“What Kind Of Girl You Want To Marry?” Says Dad

0
12434

काठमाण्डौँमा नै कोठा लिएर बस्थेँ म। अस्ट्रेलिया जाने तयारी हुँदै थियो मेरो। भर्खरै फेसबुकको चलन आएको थियो। कहाँबाट हो, ऊ एड भएकी थिइ म संग। ऊ हरेकदिन जसो फेसबुकमा फोटा हालिरहन्थी। फोटा हेर्दाहेर्दै म आकर्षीत भएको थिएँ ऊ तर्फ। एकदिन मैले हिम्मत गरेर “हाइ” लेखेको थिएँ म्यासेजमा। उसले भाउ नखोजी रिप्लाइ गरेकी थिई।

हो! त्यहिदिन देखी हामी नजिक हुन थालेका थियौँ। हाम्रो हरेकदिन जसो म्यासेजमा कुरा हुन्थ्यो। उसले फेसबुकमा राख्ने हरेक फोटामा मेरो लाइक र कमेन्ट पुग्ने गर्थ्यो। ऊ पनि कहिलेकाहिँ मेरा फोटामा “handsome” लेखेर कमेन्ट गरिदिन्थी।

एकदिन मैले भेट्ने प्रस्ताव राखेको थिएँ उसलाइ। उसले पनि सहमती जनाएकी थिइ।

बानेश्वर चोकैमा हाम्रो भेट भएको थियो। त्यहिँ नजिकैको क्याफेमा बसेर हामिले चिया पिएका थियौँ। उसका तस्बिर हेरेरै उसलाइ मन पराउन थालेको म, साँचिक्कै देखेपछी झनै मोहीत भएको थिएँ उसको रुपमा। ऊ भर्खरै सत्र पुगेर अठार लागेकी झैँ देखिन्थी। उसको शरिर फक्रँदै गरेको गुलाफ झैँ सुन्दर देखिन्थ्यो।

“तपाइँ के गर्नु हुन्छ?” उसले सोधेकी थिइ।
“केहि गर्दिन।” म हाँसेको थिएँ।
“साँच्चै सोधेको के। भन्नुन।” ऊ मुस्कुराउँदै बोलेकी थिइ।
“बाहिर जाने तयारी गर्दैछु।”

“कुन देश?” उसले चासो दिएकी थिइ।
“अस्ट्रेलिया।” मैले जवाफ दिएको थिएँ।

“बेस्ट अफ लक।” ऊ सालिन हुँदै बोलेकी थिइ।
“धन्यवाद।” मैले हाँस्दै बोलेको थिएँ।
“मेरो साथिको बोयफ्रेन्ड पनी अस्ति भर्खरै अस्ट्रेलिया गएको छ।” उसले सुनाएकी थिइ।

“होर? बिचरा तिम्रो साथी।” म हाँसेको थिएँ।
“किन बिचरा नि?” उसले झट्टै प्रश्न गरेकी थिइ।
“आफ्नो प्यारो मान्छे आँफु भन्दा धेरै टाढा हुँदा कति दुख लाग्दो हो तिम्रो साथिलाइ।” मैले बोलेको थिएँ।
“लाग्छ त्यसलाइ दुख।” ऊ हांसेकी थिइ।

“किन? लाग्दैन र?”
“त्यसलाइ के दुख लाग्नु! उसलाइ यहाँ अरु माया गर्नेको कमि भाएपो।” ऊ झनै जोडले हाँसेकी थिइ।
“ल! त्यस्तो पनी हुन्छ?” मैले उसलाइ हेर्दै सोधेको थिएँ।
“खै! उसलाइ त भैराख्या छ। आज पनी एउटा संग डेटिङ गएकि छे।” उसले हाँस्दै सुनाएकी थिइ। ऊ संगै म पनी हाँसिदिएको थिएँ।

त्यहिदिन बेलुका मैले फोनमा उसलाइ प्रेम प्रस्ताब राखेको थिएँ।
“कति फास्ट के तपाइँ त!” उसले यस्तो जवाफ दिएकी थिइ।
“मलाइ ढिला गर्नै मन लागेन। मैले समय कुर्दाकुर्दै अरु कसैले ओभरटेक गर्ला कि डर लाग्यो!” म हाँस्दै बोलेको थिएँ।

“गर्दैन कसैले ओभरटेक।” ऊ लजाए झैँ गर्दै बोलेकी थिइ।
“तिम्रो जवाफ के हो भनन त?” मैले सोधेको थिएँ।
“कति हतार गर्नुभएको के तपाइँले त।” उसले हाँस्दै बोलेकी थिइ।
“यस्ता कुरामा जति सक्दो चाँडै निर्णय लिएको राम्रो नी। हैन र?” मैले बोलेको थिएँ।
“अलिकती समय दिनुन त है?” उसले सानो स्वरमा बोलेकी थिइ।

