Election Getting Viral On Facebook And YouTube

0
597

“फेसबुकमा भोट, गोजीमा नोट”

“यनी हाउ मलाई जिताउ” सँगसङै “यनी हाउ उहालाई जिताऔ” भन्दै चुनावको मुखमा कसैबाट सुनियो भने पक्कै पनि त्यो नौलो हुनेछैन । मलाई जिताउनुस मात्रै होइन अझ मलाई यसकारणले जिताउनुस भने भनेपनी अचम्म मान्नुपर्ने छैन । आम नागरिक अचम्म त त्यहानेर पर्छन जतिबेला एउटै काम मैले फत्ते गरेको भनेर धेरै जसो उमेद्वारले सुनाउछन । उनिहरुको दिमाखमा “यनी हाउ भोट फुत्काउ” भन्ने मात्र रहेको देखिन्छ । प्रत्येक चुनावको मुखमा राजनैतीक दलहरु फुट्नु, जोडीनु हिजो आज सामान्य जस्तो नै भईसक्यो । अवसरको खेती गर्दै जतातिर फाइेदा हुन्छ त्यतै तिर ढल्कनु पनि नौलो रहेन अब । केही बर्ष यता मौलाएको “नयाँ” शब्दले पनि यतिबेला राम्रै बजार पाइेरहेको छ । नयाँ समाजबाद, नयाँ क्रान्ति, नयाँ शक्ती, नयाँ जनलहर, नयाँ योजना अनी नयाँ मान्छेहरु आदी मिलाउदै नयाँ आयाम थप्ने हो भन्नेहरुको पनि जमातले ती पुरानाहरुलाई पनि कता कता आफ्ना पुरानै अडानलाई “नयाँ अडान” भन्न कर लागेको देखिन्छ । यहाँनेर निर्वाचनका प्रकार परिवर्तन भएपनी निर्वाचनको शैली लगभग उस्तै उस्तै देखिन्छ तर उमेद्वारको प्रचार शैलीमा बने व्यापक परिवर्तन देखिएको छ । प्रत्यक्ष मतदातालाई भेट्ने, मनाउने अभियान त छदै छ अर्कोतिर पछील्लो समयमा सामाजिक सन्जालको प्रयोग गरी आक्रामक प्रचारको “मेथड”लाई खुबै प्रयोगमा ल्याइएको छ । चुवाबको मिती घोषणा भएदेखी नै आफ्नो प्रचारमा ईन्टरनेटका माध्यमको प्रयोग निकै भईरहेको देखियो ।

फेसबुक ट्वीटर लगाएतका सन्जालहरुमा “म राम्रो” “ऊ नराम्रो” भन्ने सुत्रले निकै स्थान पायो, पाइेरहेको पनि छ । उमेद्वार सिफारिस देखिनै सामाजिक सन्जालमा जित सुनिस्चित भन्नेहरु कतीले टिकट नै पाउन सकेनन तर टिकटको अन्तिमा लडाईंसम्म पनि सामाजिक सन्जालमा देखिएको आफ्नो दावेदारी देख्न लायककै थियो । हुनत: प्रविधिमा सहज पहुँच र इन्टरनेट सेवाको विस्तारले पछिल्लो समयमा सामाजिक सञ्जाल निकै लोकप्रिय बनेको छ । युवकयुवतीमात्र होइन बालबालिका र प्रौढ अवस्थाकालाई पनि सामाजिक सञ्जालले दरो मोहनी लाइेरहेको छ । पछील्लो आकडालाई हेर्ने हो भने नेपालमा मात्रै करिव ८२ लाख फेसबुक प्रयोगकर्ता छन् । त्यसभित्र पनि १८ देखि २४ वर्ष उमेर समूहको संख्या सबैभन्दा धेरै रहेको बताइेन्छ । परिवर्तनका सम्वाहक मानिने युवाहरुलाई प्रयोग गर्ने यो भन्दा गतिलो माध्यम अन्य नहुन पनि सक्छ । उम्मेदवारहरु मतदातासँग भोट माग्न टोलटोल र घरदैलोमा छरिएका छन् । आफ्ना गुलिया एजेण्डा सुनाउँदै चुनाव चिह्न सम्झाउँदैमा उनीहरुलाई फुर्सद छैन । चुनावको रौनकले यता सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई पनि कम छोएको छैन । राजनीतिक दल र तिनका उम्मेदवारहरु विगत र अबको सम्भावना केलाउँदै म ठीक र ऊ बेठीक भन्दै धेरै उत्रिएका छन् । धेरैले धेरैथरी कुरा सुनाइरहँदा र सुझाइरहँदा सामाजिक सञ्जालका कतिपय मतदाता कसलाई भोट हाल्ने भनेर अन्योलमा पनि देखिन्छन । नेपालको स्थानीय तह निर्वाचनलाई सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले प्राथमिकता दिएको पनि थियो । फेसबुकले नेपाली प्रयोगकर्ताका लागि नयाँ फिचर राखेको थियो । स्थानीय तहको निर्वाचन हुँदै गर्दा फेसबुकका प्रयोगकर्ताले आफ्नो फेसबुक वालको माथि ‘नजिकैको बुथमा गएर भोट गर्नुहोस’ र ‘मतदान केन्द्र खोज्नु होस्’ भन्ने सन्देश दिएको थियो । यस्तै निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचारप्रसार नगर्न सामाजिक सञ्चाल फेसबुक, ट्वीटर, भाइबर र एसएमएस लगायतमा आचारसंहिता लगाए पनि प्रयोगकर्ताले घुमाउरो तरिकाले फेसबुक पोस्टमा चुनावी प्रचार गर्न भ्याए । केही अनलाइन सञ्चारमाध्यमहरूले आफ्नो आधिकारिक फेसबुक पेजहरूमा पनि तपार्इँले केमा भोट हाल्नुभयो ? भनेर लाइभ अभिमत सङ्कलन गरेको देखियो । साथै निर्वाचनको दिनमै पनि सामाजिक सञ्जालमा भोट हाल्दै गरेका फोटो, भिडियो अत्यधिक रूपमा फेसबुक, ट्वीटर लगायतमा पोस्ट सेयर र लाइक भएका थिए । सबैभन्दा बढी युवा जमात स्थानीय निर्वाचनमा उत्साहित भएको देखियो । राजनीतिक दलका शीर्ष नेताहरू पनि मतदान गरिसकेपछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा फोटो सेयर गरेको पाइएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने सहपाठी साथीहरू, जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए: एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमकालाई साथमा लिएर फेसबुकको स्थापना गरेका थिए । वेबसाइट सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहेपनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविद्यालयमा पनि फैलाईएको थियो ।

