Bhauju ko katha

0
10029

Disclaimer : Please don’t go out of your way to or hate on anyone, this is to entertain people and I usually focus on joking about what the people are doing not the individual themselves, please don’t go spreading hate it’s all for laughs

भाग १ : दुध र रोटी

“भाउजू एउटा चुरोट दिनुस् त।” पसलमा पुग्ने बित्तिकै मैले बोलिहालेँ। भाउजुले अचम्मित भएर मलाइ हेर्दै बोलिन् “अरे बाबू। कहिले आउनु भयो काठमान्डौँबाट?”

पसल अगाडिको कुर्सिमा बस्दै मैले बोलेँ “आज बिहान मात्र आइ पुग्दैछु भाउजू। अनि आराम हुनुहुन्छ नि ?”
भाउजुले एउटा चुरोटको खिल्ली र लाइटर मलाइ दिँदै भनिन् “अँ आराम छ त। अनि बाबु यो पटक बिहे गरेर जाने होलानी ?”
मैले चुरोट पकडेर हाँस्दै बोलेँ “हैट भाउजू अहिले नै कहाँ त्यस्तो झन्झट भिर्नु। अझै दुइचार बर्ष चाहिँ रमाइलो गरेर नै बस्ने हो।”
भाउजू पनि हाँस्दै बोलिन् “बिहे गरेपछी झन् रमाइलो नि। जवानिमा एक्लै बसेर नि रमाइलो हुन्छ त कतै?”
मैले चुरोटको धुवाँ फुक्दै जिस्किएँ “अनि बिहे गरेपछी चाहिँ कसरी रमाइलो हुन्छ त भाउजू झन् ?”
भाउजू झन् खित्का छोडेर हाँस्दै बोलिन् “रमाइलो त हुन्छ नि। यस्तो जाडोमा तातो चिया अनि खाजा बनाएर खुवाउने बुढी भएसी रमाइलो हुंदैन त?”

भाउजुको अनुहारमा पुलुक्क हेरेँ अनि उसै गरि बोलेँ “नाथे चिया नै खानु त के रमाइलो कुरा भयो र भाउजू?”
भाउजुले झट्टै प्रश्न गरि हालिन् “अनि जाडोमा चिया नखाएर के खाँदा रमाइलो हुन्छ त?”
मैले हाँस्दै टेडो उत्तर फर्काएँ “मलाइ त चिया भन्दा दूध नै मन पर्छ हौ भाउजू। अझ यो जाडोमा दूध र रोटि खान पाएत गज्जब नै हुन्छ।”
भाउजू पसल नै थर्किने गरि हाँस्दै बोलिन् “त्यही भएर त खुवाउने मान्छे ल्याउन पर्यो भनेको त अनि।”
मैले चुरोटको ठुटो भुइंमा फ्याकेर खुट्टाले टेक्दै बोलेँ “तर भाउजू, रोटि त घरमा अघाउन्जेल खाएको भन्दा छरछिमेकले दिएर कहिलेकाहिँ अलिकती खाएको नै स्वादिलो हुन्छ क्या।”

भाउजुको हाँसो रोकिएन। खित्का छोड्दै बोली हालिन् “बजार तिर किनेर नि त खाने गर्या होलानी ?”
भाउजु संग नजर मिलाएर नै जवाफ दिएँ “घरमा नभेटेसी,, छरछिमेकिले नबोलाएसी कहिलेकाही किनेर नि खान पर्यो नि त भाउजू।”
भाउजुले पहिले भन्दा हाँसो नियन्त्रण गर्दै बोलिन् “किनेर खाए जस्तो त नहोला तर साह्रै खान मन लाग्यो भने यता आएनी हुन्छ नि कहिलेकाहिँ।”

म हडबडाएँ। कुर्सीबाट उठ्दै अकमकिएको बोलिमा भनेँ “दाइलाइ नै पुग्दैन होला। मलाइ कहिले खुवाउनु होला र तपाइँले?”
भाउजुले निच्च दाँत देखाउदै बोलिन् “दाजुलाई मन पर्दैन बाबू रोटि, कहिलेकाही दियो भने नि यसो अलिकती जुठो मात्रै लगाएर छोड्छन्।”
म हाँस्दै उठेर हिँडेँ। भाउजुले पछाडीबाट कराइन् “साह्रै खान मन लागेको भए भोलि आउनुस् केरे बाबू। ….. अँ अनि आउदा झोला ल्याउन चाहिँ नभुल्नु है?”

