प्रियंका कार्की नेपालको नम्वर १ कलाकार हुन् वा होइनन् त्यो त उनी अभिनित चलचित्रहरुले देखाएकै छन्, तर उनी फिल्मनगरीमा चर्चाको केन्द्र ओगट्न एकदमै लालायित देखिन्छन्। उनले एक कलाकारको हैसियतमा गर्ने हर्कतहरुले कहिलेकाही त पंक्तिकारलाई सोच्न बाध्य नै बनाउछ, के उनको चेतनाले नै उनी चर्चाको भोकमा यति गरिराखेकी छिन्? खेदो खन्न खोजेको होइन, न कसैको बिगत कोट्याउन नै, तर सम्बन्धबिच्छेदको कष्टकर नियति भोगिसकेको ब्यक्तिलाई कुन सामर्थ्यले “Bachelor’s party”को हर्सोल्लास दिन्छ? त्यो पनि सामाजिक कार्यमा खट्ने लक्ष्यका साथ फाउन्डेसन स्थापना गरेको ब्यक्तिलाई, एक रक्सी कम्पनीको प्रायोजनमा ! उनको प्रेम र खुसीमा डाहा गरेको होइन केवल प्रश्न सोधेको हो , के बारम्बार जिब्रो चिप्लिनु र उनले सार्वजनिक रुपमा गर्ने अन्य हर्कतहरु बिच सम्बन्ध छ त?
प्रियंकाको बहुचर्चित अन्तर्वार्तामा उनले आफू कार्यक्रमको सिलसिलामा U.K. , U.S. धेरै ठाउँ गएको तर अमेरिका पहिलो पटक आएको बताउछिन्। सोही अन्तर्वार्तामै आफू ७ महिनाको हुँदासम्म आमाको पेटमा भएको बताउछिन् । अध्ययनहरुका अनुसार प्रत्येक १ हजार शब्द बोल्दा मान्छेको जिब्रो १-२ पट्क चिप्लिन्छ। यो अध्ययनलाई मात्र आधार मान्दा प्रियंकाको जिब्रो उनले गर्ने अनावश्यक “पतरपतर”को कारण चिप्लिन्छ।
फेरि यहि अन्तर्वार्तामा उनले चिप्ल्याएका शब्द हेर्दा उनको जिब्रो चिप्लिएको होइन उनको बोल्नु अघि सोच्नु पर्ने प्रणाली नै चिप्लिएको देखिन्छ। उनले जिब्रो चिप्लिएर U.K. लाई टाउके भनेकी छैनिन्। बरु उनी हडबडाएकी छिन्, लर्बरिएकी छिन्। मान्छे किन हडबडाउछ, किन लर्बरिन्छ भन्नेमा पनि बैज्ञानिकहरुले धेरै अध्ययन गरेका छन्। अध्ययनहरु भन्छ कि केही गल्ती गरेको बेला मान्छे हडबडाउछ। कलाकारले विदेशमा के गल्ती गर्न सक्छ कि उ नेपाली मिडियासङ्ग बोल्दा हडबडाओस् ? यो पनि हामीले खोज्नुपर्ने विषय हो । कलाकारहरुको प्रयोग गरेर मानवतस्करी गर्ने लगायतका समाचारहरु, चर्चित भनिएकै कलाकारहरुलाई उक्त आरोप लाग्नु जस्ता घटनाक्रमको यहाँनेर सम्बन्ध हुन सक्छ।
मान्छे बोल्दा लर्बरिनुको कारण पनि थुप्रै सोधकर्ताहरुले दिएका रहेछन्। सबैकोमा एउटा साझा कारण देखियो मादकपदार्थ वा लागुऔसधको सेवन। प्रियंकालाई मादकपदार्थ र लागुऔसध सेवन गरेर अन्तर्वार्ता दिएको वा सुटिङ्गमा हिडेको भन्ने आरोप लगाउन खोज्यो नभन्नुहोला, केवल अध्ययनले दिएका तथ्यहरुको सम्बन्ध खोज्दै छु। केही चलचित्रमा प्रियंकाले नेपाली अभिनेत्रीको रुपमा दिएका दृश्यहरु खिच्न छुट्टै साहस चाहिन्छ, जुन उनलाई Bachelor’s party मा पठाउने पेयपदार्थहरुले अनि शिवजिको पबित्र प्रसादहरुले ल्याउने दाबी ब्याप्त छ।
प्रियंका हरेक अवसरमा बढी बोल्छिन्। बोल्ने मान्छेले गल्ती गर्छ भन्ने भनाई उनमा पनि लागु हुन्छ। प्रेमी आयुश्मानसङ्ग एक अन्तर्वार्ता दिने क्रममा उनको जिब्रो नराम्ररी चिप्लियो। त्यसको महसुस आयुश्मानको अनुहार हेर्दा तत्कालै गरेको झै देखिन्थ्यो। यसरी “ट” लाई “च” भन्नूमा बढी बोल्न खोज्दा आत्तिएर जिब्रो चिप्लिएको नै हुनसक्छ। तर अन्तर्वार्ता प्रसारण गर्दा त्यो सम्बाद काटिएन। न आयुश्मानले नै काटिदिन भने, न प्रियंकाले नै जिब्रो चिप्लिएको महसुस गरिन्। नाममात्रका सम्पादक भएका मिडियामा अन्तर्वार्ता दिन दौडधुप गर्ने नम्बर १ हरुले बोल्दा संयमित हुन कहिले सिक्ने हुन् ?