“अँहँ हुन्न। मलाइ त अहिले जवाफ चाहिन्छ।” म हाँस्दै बोलेको थिएँ।
“कस्तो के तपाइँ त।” ऊ पनी म संगै हाँसेकी थिइ।
“मलाइ कुर्नै मन छैन। अहिले जवाफ देउन प्लिज।” मैले कर गरेको थिएँ।

“मलाइ पनि तपाइँ पहिल्यै देखी मन पर्छ।” उसले लजालु स्वरमा बोलेकी थिइ।
“त्यसो भए तिम्रो जवाफ पोजेटिभ हो?”
“हो।” उसले झट्टै बोलेकि थिइ।

हामी प्रेमी प्रेमिका भएका थियौँ। हामिबिच अझै बाक्लो कुराकानी हुन थालेको थियो। ऊ मलाइ हरेक कुरा सुनाउँथी। उसका घरपरिवार देखी उसका साथीका बोयफ्रेन्ड सम्मका सबै कुरा सेयर गर्थी म संग।

“थाहा छ? निरु त प्रत्येक हप्ता उसको बोयफ्रेन्डको कोठामा गएर बस्छे नि।” ऊ सुनाउँथी।

“आफ्नो बोयफ्रेन्डको कोठामा जान्छन् नि त।” म हाँसिदिन्थेँ।
“बोयफ्रेन्ड पनी दुइ दुइ महिना चेन्ज हुन्छन् फेरी उसका।” ऊ हाँस्थी।
“रमाइलो रहेछ त तिम्री साथिलाइ त।” म पनी हाँसिदिन्थेँ।
“रमाइलो त होला नि। एकपटक त अबोर्सन पनी गराइसकी।” ऊ केहि सानो स्वर बनाएर सुनाउँथी।
“ह्या छोड त्यस्ता साथीका कुरा। त्यस्ताको संगत नगरेकै राम्रो।” म दिक्क लाग्दो स्वरमा बोल्थेँ।

“अबुइ! संगत त गर्नै परो नि। सानैदेखिकी साथी हो। घर पनी संगै, होस्टलमा नि संगै।” ऊ हतारिँदै बोल्थी।
“तिमिलाइ नि बिगार्छे होला त्यसले।” म आफ्नो डर सुनाउँथेँ।
“ढुक्क हुनु के। मलाइ कसैले बिगार्न सक्दैन।” ऊ हाँंसिदिन्थी। म पनी संगै हाँसिदिन्थेँ।

“तिमि चाहिँ मेरो कोठा आउँदैनौ?” मैले हाँस्दै सोधेँ।
“किन आउनु नी?” उसले लगत्तै प्रतिप्रश्न गरि।
“आफ्नो मान्छे बस्ने ठाउँ हेर्न मन लाग्दैन त?”
“मन त लाग्छ नी। तर डर लाग्छ।” ऊ हाँसी।
“केको डर नी? खान्छु म तिमिलाइ?” म पनि हाँसिदिएँ।
“के थाहा।” ऊ उस्तै हाँस्दै बोलि।

“भोली आउन त है?” मैले आग्रह गरेँ।
“खै!” ऊ अलमलिए झैँ बोलि।
“के को खै नि? आउन पर्छ जसरी नि।” मैले अडान लिएँ।
“गलत कुराको आश राख्न पाइन्न नि फेरी।” उसले खित्का छोडी।
मैले केहि जवाफ नदिइ संगै हाँसिदिएँ।

भोलिपल्ट बिहानको दस बजे नै ऊ आइ। कोठामा पसेपछी चारैतर्फ नजर घुमाइ। मैले बस्न आग्रह गरेँ। ऊ पलङको छेउमा बसि।
“खाना बाहिरबाट मगाउँछु है?” केहिबेरमा मैले बोलेँ।
“मैले त होस्टलमा नै खाएर आएकी।” उसले मुस्कुराउँदै बोलि।
“किन खाएर आउनु त? झन् आज संगै बसेर खाउँला भनेको त।” मैले मुख बिगारेँ।

“खाना खान बोलाउनु भएको थियो र?” ऊ हाँसी।
“खाना खान त बोलाएको नि। अरु के गर्न बोलाउँथेँ त।” म हाँस्दै उसको नजिक गएँ।
“हिजै भन्न पर्छ नि।” उसले सानो स्वरमा बोलि।
“बिर्सेछु।” म खिस्स हाँसेँ। ऊ केहि नबोली गोजिबाट मोबाइल निकालेर खोल्न थाली।

