What Is Love? A Short Article By Nawaraj Bashyal

0
1448

प्रेम के हो ?, ‘माया’ कि ‘लभ’ !

प्रेम शब्द आँफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ फेरि पनि कसले कसरी बुझ्ने कसले कस्तोलाई प्रेम मानिरहेको छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमातमात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन यहाँ । खाशमा, यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको अर्थ एउटैलाई पल भरमै किन फरक फरक हुने गर्दछ भन्ने गम्भिर देखिन्छ । प्रेम शब्द खोज्दै र भोग्दै जादा बाल्य अवस्थाका ति निस्वार्थ प्रेम जहाँ एक अर्काका खुशी भलो कै चाहना हुने गर्दथे तर कसैले सम्झन चाहदैनन ति स्वर्णिम पलहरु किनकी समयको चक्रले पिरोलिरहेको हुन्छ सदैव उनिहरुलाई । यहाँ उनिहरु भनेको तिनिहरु हुन जो समयम समयमा प्रेमको परीभाषा नै बदलदिएका हुन्छन, समाजले, संसारले मानोश नमानोश उनिहरुले भनेपछी पुग्यो त्यहा । अझ बढी किशोर अवस्थामा बिपरित लिङ्गीहरुको प्रेम जहाँ पलभरमै प्रेमको अर्थ बदलिरहेको हुन्छ । बिहान प्रेम खुशी हो भन्नेले साझ पर्न नपाउदै प्रेमलाई सन्सारकै दुस्ख भन्न पनि ढिलाई गर्दैन त्यहा । फेरिपनि प्रेम त्याग्न सक्दैनन कोही । यता कता प्रभाब परीरहेको हुन्छ प्रेमको ।

अपरिचित केटा र केटीलाई बैबाहिक सम्बन्धमा बाँधेर एकअर्कामा समर्पित बन्न प्रेमले सिकाउछ, इमान्दार, विश्वासी बन्न प्रेमको महत्वपूर्ण भुमिका देखिन्छ । हामीहरु हरेक सम्बन्धमा प्रेमको फरक फरक अनुभुती आभास गर्न सक्छौ । तर जहाँ प्रेम हुन्छ त्यहाँ प्रतिसोध, क्रोध, घमन्ड र रिसरागको कुनै ठाउँ नै हुँदैन । यसको अर्थ जहाँ प्रेम हुँदैन त्यहाँ अहंकार, घमन्डले राज गर्छ भनेर लगाउनु पनि समय सापेक्ष निर्णय नहुन सक्छ । तर, यहाँनेर स्वीकार्नुपर्ने के छ भने प्रेम प्रत्येकको भोगाइ र समयनुसार फरक फरक हुन सक्छ । समयानुसार कुरा गर्दा जहाँ प्रेमलाई ’माया’ भनिएको हुन्छ त्यहा समान भोगाइहरु अनुभुतिहरु समेटिएका हुन्छन । चाहे ति आमाबाबु, छोराछोरी, दाजुबहिनी, साथीभाइ अथवा प्रेमप्रेमिका बिचको प्रेम नै किन नहोस सरल बुझाईमा त्यहा साचो सम्बन्ध गासिएको पाउन सकिन्छ । एउटै पात्रको एउटै समयमा फरक फरक प्रेमको अनुभुतिहरु हुन सक्छ । उसको घर परिवार, दाजु भाईसङगको प्रेम अनी बहिरी दुनियाँसङ्गको प्रेममा विविधता हुन सक्छ । उसले घर परिवारलाई प्राथमिकतामा राख्ने कि दुनियाँलाई उसको चिन्तनमै भर पर्दछ । अधिकाम्समा घर परिवारसङग दोहोरो माया हुन्छ भने बाहिरचाही एकोहोरो लभ हुन सक्छ । दोहोरो मायामा समस्या भएन तर एकोहोरोमा समस्या हुन सक्छ । तर एकोहोरो कसले गरिराखेको छ यसले पनि परीणामलाई मार्ग देखाउछ । सबै एकोहोरो अशुभ भन्ने पनि हुँदैन कतै शुभ पनि हुन सक्छ राम्रो अवसरले  आफुलाई पच्याइेरहेको आफुले पत्तो पाउन नसकेको अवथ्या पनि हुन सक्छ । आफ्नो एकोहोरो बानिले आफुलाई कतीसम्मको फाइेदा वा नोकसान पुर्याउदै छ शचेत हुनुपर्ने हुन्छ ।