म हाँस्दै पछाडी फर्किएर बोलेँ “झोला किननी ??”
भाउजुले लजाए झैँ हांस्दै सिर झुकाइन् अनि बोलिन् “रोटि हालेर लग्ने झोला क्या। घरमा पनि लिएर जानू भनेर नि।”
म झनै जोडले हाँस्दै बोलेँ “रोटि हाल्ने कि रोटिमा हाल्ने?”
भाउजूले फेरि खित्का छोडिन्। म मुस्कुराउँदै अगाडि बढेँ।

भाग २ : उही भाउजु

बर्षात रोकिने बित्तिकै पसलमा पुगेँ। भाउजुले मन्द मुस्कुराउँदै स्वागत गरिन्। म छेउको कुर्सिमा बसेँ अनि चुरोट मगाएँ।
“अचेल त आउनै छोड्नु भयो त बाबू?” भाउजुले चुरोट र सलाई थमाउँदै बोलिन्।
“बर्खा लागेको छ भाउजू। अब रोपाइँ गर्ने बेला भयो। खनजोत गर्नु पर्यो नि त।” मैले हाँस्दै जवाफ फर्काएँ।
उनले पत्याइनन् सायद। मलाइ हेरेर हाँस्दै बोलिन् “कुन खेत खनजोत गर्नुहुन्छ हौ बाबू? धान रोप्ने खेतमा त साह्रै काम गर्नुहुन्छ जस्तो लाग्दैन त।”
“जता भेट्यो त्यतै गर्छु नि भाउजू। बरु तपाईँको नि खनजोत गर्न भए लगाउनुस् क्यारे खेताला।” मैले पनि कर्के नजरले उनलाइ हेर्दै हाँसेर बोलेँ।
“आफ्नो त खेत नि त्यै सानो आँठो मात्रै छ बाबू। त्यति नि कुनैदिन दाजुलाई जाँगर चल्छ र जोति दिन्छन् कि भन्ने आश गर्यो बस्यो!” यति बोलेर भाउजू ओठ टोक्दै मुस्कुराइन्।
“दाइले गरेनन् भने मलाइ लगाउनु नि त भाउजू। फुर्सद नै छु क्यारे म पनि।” चुरोटको धुवाँ अनि मेरो हाँसो एकैसाथ उड्यो आकाशमा।

“गर्नत के गर्थे बाबू तिनले। एक महिना अघि देखि चुनाब लाग्या छ तिनलाइ। अस्ति सम्म दिनरात झण्डा ठड्याएर हिँड्थे। आजभोली पनि बजार तिर मात्र कुद्छन् किन हो कुन्नी!” उनको अनुहार बिग्रीयो।
“हेर बिजोग! दाइले झण्डा बाहेक अरु केही नठड्याउने, अनि भाउजुको खेत भने बाँझैँ।” मैले जिस्काइदिएँ। भाउजू खित्का छोडेर हाँसिन्। उनको हातमा रहेको चाबिको झुत्तो भुइँमा झर्यो। भाउजू चाबी टिप्न निहुरिइन्। उनको कपडाको गलाको भागबाट ती पोटिला दानाहरुले बाहिर चिहाए। मेरा नजर त्यहिँ गाडिए। हट्न मानेनन्। भाउजुले पत्तो पाइन्। कर्के नजरले मलाइ हेरिन् अनि लज्जा मिश्रीत मुस्कान छर्दै माथी उठिन्। मैले नजर झुकाएँ।
“अनि भाउजू खेताला लगाउने पक्का भयो हैन त मलाइ?” मैले उनलाइ नहेरि बोलेँ।
“हाजिरा त तिर्न पर्दैन नि?” उनी खितिती हाँसिन्।
“पर्दैन भाउजू। मीठो खाजा खुवाए भैहाल्छ।”
“के खुवाउनु नि मीठो खाजा चाहिँ?”

“पहिले नै भनेको थिएँ त भाउजू। मलाइ दूध र रोटि मन पर्छ भनेर।” म फेरि हाँसिदिएँ। उनी पनि म संगै हाँसिन्।
“ल त भाउजु! अहिले चाहिँ म लागेँ। भरेभोली समय मिलाएर तपाइँको काम गर्दिउँला।” मैले कुर्सिबाट उठ्दै बोलेँ। भाउजुले उस्तै लजालु हाँसो हाँसिन्। म केही अगाडि बढेपछि उनले पछाडिबाट हाँस्दै बोलिन् “आउँदा ‘रेनकोट’ ल्याउनुनी फेरि! झरिको मौसम छ।”
मलाई पनि हाँसो लाग्यो। पछाडी फर्केर नहेरी हाँस्दै बोलेँ “हुन्छ भाउजू। बरु तपाइँ पनि झारजंगल गोडेर राख्नुहोला।”
पछाडी उनको मधुरो हाँसो सुनियो। म मुस्कुराउँदै फटाफट अगाडि बढिरहेँ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here