पल्सर बाइकको अाधा मूल्य घट्छ त? साउनदेखि नेपालमै उत्पादन सुरु

    0
    1213

    आगामी साउन महिनादेखि नेपालबाटै मोटरसाइलक उत्पादन हुने भएको छ । नेपालको लागि बाजजका बाइकको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले नेपालबाटै बजाजका मोटरसाइकल उत्पादन गर्ने भएको हो ।

    ‘साउन महिनाभित्र बजाजको १०० सीसीको प्लाटिनियम बाइक उत्पादन गर्छौं,’ गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘केही महिनाभित्रै १ सय २५ सीसीका बजाज डिस्कोभर र १ वर्षभित्र १ सय ५० सीसीका पल्सर उत्पादन गर्छौं ।’

    १ वर्षभित्र २५ हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्ने योजना रहेको गोल्छाले सुनाए । विदेशबाट मोटरसाइकलका पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरि मोटरसाइकल उत्पादन गरिनेछ ! बजाजका मोटरसाइकल नेपालमा सबैभन्दा बढी विक्री हुने भएकोले यहीँ प्लान्ट राख्‍न प्रस्ताव गरेको थियो ।

    ०७३ बैशाखदेखि नै उत्पादन गर्ने लक्ष्यसहित गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ ।

    मूल्य घट्छ त ?

    नेपालमै एसेम्बल भए पनि बजार मूल्य भने नघट्ने गोल्छाले जानकारी दिए । ‘नेपालमै एसेम्बल भए पनि बजार भाउमा कुनै फरक हुनेछैन,’ उनले भने ।
    आयात गर्दा भन्दा एसेम्बल गर्दा १/२ प्रतिशतमात्रै सस्तो पर्छ तर हामीले आयात गरिएकै मूल्यमा एसेम्बल गरिएका बाइकहरु बिक्री गर्ने उनले जानकारी दिए ।

    ‘हामीले ठूलो लगानी गरेकाले उत्पादन लागत केही सस्तो हुँदा पनि सस्तोमा बिक्री गर्न सक्ने अवस्था छैन,’ गोल्छाले भने । मूल्य नघटे पनि प्लान्टमा २ सय जनाले रोजगारी पाउनु र सरकारलाई ठूलो रकम राजस्व उठ्नु देशका लागि फाइदा भएको गोल्छाको भनाई छ ।

    १ अर्ब लगानी प्लान्ट बनाउँदा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको र अब ३०/४० करोड रुपैयाँ खर्च हुने उनले बताए ।नेपालमा स्कुटरबाहेक बजाजका मोटरसाइकल ८० देखि ९० हजार थान बिक्री हुने गरेको गोल्छाले जानकारी दिए । ‘यति ठूलोमात्रामा मोटरसाइकलहरु आयात गरेर बिक्री गरिरहेका छौं, नेपालमै उत्पादन गरेपछि प्रविधि मात्रै भित्रिँदैन रोजगारी सिर्जना पनि हुन्छ र सरकारले राजस्व पनि पाउँछ,’ उनले भने ।

    Facebook Comments

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here