माया शब्द नै आँफैमा प्यारो हुन्छ । कुरो जमानको नै हुन सक्छ जहाँ प्रेममा दुख, बिछोड के हो भन्ने नै पत्तो हुँदैन थियो त्यही नै माया थियो । समय फेरिदै गयो बिकास क्रमले विस्वलाई नै शाघुरो बनाइदियो सिधा भन्नुपर्दा संसार नजिकियो प्रेमको क्षेत्र फराकिलो बन्न थाल्यो साथमा समय र मानिसको उमेरसङगै प्रेममा पनि एकाएक परिवर्तन भएको अनुभुती हुन थाल्यो । प्रेमचक्र घुम्न लाग्यो सरल होस भन्ने सबैलाई लाग्दो हो यसैले होला बाबा ड्याड हुनुभयो, आमा मामु हुनुभयो घुम्दै गर्दा प्रेमिका चाँही बाबा बनिन । अरुको दुखमा सहनुभुति राख्दै असहायहरुलाई, असक्तहरुलाई सक्दो सहयोग गर्नका निम्ती निरन्तर लागिरहने ति मनहरुले पनि साथ खोज्ने थाले ’धन हुनेसङ्ग मन हुँदैन मन हुनेसङ्ग धन हुँदैन’ भनेजस्तै यताकता धन मन दुवै हुनेहरुले पनि सहयोगको मुल्य लगाउन थाले । एउटै सहयोगबाट बारम्बार प्रतिफल प्राप्त होस भन्ने चाहना राख्न थाले । प्रेमचक्र सँगै प्रेमको अर्थ पनि बदलिन  लाग्यो । आधुनिकता अनि नजिकिदो विस्वको प्रभावसङ्गै प्रेम मायाबाट लभ हुन लाग्यो अथवा भईसक्यो भन्दा पनि फरक नपर्ला । प्रेम शब्दपनी मायाबाट लभ भएछ । प्रेम एउटा शक्ती हो यसले सकारात्मक उत्पेरणा प्रदान गर्दछ भन्नेहरुका लागि प्रेम कमजोरी बनेको देखिन थालेको छ । जब शक्तीको सकारात्मक रुपमा उपयोग हुँदैन यसले हामीलाई दुरुपयोग गर्दै कहीकतैबाट पिडा दिइेरहेको हुनेछ । समयको कुरा गर्दा  पनि जुन समयमा एक आपसमा प्रेम थियो, त्यहा सफलता चुलिदै जान्थ्यो तर यो लभ सुरु भएपछिको समयमा सुख भन्दा दुख अनी मिलन भन्दा बिछोड कहानीहरु धेरै देखिन्छन अझ कोपिलामै झर्ने सम्बन्धहरुको कमी हुँदैन त्यहा । प्रेमले जीवनलाई सपार्न मद्दत गर्दछ, तर जब हतारमा यसको प्रयोग बढ्छ जिन्दगी भत्कन सुरु हुन्छ । प्रेमले कसरी भत्काउछ भन्ने पनि हुन सक्छ यसका लागि तिनिहरुलाई हेर्न सकिन्छ जसले क्षण भरमै लभ वाला प्रेमबाट मुक्ती खोजिराखेका हुन्छन ।  प्रेम त एउटा गन्त्यव्य नै हो जसका दुइ बाटोहरु हुन्छन एउटा मिलन अर्को बिछोड यहाँ रोजाइ स्वयमको नै हुनेछ माया रोज्ने कि लभ । माया रोज्नेहरुको दुबै बाटोमा मिलन खुशी हुनेछ तर लभ रोज्नेहरुका लागि मिलन बिछोड बराबर देखिएको हुन्छ प्रतिफल उसको व्यवहार, भोगाइ अनी शहनशिलतामा भर पर्दछ । मिलनका सम्भावनाहरु मनिस आँफै खोज्न सक्छ साथमा बियोगको निराकरण आँफै गर्न सक्दैन भन्नु पनि गलत हुन सक्छ । त्यसका लागि उनिहरुसँग गन्त्यव्यको पहिचान र आफ्नो सामर्थको बारेमा जानकार आँफै हुनुपर्ने हुन्छ । यहाँनेर बिपरित लिङ्गीसङगको आकर्षणलाईमात्र लभ मान्नु पनि सत प्रतिसत सहि नहुन सक्छ किशोरावस्थ्यामा आकर्षणको लिमिट नै नहुन सक्छ । त्यस समयमा लभ कथाहरु बुन्ने अनुकुलता बढी देखिने अनी सम्बेदनशीलता कम हुनेखालको व्यवहार देखेर पनि अचम्म मान्नु पर्दैन । सेक्स र आधुनिकतामा खुशी लुकेको ठान्नेहरुले जीवनको स्वर्णिम समय यसैलाई मानेर लभको यात्राले स्वर्ग पुर्याउछ भनेर भने पनि यसमा अचम्म मान्नु पर्दैन । किनकी त्यहा कता कतै स्वार्थ लुकेको हुन सक्छ ।

