गल्ती

0
940
Delete

मोबाइलको घण्टी टिङ्टिङ बज्यो , निन्द्रा खुल्यो , घडी हेरेँ रातको दुई बजेको थियो । मनमनै सोचेँ कसले गर्यो यतिराती अनि यति राती गर्नुको कारण के , एक्कासि मनमा अनेक कुराहरु खेले , निन्द्रामा आँखा तिर्मिराएका थिए । मोबाइल उठाँए , स्र्कृनमा हेरेँ फोन निर्भाना को थियो ।

अन्जन ! एकदम कामेको थियो उसको स्वर
, भने के भो निर्भाना
केही भएको छैन
किन आत्तिएकि उ हतार हतार बोल्न थाली
केही भएको छैन ,भोलि जसरी नि भेट है ! please भनेर फोन राखिदिइ , उसको फोन आएपछि बिग्रेको आधाउधी निन्द्रा नि उसको कुरा सुने पछि सक्कियो । म निदाउनै सकिन घडी हेरेँ 3 बज्यो ,4 बज्यो , घडी हेरिँ रहेँ । लाग्थ्यो घडिको सुइपनि निदाएका छन , मेरो यो कुरामा बेखबर छन त्यसैले कुनै प्रतिक्रिया जनाएका छैनन । बिहान 10:30 बजे तिर खाना नखाइ हतार हतारमा लागे बाइक टिपेर । लायन्स चोक पुगेपछि फोन गरेँ उ हाइवेमा निक्ली अनि केही नबोलिकन मेरो बाइकको पछाडी आएर बसि , म केही बोल्न नसक्ने स्थितिमा थिएँ। उसको अनुहारमा कुनै मेक-अप पनि थिएन । उसको अनुहारमा कुनै भावभङ्गी थिएन जो मैले पहिला पहिला भेट्दा देखेको हुन्थेँ। उसले केही नबोले पछि सोधेँ कता जानी हो निर्भाना
उसले भनी शिवघाट लैजाउ आज अन्तिम दिन हो । म झस्किएँ उसले के भन्न खोजेकी थिइ । अनि हतार हतार भने के भनेकी निर्भाना यस्तो कुरा नगर है म सङ्गँ म आत्तिए , तर म आत्तिनु भन्दा बढि आत्तिएका थिए उसका अनुहार , कापेका थिए उसका ओठ , अनि बाइक चलाएर लागेँ उसले भनेकै ठाउँ तिर अरुबेला बोलिरहनी उ आज एक शब्द पनि बोलेकी थिइन एकदम शान्त थिइ , रातको समुन्द्र जस्तै । उ एकदम उदास देखिन्थिइ , उसको त्यस किसिमको ब्यवहारले गर्दा म एकदम बिक्षिप्त थिएँ । बाटोमा बाइक रोकेँ । उ त्यहिँ बसि अनि म एउटा पसलमा गएर चुरोट मागेर सल्काएँ , अरु बेला चुरोटको कुरा गर्दा पनि रिसाउने उ आज उसैको आँखा अगाडि उसको प्रेमिले खाँदा किन प्रतिबाद गर्दिन किन गरिन । मैले चुरोट सङ्गैँ एउटा भोला मुखमा हालेर आएँ बाइक चलाएँ भोला छुन पनि घिन मान्नी उ किन केही बोल्दिन किन मौन छ , मैले बाइक चलाएँ उसलाइ शिबघाट लिएर गएँ । त्यँहा करिव 2 घन्टा जति बस्यौँ उ केही बोलेकी थिइन । मैले बारबार सोधेँ तर उ निरन्तर निरुत्तर नै रहि म थाकेँ अनि अलि पर गएर उ जस्तै शान्त भै बगेको नारायणिमा स-साना ढुङ्गा हानेर बसे । म पर गए पछि उ नजिकै आइ मलाइ उठाइ, अनि किस गरि , एकदम फिक्का थियो त्यो उसको ओठको स्पर्श , मलाइ कुनै उत्साहित बनाउन सफल भएका थिए । उसले केही बेर पछि आफ्नो Hand- bag बाट केही निकाली र्याप गरिएको थियो । मेरो हातमा आइपुगे पछि म सिवोर भएँ त्यो gretting card थियो भन्ने कुरामा । अनि हात पसार्दै भनी यो भोलि मात्र खोल है प्रमिस!!

