जिन्दगीको तिन चौथाई समय त प्राय साथीहरु संग बिताएका हुन्छौं । जीवनको यो लामो यात्रामा हजारौं साथीहरु भेटिन्छन् कोहि यात्रा अवधीका मात्र साथी हुन्छन् त कोहि जिन्दगीभरीको लागी प्रिय हुन्छन् । हरेकमा आफ्नै किसिमको भिन्न भिन्न चरीत्र अनि बानी हुन्छ कोहि असल भेटिन्छन् त कोहि खराब , यहि असल खराब बिच आज हामी तपाईंलाई नचाहेर पनि जिन्दगीमा भेटिने ७ प्रकारका चुतिया/कमिना साथीहरूलाई परिचय गराउछौँ ।
१. महा-चुइयाँहरु
यिनिहरुले अन्तिम पटक कहिले चै पैसा निकाले भनेर सोच्न थालियो भने, आधा जिन्दगी यतिकै सम्झिन खोज्दा खोज्दै बित्छ । बरु श्राद्ध गर्ने बाहुनले टपरीमा अलि अलि चामल, एक दुई पैसो भेटी छोडेरै जान्छन् तर यस्ता चुइयाँ साथीहरुले पाए भने त त्यो टपरीको भेटी समेत छोड्दैनन । आफ्नो बरु कुहाएरै फाल्दिन्छन, अर्काको भनेसी गु मा झरेको छ भनेनी पखालेर राख्छन्। यिनिहरु संगै बसेर खानु पर्छ, पैसा निकाल्ने बेला भएसी मुन्टो यता उता बटारेर नसुनेझै गर्न थाल्छन् अनि अरु साथीले पैसा माग्नु भन्दा पहिलै, पुरै तनावमा भएझैं, घरबाट बाउले पैसा नपठाएर तनाव भको, साथीलाई २-३ महिना अगाडि दिएको सापट पैसा फिर्ता नपाएको, हिजो रातभर दाईहरु संग तासमा पैसा हारेर कंगाल भएको, आदि इत्यादि कहानी देवदासको थोप्डा पारेर सुनाउन थाल्छन् । यिनिहरु संग पैसा नहुने हैन टन्नै हुन्छ तर अरु साथीले सुँघ्न नि पाउदैनन् तर यदि कुनै दिन कसैलाई खुवाए भने, १० रुपैयाँको खुवाएर १००० जनासंग हजारौं दिन सम्म १००० रुपैयाँको खुवाएको कहानी सुनाउदै हिड्छन । तर यस्ता चुइयाँहरुलाई चै केटिहरुले नै ठिक पार्छन् , केटिहरुबाट चै नराम्ररी धुतिन्छन यिनिहरु ।
२. स्त्रीलम्पट / बोकाहरु
केटि भनेसी हुरुक्कै हुने, यिनिहरुलाई राम्री पनि चाहिदैन बस लामो कपाल देखेसी पुग्छ । केटिहरुको ममलामा चै आफुलाई कृष्ण नै सम्झिन्छन तर यिनिहरुको थोप्डा हेर्न थालेसी ऋषि घमला नि ह्यान्डसम लाग्न थाल्छ । Attitude त माकसम राजेश दाईको भन्दा नि कडा देखाउछन तर औकात चै प्रियंका दिदिको mango भाईको जस्तो हुन्छ। फेरि यिनिहरुको गफ यस्तो हुन्छ कि मिस नेपाललाई नै अघि पछि लगाउछु झै गर्छन् तर औकात भने तिर्सना बुढाथोकी, ज्योति मगर category का नि भेटाउदैनन । केटि देखेसी कुकुरले हड्डी देख्दा र्याल चुहाएझै र्याल चुहाउन थाल्छन् । यिनिहरु पनि महाचुईयाँ हुन्छन् तर अक्सर केटिहरुबाटै नराम्ररी लुटिन्छन। यिनिहरुको प्राय दिन स्त्री जातको पछि लाग्दैमा बित्छ र रात घरको खाट अनि हात संग बित्छ। बिहे नहुने हो भने कसम यिनिहरु भर्जिन नै मर्छन ।
३. चोरहरु
चोर्ने यिनिहरुको पेसा होइन प्यासन हो, पैसा यिनिहरुको तार्गेट होइन, तार्गेट अलि फरक खाल्को हुन्छ। स्कुलमा सानै देखी यिनिहरु यो काममा माहिर हुन्थ्यो। पेनको कभर देखी सार्पनर रबर सम्म केहि पनि छोड्दैनन। क्लासमा साथीहरूको पेन, पेन्सिल, किताब, कापी, खाजा इत्यादी चोरेर क्लासलाई हैरानै पारेका हुन्छन्। घरमा त यिनिहरुको सानो तिनो स्टेसनरी नै भैसकेको हुन्छ, बर्षौ देखीका थरीथरीका कलेक्सन हुन्छ यिनिहरु संग। ठुलो भैसकेसी यिनिहरुको चोर्ने स्टाईल अलि फरक हुन्छ, साथीहरूलाई थाहा दिएरै चोर्छन। साथीहरूको पाइन्ट, सर्ट, टि-सर्ट, जुत्ता देखी अन्य समानहरु सोधेरै लिएर हिड्छन र ति समानहरु ज्यानजाला फिर्ता हुँदैन। यिनिहरुले जिन्दगीको आधा जसो needs चै साथीहरूको चोरेरै पुर्याउछन्। यस्ता साथीहरू बिहे नगरुन्जेल सम्म मात्रै ठिक हुन्छ, बिहे गरिसकेसी यिनिहरुबाट टाडै बसेको राम्रो।