“तिम्रो बाबा ममिको फोटो देखाउन।” म उसको नजिक सर्दै बोलेँ। उसले मोबाइलको ग्यालरी खोल्न थाली। म फोटो देखिने गरि ऊ संग टाँसिएँ। हाम्रा कुमहरुले एकआपसमा स्पर्श गरे। म अनौठो तरङ्गले तरंगित भएँ। ऊ आफ्ना बा-आमाको फोटो मलाइ देखाउन थाली। मैले उसको कुममा आफ्नो चिउँडो राखेर फोटाहरु हेरेझैँ गर्न थालेँ। ऊ चुपचाप फोटाहरु स्क्रोल गरिरही।

मैले मेरो गालालाइ उसको गालामा जोडाएँ। उसको कोमल अनि न्यानो गालाको स्पर्शले मेरो शरिर भरी काँडा उम्रन थाले। ऊ भने केहिबेर सम्म केहि महसुस नै नगरे झैँ लगातार फोटाहरु स्क्रोल गरिरही।

केहिबेर पछि अचानक उसको टाउको मोडियो। एकैपटक उसका ओठहरु मेरा ओठमा खप्टिए। मैले हतारिएर उसलाइ च्याप्प पकडेँ अनि आफ्नो छातिमा तानेँ। उसले लगातार मलाइ चुम्बन गरिरही।

पलभरमा नै हामी दुबैजना निर्वस्त्र भएका थियौँ। उसको नाङ्गो शरिर माथी मेरो शरिर खप्टिएको थियो। उसका दुबै हातहरुले मलाइ जोडले कसेका थिए।

केहि समयमा नै म सिथिल भएर पलङमा पल्टिएको थिएँ। उसले आफ्नो शरिर ब्लान्केटले छोप्दै सानो स्वरमा बोलेकी थिइ “निरुको जस्तै भयो भने?”

“कस्तो निरुको जस्तो?” मैले सोधेको थिएँ।
“अबोर्सन गरेकी निरुले एकपटक। मैले भनेकी थिएँ त।” उसले मलाइ हेर्दै बोलेकी थिइ।
“त्यस्तो हुन्न। अहिले औसधी खान पर्छ।” मैले उसलाइ आफ्नो नजिक तान्दै बोलेको थिएँ।
ऊ केहि नबोली मेरो छातिमा टाँसिएकी थिइ।

त्यसपछि पनी ऊ धेरपल्ट मेरो कोठामा आइ। पछिपछि त उसलाइ बोलाउनै पर्दैन थियो। ऊ आँफै आउँथी। ऊ आउने बित्तिकै हामी सुरु भैहाल्थ्यौँ। हामीलाइ एकअर्काको बानी भएको थियो।

यसरि नै दिन, हप्ता अनि महिना बित्यो। म अस्ट्रेलिया गएँ। सुरुवाती दिनमा मैले उसलाइ धेरै समय दिन सकिन। ऊ सुरुसुरुमा म्यासेज गरिरहन्थी। म फुर्सदमा उत्तर दिने गर्थेँ।
बिस्तारै उसका म्यासेज पातलिँदै गए। केहिपछी उसले म्यासेज गर्नै बन्द गरि। मैले गरेका म्यासेजको पनी उत्तर फर्काउन छोडी।

एकदिन मैले च्याटमा सोधेँ “अचेल किन म्यासेज गर्नै छोड्यौ?”
“त्यतिकै।” उसले छोटो उत्तर दिइ।
“याद आउन छोड्यो मेरो?”
“आएर के गर्नु?” उसले लेखी।
“अर्कै बोयफ्रेन्ड बनायौ कि क्याहो निरुको जस्तै?” मैले ठाडै सोधिदिएँ।

“अँ हो बनाएकी छु। भयो अब?” उसले नापिएको रिप्लाइ गरि।
“ल बधाइ छ उसोभए।” मैले यत्ती लेखेँ।
उसले कुनै उत्तर दिइन। केहिबेरमा मलाइ ब्लक नै गरिदिइ।

उसले ब्लक गर्दा पनी मलाइ खासै दुख लागेन। सम्झिएँ “सायद हामी बिच प्रेम नै थिएन। मात्र शारीरिक स्वार्थ थियो, अनि त्यसलाइ पुरा गर्न एक अर्काको आवस्यकता।”

