंको नाम के हो?कहाँ बस्नु हुन्छ?के गर्नु हुन्छ?”
“मेरो नाम दिप हो।घर त छैन।काम त्यहीँ गुण्डा गर्दी ।”
“अबुइ गुण्डा पो हो तपाईं?” उनी डराउदै पर सरिन।
“उम्म हो त।अब मैले भनेको टेरेनौ भने तिमीलाई जानेको छु।”
“के टेर्नु पर्ने?”


“अब यो काम छोड हस?बरु जति जे कमाउछु,बडेर गरौंला न है?म पनि धेरै बिग्रेको केटा हँ।दुबै मिलेर अब ज्ञानी हुनु पर्छ हुन्छ?”
“खै कसरी पो डिसाइड गर्नु र?कोठामा संगै एकछिन बसेको भरमा?”
“लु मेरो नम्बर टिप,तिम्रो नि देउ।अनि छुटुम अहिलेलाई।साझ पर्न लागि सक्यो।”
यति भनेर दुबैजना निस्कियौं।फोनमा कुराकानी हुन थाल्यो।उनी पनि त्यो नर्कमा जान छोडिन।म पनि खराबबाट असल हुन थालें।बहिनिले एसएलसी सकेर सानू जागिर खादै भाइलाई पढाउदै आफू नि पढ्दै छिन।हामीले बिहे गरेको अब अशोजमा २ साल हुन्छ।मायाको चिनो स्वोरुप सानी निति,”अदिति”दिप र नितिकी मुटु जन्मेकी छिन्।
बाबा आमा बिहिन म,संगतले बिग्रेको थिएँ।काहीं कतै सम्बन्ध नभएको म,उनी संगको सम्बन्धले धेरै ज्ञानी भएँ।गुण्डा गर्दी छोडेर,सानू काम गर्दै छौं।मेची आँखा अस्पताल,सैनिकमोडको छेउमा सानू घुम्ती पसल छ।जिविका चलेकै छ।खुशी छौं।
समिरा जि,हाम्रो anniversary को अवसरमा उनलाई यो कथा उपहार दिन मन छ।
कालो बादल पछि न हो रंगिन इन्द्रेणीको नजर आउने।त्यही भएर,अहिलेको सम्बन्धमा बस्ने हरेक युगल जोडीलाई मेरो अनुरोध यो छ कि,पर्दा पछाडी सबैको एक न एक कहानी हुन्छ नै।छुटोस भनेर कसैले प्रेम गर्दैन तर सानू सानू कुरालाई issue बनाइर बिन्ती छ,प्रेमलाई नमार्नुस।ठुला ठुला कुरा गर्नु परिपक्वता हैन,तर सानू सानू कुरा बुझ्नु नै परिपक्वता हो।
सम्बन्ध भनेको अनौठो हुदोरहेछ।
मेरी निति,छोरी भएर जन्मेकी थिइन जस्को काखमा,उसैको ओछ्यानमा पनि जबर्जस्ति परिन।अनि म,सम्बन्ध बिहिन मान्छे,जो संग उनी ओछ्यान साट्न तयार थिइन्,उसै संग अटुट सम्बन्ध बसिदियो।सयौं जुनि सम्म।यो कथाबाट उनलाई धेरै पाठकलाई साक्षी राखेर संगै जिउने मर्ने वाचा दिन चहान्छु”

यति मेसेज पढ्दा सिरानी सबै भिजेको थियो मेरो।म पढ्नेलाई त्यति दुख्यो त्यो पिडाले,उनी भोग्नेलाई कस्तो भयो होला।भेट्ने तिब्र इच्छा जाग्यो र लेखें,”दिप तपाईं कहाँ बस्नु हुन्छ?के म भेट्न सक्छु तपाईंहरुलाई?”
रिप्लाई आएन।सायद अन थिएन होला।
एकछिन निउज फिड्स स्क्रोल गर्दा गर्दौ आयो मेसेज,”ओ हो लेखक ज्यु,पग्लिनु भयो मेरी नितिको कथाले?अब कथा लेख्नु हुन्छ होला नि?”
मैले रिप्लाई दिएँ,”लेख्न जरुरी देख्दिन,यति मज्जाले तपाईंले आफै लेख्नु भएको छ।र पनि म मेरो तर्फबाट जानेको इडिट गर्दिन्छु।तर मलाई भेट्ने सर्तमा।”
मेसेज सिन भएर टाइपिङ्ग लेखेसी ढुक्क लाग्यो।
आइहाल्यो रिप्लाई पनि,”हुन्छ तर हामीलाइ भेट्न आउदा उपहार स्वरुप कथा लिएर आउने भए मात्र!”
उसको अब सर्तले मेरो सर्त जित्यो र लेख्न थाले कथा।
“सम्बन्ध,the relationship” शिर्षक दिदौ सुरु गरें मोबाइलको मिमोमा।४ भागमा सकिदिएँ।किनकी पहिलो कथा २१ भाग जादा पाठकको कौतुहल्ताले मलाई झन्डै मारेका थिएँ।

“कथा सकियो,अब कहाँ र कहिले भेट्ने त्यो तपाईंको जिम्मा” मैले मेसेज टाइप गरें।
रिप्लाई आइहाल्यो,”हुन्छ आजै आउनुस्,हामी पसलमै हुन्छौं।आएर सम्पर्क गर्नु होला यो नम्बरमा ९८********।”
मन ढुक्क भयो,सानी छोरी अदिती,नदेख्दा नि माया लाग्यो।भर्खरै सेलरी थापेको थिएँ,अनि उनलाई Doll लग्दिने बिचार गरेर,बजार गएर लागे उनीहरुलाई भेट्न। सम्पर्क गरेसी भेट भयो।निति संग नि भेट भयो।धेरै बेर सुख दु:खका गफ गरिन।हेर्दा सानी थिइन,उमेर म भन्दा ठुलो भए पनि,त्यहीँ भएर मैले बहिनी भनें र उनले मलाई दिदी भनेर यो स्वार्थी शहर बिर्तामोडमा फेरि अर्को भावनात्मक बलियो सम्बन्ध स्थापना गर्न सफल भइन।दीप भन्दै थियो की उसको नि भेजा हुनुको कथा लेखिदिनु पर्छ भनेर।हुन्छ भन्दै हास्दै टारें।अब उसको कथा कस्तो छ,लेख्नु पर्ने हो वा हैन त्यो पछि बिचार गरौंला भन्ने सोचें। जाने बेलामा कथा फेसबुकमा सेयर गर्ने अनुमति मागेर निस्किए,एउटा बलियो सम्बन्ध बनाउदै अनि दु:ख सुखमा नितिको साथ रहने गरि ।

~समाप्त ~

प्रतिक्रिया दिन नभुल्नु होला !
पढेर सहयोग पुर्याउनु भएकोमा करोडौं धन्यवाद !!

लेखक: समिरा सिवाकोटी

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here