लेखक प्रबेश बर्तौला

उसलाइ प्रमिस गरे खोल्दिन भनेर, त्यस पछि हामी घर फर्कियौँ । उसलाइ जहाँ बाट लगेको थिएँ त्यही छोडेर म आफू घर तिर लागेँ , घर आएपछि त्यो Gift खोल्न मन लाग्यो तर सम्झिए उ सङ्गँ गरेको बाचा अनि नखोली टेबुलमाथी राखेँ , राती फेसबुक खोलेँ फेसबुकमा उ थिइन , viber खोलेँ उ त्यहाँ पनि थिइन । उ कुनै पनि social media मा उपलब्ध थिइन । फोने गरेँ मोबाइल switch-Off गरेकी थिइ , खाना नखाइ सुतेँ । भोलि पल्ट बिहान फोन आयो नयाँ नम्बर बाट उठाएँ । उता बाट सोधियो , तपाईं अन्जन बराल जि हो ??
हो !!! किन र ???
तपाइँले निर्भानालाई चिन्नु हुन्छ ??

सोधेँ किन र के भो , मुटुको धड्कन तेज भयो उताबाट जवाफ आयो म जिल्ला प्रहरी कार्यलयको तर्फबाट s.s.p . निरान्जन खतिवडा बोलेको !!तपाइँको साथी निर्भाना रहिन यो सन्सारमा , तपाईं सङ्ग राम्रो सम्बन्ध रहेछ निर्भाना जि को ,तपाईं सङ्ग केही कुरा गर्नुछ एकपटक प्रहरी कार्यलय आइदिनु हुन्थ्यो कि ,हात खुट्टा फतक्क गले म भरिएर आयो त्यहाँ रुने माहोल थिएन । म थचक्क बसें अनि साथिलाइ फोन गरेँ उ आयो अनि लागेँ उसको घर तर्फ ,घर भरी मान्छे थिए सबै जना रोइरहेका थिए। मेरो आगमन त्यहाँ खासै महत्त्वको थिएन । उसको अनुहार हेरेँ भिड्लाइ छिचोल्दै मैले र मेरो साथी सुप्रिमले
अनि उसलाइ अबिर र माला पहिराएँ आँखा बाट आशुँका ढिक्का खसे तछाड मछाड गर्दै । उसको अन्त्यस्टी गर्ने कार्यमा म पनि सामेल भएँ । प्रहरिले खासै केही सोधेन सोध्नु पनि के म त एउटा उसको प्रेमी मात्र थिए। उसको सिङ्गो परिवारलाई थाहा नभएको कुरा मलाइ के थाहा होस । न उसले मलाइ केही सेयर गरेकी थिइ । बिगतका दिनहरुमा हाम्रो भेट्घाट पनि पातल्लिएको थियो त्यसै बिचमा भएको थियो यो सबै म आफैँ समालिनसक्नुको थिएँ । मलाइ सुपृमले घर ल्याओ । मैले उसलाइ घर जा भनेको थिएँ तर उ जति गर्दा पनि गएन उ मसङ्गै बस्यो अझ म सङ्गै सुत्यो । म सुत्न भन्दा अगाडि मेरा आखाँ टेबुलमा परे मन झसङ्गँ भयो । उसले दिएको त्यो GiFt देखाएँ सुपृमलाइ अनि सुपृमले र मैले खोल्यौँ मैले उसको हात बाट त्यो gretting card जस्तो कागज खोलेँ त्यहाँ ठुलो अक्षरमा लेखिएको थियो सुसाइड नोट ….

