Love At First Sight | Baglung To Jomsom

0
1462

बाग्लुँग देखि जोमसोम सम्म को लामो दिवा बसको यात्रा। बस भरी रहेका सबै यात्रुहरु जोमसोम-मुक्तिनाथ घुम्न जाने मात्रै छन् भन्ने कुरो काउन्टर बाटै थाहाँ पाइसकेको थिएँ।बसले कालीगण्डकी पुल पार गर्दै थियो एक्कासी नजर उनी मा ठोक्कियो।
उनी ढोका निरको A साईड को १ नँ को सिटमा म भने B साईडको ४ नँ सिटमा।नेपाली मै भन्नु पर्दा उनी पारी म वारी ।उनी उता झ्याल तिरको सिटमा म नि यता झ्याल तिर कै सिटमा।उनको साईडमा उनको बहिनी मेरो साईडमा भने बाग्लुँग बहुमुखी क्याम्पसको प्राध्यापक अनि उनकै पछिल्लो सिटमा उनको दाजु।
बस आफ्नै रफ्तार मा हुइँकिइहेथ्यो उनी घरि घरी यता फर्किन्थीन् अनि उनका झुकेका गाजलु नजर ले खुबै ईशारा दिइरहेकि थिइन् मैले त्यसैमा प्रतिउत्तर नदिने कुरै भएन,सडकको मोड मोडमा होस् या खाल्डो खाल्डोमा होस् गाडी जब घच्याक घुचुक गर्थ्यो तब लास्टाँ सिटमा बस्ने केटी हरुको जमातको चिच्याहट निस्कन्थ्यो अनि उनी मुस्कुराउँदै मलाई हेर्थीन् अनि म उनलाई,यस्तो त कत्ति भयो कत्ति।

म प्राध्यापक ले चाल नपाओस् सोची घरि गगल्स लगाउदै उनलाई हेर्थेँ अनि उनी चाहीँ दाई र बहिनी ले चाल नपाओस् सोची घरि कुर्ता मिलाएझैँ घरि कपालको काँटा फुकाउँदै हेर्ने गर्थिन् घरि कपाल बाँधे झै गरि हेर्ने गर्थिन्। कहिले कसो उनी लुकेर मलाई चिह्याएको हुने रहिछीन् अनि म कोर्किएर उनलाई नै हेर्न खोज्दा उनी लाजले मन्द मुस्कानको साथ झ्याल तिरै फर्किएर अनि फेरी मुस्कुराइरहेको हुन्थिन्। सोच्दै थिएँ कतै उनलाई मेरा चिँगाम को जस्तो जुँगा ले त मोहनी लाएन।

म्याग्दी देखी मुस्ताँग सम्मका प्रत्येक रमणीय र चाख लाग्दा ठाउँ हरु उनलाई उनको दाई ले पछाडी बाट टुरिस्ट गाईडरले झैँ सिकाउँदै थियो,” हे अस्मिता,यो ठाउँ यो हो,त्यो ठाउँ त्यो हो ” भनेर। बस्, एउटा कुरा पत्ता लाग्यो कि उनको नाम अस्मिता रहेछ,त्यो उनको लामो सिल्की कपाल त्यसैमा हलुका बेरीना कलर झल्किरहेको,सेता सर्लक्क मिलेका दन्तलहर हरु,जुम्ली Red delicious स्याउमा जम्मा भएको Juicy materials भरिएझैँ भरिएका उनका ओठ झन् त्यसैमा हलुका रातो रँगको चिपीस्टीक,अनि उनका ति गोला गोला ठुला आँखाहरु त्यसैमा म लट्ठिने गाजलुको रेखा,गहुँ गोरो भन्दा नि अझै गोरो वर्ण अनि साम्राज्ञ राज्य लक्ष्मी शाह को जस्तो फिगर मा ‘रब ने बना दी जोडी’ मा अनुष्का शर्मा ले लगाएको झैँ कुर्ता सलवारले साँच्चै गन्तव्य भुलाइरहेको थियो।

यात्रा यसरी नै चलिरहेको थियो हामी गन्तव्यको नजिक आइसकेका थियौँ,उनि जोमसोम नजिकैको पुथाँग एयरपोर्टमा ओर्लिइन म भने ब्यारेक को गेट सम्म पुग्नु थियो ओर्लिने आँट गरिन,उनि सिट मुनि को जेब्रा ब्याग निकाल्दै झुकेका नजरले यसरी हेर्दै थिइन् कि कसम् अब अन्तिम भेट हो यो जुन नहुनु थ्यो सोचेछैँ गरि।उनको नजर देख्दा लाग्थ्यो एउटा बुढो आफ्नी बुढीलाई छोडेर सात समुन्द्र पारी जाँदै छ जुन कदापी फर्केर आउने छैन हो साँच्चै उनको गहभरी टिल्पिल-टिल्पील भएका आँशु र दबिएको श्वास र लुकिइरहेको मुस्कानले यस्तै यस्तै कुरा को झलक दिइरहेथ्यो।


अब समय सबै सकिसकेको थियो म सँग केही उपाय नै बाँकी थिएन,उनको चुच्चो परेको नाक,त्यो नाक र उनको दाजु बहिनी को नाक ले फिक्स उनी त बाहुनकै छोरी हुन् जस्तो भान अझै हुँदैछ र त्यसैमा उनको दाजुले बोल्ने बोली मा प्रयोग भएका वाक्य हरुमा प्रयोग हुने शब्द (आइचन्,खाइचन्,गइचन्,हेरेचौ,देखिचौ) जुन टिप्पीकल बाग्लुँगे शब्द ले उ पनि बाग्लुँगकै स्थानिए हुन् भन्ने कुरामा दुई मत गर्न सकिन।अहिले यी दुईवटा कुरा को अन्दाजले अड्कलाइजेशन विधीबाट फेसबुकमा सर्च गर्दै छुँ, घरि अस्मिता कँडेल टाईप गरेर,घरि अस्मिता सापकोटा,घरि अस्मिता सुवेदी,घरि अस्मिता आचार्य।
यहाँ सम्म कि बाग्लुँग जिल्लामा बाहुल्यता भएको बाहुन थर उनको नामको पछाडी जोडेर सर्च गर्दैछुँ।
अहँ यो आर्टिकल लेखुन्जेल सम्म उनको आकृती देखिरहेको छैन।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here