जीवन यहाँ भिज्न सकेन भने अर्को ठाउमा लगेर चोबल्न सक्छु भन्ने भ्रमले जरो टेकिसकेको पनि हुन सक्छ । सरल र सिधा तरिकाले सोच्दा, सोच्दासोच्दै भोग्दै जादा ढिलो वा चाँडो हरेक मानिसले प्रेम गर्छन् । कसैले एकचोटि गर्छन् त कसैले पटक पटक गहिरो प्रेम पनि गर्छन् । कसले जीवन लम्व्याउछन कसैले जीवन समाप्त्य गर्छन । यहाँपनी माया र लभ गर्नेहरुले चलचित्रमा जस्तै खुशीयालीले समाप्त होश भन्ने चाहना राख्छन तर चलचित्रहरु पनि कुनै कुनै वियोगमा गएर टुंगिन्छन ध्यान दिनु जरुरी हुन्छ । अर्काको डाहा गर्नेहरुले पनि सकेसम्म राम्रो पर्ग्तिको मात्र डाहा गरेमा प्रगतिमय परिवर्तन हुन जान्छ । अर्काको असफलतालाई देखेर आफुले पनि त्यो बाटोमा जाने कि नजाने भन्ने पनि स्वयमको विवेकमा भर पर्दछ । त्यसैले जीवनलाई अर्थ्याउने प्रेमलाई आफुले कसरी प्रयोग गर्ने भन्ने चिन्तन हुन पर्दछ । जब माया गरिएअको हुन्छ साना साना कुराहरुबाट जीवनको लक्ष्य प्रप्ती हुने आशमा यात्रा भईरहेको हुन्छ त्यहानेर जीवनमा खुशी भरिको पाउन सकिन्छ । प्रेम समबन्धलाई कसरी जिवित राख्ने माया भनेर कि लभ गरेर । जसो गरेपनी यथार्थमा प्रेम भनेको खुशी हो सफल हुँदै अघी बढ्ने बाटो हो । यसकारण प्रेमको परिभाषा खोज्नु पर्दैन भोग्दै खेप्दै जानेहरुले समय पुगेपछी आँफै पत्तो पाउनेछन प्रेम ‘माया’ कि ‘लभ’ के हो भनेर ।

लेखक: नवराज बस्याल

तानसेन नगरपालिका– ०१, पाल्पा

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here