झसङ्ग भएँ , मेरो हातबाट हतपत सुप्रिमले तान्यो र हेर्यो अनि भन्यो के हो यो कहिले दिएकी निर्भानाले यो ?? म केही बोल्न सकिन एकाएक घाँटिमा केही अड्के जस्तो भो ,टाउको मा केही गह्रौँ चिजले थिचे जस्तो भो अनि भने पढ्न के छ ।
प्रिय ! तिमिलाइ याद छ कि नाइ सुरुदिन एक्लै हिडिरहेका थियौ तिमी , तिमिलाइ बोलाए किन बोलाए थाहा भएन त्यही चिनजान बिस्तारै साथित्वमा बद्लियो , तिमी सङ्ग घनिष्ठता भयो , आत्मियता भयो , त्यतिकै मा तिमिले मलाइ purpose गरेका थियौ । मैले नि मन पराएको थियो सुइकारे , मान्छे राम्रै थियौ, हसाउँथ्यौ , मलाई केयर गर्थ्यौ , आखिर गल्ती मेरै थियो ,तिमिलाइ प्रेम गर्नु , अन्जन तिमिलाइ भनेकै थिएँ , घरमा हाम्रो सम्बन्धलाई लिएर कुरा हरु भैरहेका थिए । मेरो परिवार चाहान्थ्यो मेरो बिहे एउटा NRN केटा सङ्ग होस , तर म अरु सङ्ग बिहे त के तिमी बाहेकको जीवन कल्पना नि गर्न सक्दिन , तिमिलाइ नभनेको पनि होइन , तिम्रो परिवार बिदेश जान त के पासपोर्ट समेत नबनाउने परिवार हो । तिमिलाइ हास्दैँ भनेको थिए मलाइ भगाउ भनेर तर तिमी रिसाएर झर्कियौ किन झर्कियौ जान्दिन , यति मात्र थाहा थियो तिमिलाइ प्रेम गर्थे । तिमिलाइ भनेको हो माग्न आउ तर आएनौ , तिम्रो परिवार जस्तो शिक्षित परिवारको एउटा सन्तान तिमी कसरी अशिक्षित भयौ किन खोज्यौ उमेरको हदबन्दी किन खोज्यौ सुख सुबिधा के प्रेम भन्दा ठूलो भौतिक सुख सुबिधा हो ???
यति पढ्ने बेला सम्म मेरा आँखाहरु भरिएर पोखिएका थिए । म सुँक्क सुंक्क गरेको सुने पछि ममि पनि पस्नु भो मेरो कोठामा , सुपृमले पढिरहयो, यदि प्रेम भन्दा ठूलो सुख सुबिधा भौतिक सुखलाइ मान्छौ भने सधैं सुख होस तिमिलाइ , अन्जन वास्तवमा तिम्रा सपनाहरु सङ्ग म समर्थ थिइन हौँ पनि किन , तिम्रा ती योजनाहरु सफल त हुन्थे तर त्यति बेला सम्म म तिम्रो होइन अरु कसैको भैसकेकि हुन्थे , घरमा मेरो बिहे करिब करिब फिक्स भैसकेको थियो , म तिमी बाहेक अरुको नबनने कसम खाइसकेको थिए । यस्तो अवस्थामा एउटा नारिले के गर्न सक्थिइ यो मृत्यु वरण बाहेक जे जाने त्यै गरे । मलाइ थाहा छ तिमी खुसी हुन्नौ , तिमिले पनि बाचा गरेको थियौ अरुको हुन्न भनेर मलाइ थाहा थियो तिमिले ढिलो चाँडो मलाइनै बिहे गर्छौ भनेर तर त्यस्तो रहेन म परिवार प्रेमको युद्धमा युद्द भुमिको बिचमा परे , यत्रो संघर्ष गरेर हुर्काइ बढाइ गरेका मेरा परिवार प्रती कसरी लात हान्न सक्थेँ र हुन त मैले परिवारलाई लात हानेकै हो र तिमिलाइ पनि मैले मेरो परिवार लाई कन्भिन्स गराउन सक्नु पर्थ्यो तर राजनितिमा अब्बल मेरा बाउ के मान्थे र बाबालाइ मनाउन भन्दा बरु म आफैले निर्णय गरे मलाइ लाग्छ यो युद्धमा मैले बिचमा बसेर मध्यस्थताको काम गर्नु पर्थ्यो सकिन sorry !! अन्जन मैले जे गरे त्यो राम्रो गरिन अरुको नजरमा तर मैले जे गरे राम्रो गरे आफ्नो लागि ??


म नरहे पनि तिमी सङ्ग एउटा कुरा माग्छु पूरा गर है ??
सधैँ मुस्कुराउ, मेरो परिवारको अगाडि आफू कमजोर भएको कुरा नदेखाउनु , बिहे चाहिँ गर है बिहे गर्यौ भने मात्र मेरो आत्मले चिर शान्ती प्राप्त गर्छ । उहीँ निर्भाना
यति पढिसके पछि ममिले पनि गाली गर्नु भो तलाँइ भनेकै थिए यो समाजलाइ नहेर मैले तँलाइ support गरेकै थिएँ तर त आफैँ पछि हटिस न कसैको कुरा नै सुनिस ममिले पनि मेरै गल्ती देखाउनु भो म ओछ्यानमा बङ्लङ्ग पल्टिएँ । जे हो मैले निर्भानाले जस्तो गर्न सकिन उसको आत्मलाइ चिर शान्ती दिलाउन सकिन बाँच्न त बाँचेतर जिएर होइन पिएर बाचेँ र तब सम्म बाँचिरहन्छु जब सम्म मेरा liver र lungs ले मलाइ साथ दिने छन । ….

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here