फेसबुकमा झन्डै पचास करोड जनाले एकाउन्ट् खोलिसकेका छन । नेपालको सन्द्रर्भमा खाश गरेर चुवानी माहोलमा फेसबुकबाट नै कतिपयले पार्टी अथवा उमेद्वारको सच्चा भक्त मै हुँ भन्ने देखाउनका लागी अनेकन उपायहरु प्रस्तुत गरिरहेका छन । उसलाई आफ्नो भोट् लिस्टमा नाम छ कि छैन ? आफ्नो क्षेत्रको उमेद्वार को हो ? भनेर पनि थाहा छ कि छैन तरपनी भोट उहालाई भन्न कुनै दुविधा हुँदैन । अझै “जित सुनिश्तिच” भन्ने शब्दबाट मतदातालाई फर्काउन नसकेपनी आफ्ना नेताको प्यारो बन्न चाँही सजिलो नै हुन्छ । सामाजिक सन्जालमा आउने देखिने सबै सत्य हुन्छन भन्ने हुँदैन, त्यो सस्तो लोकप्रीयताका लागि छोटो बाटो मात्रै हुन पनि सक्छ । तर यहाँ बुझ्नुपर्ने अर्को कुरा पनि छ । मतदाताहरु सबै फेसबुक चलाऊने मात्रा हुँदैनन मतगणना हुँदा फेसबुकमा खाता भएकाहरु र नभएकाहरु सबैको एकैपटक भोट गनिन्छ अनी नतिजा सुनाउदा फेसबुक खाता भएका अनी खाता नभएकाहरु भनेर छुट्याइेने पनि गरिदैन । फेरिपनी नयाँ उदयमान सक्तिहरुका लागि भने फेसबुक गतिलो माध्यम बनेको छ । उनिहरुले सन्जालमा समय बिताउने समुहहरुको दिमाखमा राम्रैसँग आफ्नो प्रभाब जमाउन सक्छ्न । नेताहरुले फेसबुकमार्फत नै मतदातालाई सम्बोधन गरेको पनि देखियो । कमै मात्र राजनीतिक दलका वेबसाइट र सामाजिक सञ्जालमा खाता अपडेट हुने गरेकोमा चुनावी माहोलसँगै अपडेटले तिव्रता पाउन थाल्छन । चुनावलाई लक्षित गर्दै राजनीतिक दलले फेसबुक पेजको लाइक बढाउन थाल्छन भने चुनावी गीत युट्युबमा सेयर भईरहेका हुन्छन ।
खेल जस्तो भएपनी फेसबुकमा व्यापक प्रचार गर्ने, जित सुनिच्तीत भन्ने नतिजा उल्टो हुने यो बिधिसँग चाँही जोगिनु जरुरी छ । फेसबुकमै भोट् मागेको भरमा गोजिमा नोट भरियो भने दिर्घकालमा पुन: यही क्रमले व्यापकता पाउने छ अनी विकास गर्छु साच्चिकै परिवर्तन ल्याउछौ भन्ने नेताहरुले पनि केही गर्न नसक्ने अवथ्या आउन सक्छ ।

नवराज बस्याल
तानसेन नगरपालिका– ०१, पाल्पा

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here