४. नारदमुनिहरु
यस्ता नारदमुनिहरु केटिहरुको ग्याङमा मात्र होइन केटाहरूको ग्याङमा प्रसस्तै भेटिन्छ। यिनिहरुको पेटमा एउटै कुरा नि धेरैबेर सम्म बस्दैन , light को velocity भन्दा छिटो यिनिहरुले यताको कुरा उता पुर्याइसकेका हुन्छन्। हग्या पाद्या देखी सबै कुरा ओसारपसार पार्न बाकी राख्दैनन्। यिनिहरुलाई आफ्नो भन्दा बढी अरु कै चासो हुन्छ, कस्ले के भन्छ के बोल्छ कान ठाडो पारेर बसेका हुन्छन् अनि “क” को कुरालाई “ज्ञ” बनाएर अन्त पुर्याइसक्छन। कहिले काहीं साथीहरू बिच झगडाको मुख्य कारण यिनिहरु नै हुन्छन् । चाहेर पनि यस्ता साथीहरूबाट टाढा बस्न सकिन्न।
५. घुसघुसेहरु
घुसघुसे साथीहरू slow poison भन्दा नि खतरा हुन्छन्। यिनिहरु बाहिरबाट चिल्लो तर भित्र भित्र चै खिया परेका हुन्छन्। तपाईलाई पत्तै हुन्न कति बेला तपाईंलाई खियाईदिन्छन भनेर। यिनिहरु एकदम कप्टी अनि स्वार्थी स्वभावका हुन्छन् । यिनिहरुको मनमा के छ, कसैले पत्तो पाउन सक्दैनन्। बाहिर एक शब्द नबोली भित्र भित्रै कमिनापनको महाकाब्य नै रचिसकेका हुन्छन् । एउटै बैगुणले पनि, यिनिहरुले हजार गुण बिर्सिदिन्छन। मित्रता यिनिहरुको लागी कन्डम जस्तै हो, काम लागुन्जेल use गर्छन्, काम सकेसी फाल्दिन्छन । यस्ता साथीहरू संग मित्रता धेरै बेर टिक्दैन, सकभर यिनिहरु धेरै करिब नहुनुनै उत्तम हुन्छ।
६. अक्कडोहरु
यिनिहरु फेरि हर्रो भन्दा नि टर्रो हुन्छन्। जे कुरामा नि आफुले भनेकै हुनुपर्ने, सहि होस या गलत आफुले जित्नैपर्ने। १० जना साथीहरु मध्य ९ जनाले नगरकोट घुम्न जाने भन्दा उ एकजनाले हैन धुलिखेल जाने भनेसी धुलिखेल नै जानु पर्छ नत्र बटार्यिएर हिड्दिन्छन। ज्यानजाला अरुको कुरा सुन्दैनन, उस्ले भनेसी मान्नै पर्छ। यिनिहरु अरुको त कुरै नसुन्ने नबुझ्ने खाल्का महाघमण्डी हुन्छन्। यिनिहरुको अनुसार बाकी साथीहरूले चल्नुपर्ने हुन्छ र साथी कै नाताले गर्दा मात्र यिनिहरु संग धेरै कुरामा compromise गर्नु पर्ने हुन्छ। एकचोटि मात्रै यिनिहरुले भनेको कुरा मानेन वा पुरा गरेन भने जिन्दगीभर तपाईं साथी हो भनेर बिर्सिदिन्छन। यस्ता मान्छेहरु प्राय सबैबाट एक्लिदै जान्छन् र आफ्नो बानीले गर्दा अन्तिममा एक्लिन्छन।
७. पातकीहरु
धेरैलाई पातकीको अर्थ थाहा नभए पनि १-२ जना साथीको अनुहार सम्झिएसी यो शब्द अर्थ पुर्ण भैहाल्छ। कमिनाको त राजा हुन्छन् यिनिहरु, तर घुसघुसे र अक्कडोहरु जस्तो हानिकारक चै हुदैनन्। यिनिहरुले तपाईलाई जुनसुकै हद सम्म नि चुतिया बनाईदिन्छ, जहाँ नि लगेर फसाईदिन्छन तर तपाईंलाई हानी पुर्याउने नियतले होइन, रमाइलो गर्नको लागी । साथीहरु मध्य तपाईलाई सबै भन्दा बेसि दु:ख दिने, सताउने, चुतिया बनाइदिने, जहाँ नि फसाईदिने यिनिहरु नै हुन्छन् र सबै भन्दा बढी माया गर्ने पनि यिनिहरु नै हुन्छन्। यिनिहरुले तपाईं प्रतीको आफ्नो माया दु:ख दिएरै देखाउछन्। यिनिहरु साथीको लागी ज्यानदिन पनि तयार हुन्छन्। सबै भन्दा असल साथीहरू यस्ता साथीहरूले प्राय जिन्दगीभर तपाईंसंग मित्रताको हात समाईरहन्छन।
यदि तपाई संग नि यि सातै category का साथीहरु छन् भने तल comment मा tag गर्नु होला।
मन परेमा like अनि share गर्न नभुल्नु होला ।