चार बर्ष बित्यो। ऊ संग कहिल्यै कुनै सम्पर्क भएन। मलाइ खासै उसको याद पनी आएन।
माघमा घर जाँदै थिएँ। बा’ले यहि पटक बिहे गर्न पर्ने सर्त राख्नु भएको थियो। उहाँले एउटि केटिको सुन्दर फोटो पनी पठाउनु भएको थियो।

“यो केटि तेरा लागी ठिक छे। पढेकी पनी छे। यसै संग बिहे गर्नपर्छ।” बाले भन्नु भएको थियो।
“आएर हेरर नै निर्णय गरुंला नि।” मैले जवाफ दिएको थिएँ।
“हेर्न त हेर्लास् नै। तर यतिका केटि अरु पाउँदैनन्। छोड्न हुन्न।” बा’ले अडिक हुँदै बोल्नु भएको थियो।
“तपाइँले हेरेको राम्रै होलानी।” मैले यत्ति बोलेको थिएँ।

म घर गएको पर्सीपल्ट नै बा र मामाले मलाइ केटिको घरमा लिएर जानु भएको थियो। उसको घर इटहरी पुग्न हामिलाइ दुइ घन्टा लागेको थियो गाडिमा।
लाज अनि उत्सुकताले भरिएको म चुपचाप सोफामा बसेको थिएँ। केटिका बा-आमा मेरो अगाडी बसेर टुलुटुलु मलाइ हेरिरहेथे। म उनिहरु संग नजर नजुधोस् भनेर यताउता आँखा घुमाइ रहन्थेँ।

केहिबेरमा नै चिया लिएर निर्मला आइ। उहि निर्मला जसको तस्बिर बा’ले मलाइ पठाउनु भएको थियो। जसलाइ हेर्नकै लागी हामी त्यहाँ पुगेको थियौँ।

ऊ तस्बिरमा देखिएकी भन्दा अझै राम्री थिइ। उसको अनुहार देखेर नै मेरो मुटु ढक्क फुलेको थियो। मनमनै सोचेको थिएँ “मेरा बा’ले मेरा लागी नराम्री केटि त किन हेर्नुहुन्थ्यो।”
मलाइ मेरा बा देखी गर्व महसुस भएको थियो।
उसले चिया दिइ। मैले पकड्दै अलिकती मुस्कुराएँ। जवाफमा ऊ पनि अलिकती मुस्कुराएकी थिइ।

मेरा बा र मामा उसका बा संग कुरा गर्दै हुनुहुन्थ्यो। म भने टुलुटुलु अगाडीको सोफामा बसेकि उसलाइ हेरिरहेँथें। उसले लजाए झैँ भुइँ तिर नजर झुकाएकी थिइ।

“निरु! ए निरु!” ढोका बाहिरबाट स्त्री आवाज आयो। अगाडि बसिरहेकी ऊ जुरुक्क उठेर ढोका तिर लागी। मैले पनि ढोकै तिर नजर घुमाएँ।
ढोकाबाट एउटि केटि भित्र प्रबेश गरि। मैले उसको अनुहार नियालेँ। त्यो अनुहार परिचित थियो। म झस्किएँ। मेरो अनुहार कालो भयो। मुटु चस्स चस्कियो। त्यो केटी अरु कोहि नभएर संगिता थिइ। उहि संगिता जो संग मेरो पुरानो कहानि थियो।
मैले हतारिएर उसको नजरबाट मेरो अनुहार लुकाएँ। मेरा खुट्टा लगलग काम्न थाले। मुटुको गति तेज बढेर आयो। दिमागमा अनेक कुरा खेल्न थाले।

“निर्मला! जसलाइ म हेर्न आएको थिएँ। ऊ त्यही संगिताकी साथी निरु थिइ। जसको बारेमा ऊ मलाइ सुनाइ रहन्थी।” मलाइ यो कुरा पत्ता लगाउन कति पनी समय लागेको थिएन।
म यो थाहा पाएर छाँगाबाट खसे झैँ भएको थिएँ। मेरो अनुहार सातो गए झैँ कालो भएको थियो।

निरुका बा-आमा त्यहाँबाट उठेर भित्र पस्ने बित्तिकै मलाइ हेरेर बा’ले सोध्नु भएको थियो “कस्ती लागी त केटि? मन पर्यो नि होलानी?”
मैले हडबडाउँदै बोलेको थिएँ “मन परेन बा! नगर्ने बिहे यो संग त।”

बा’ले रिसाएर मलाइ हेर्दै बोल्नु भएको थियो “हैन के भन्छ यो? तँलाई कस्ती चाहिँ चाहिने यहाँ भन्दा?”
म संग बा’लाइ दिने कुनै जवाफ थिएन। मैले चुपचाप घोसे मुन्टो लगाएको थिएँ।

समाप्त!!

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here