Accident – Durghatana | Story By Gaurav Mishra

0
1420

दुर्घटना
लेखक : गौरव मिश्र
एक दिन मेरो फोनमा अन्जान number बाट missed call आयो तर मैले वास्ता गरिन । फेरी तेही number बाट बारमबार missed call आएपछी मैले फोन गरे ………………….फोन उठ्यो आवाज केटीको आयो अनी मैले सोधे hello किन एती धेरै missed call गरेको भनेर उसले भनी
“तपाईलाई disturb गर्न”


हास्दै फोन काटी मेरो मनमा खुलदुली मचियो अनि उसलाई म्यासेज गरे उसले एकदम छिटो reply गरी अनी कुरा अघी बढ्न थाल्यो उसको घर झापा रहेछ उसलाई सोधे मेरो number कसरी पाएउ भनेर उसले साथी संग बाट लिएको भनी एसै गरी हामी दिन दिनै कुरा गर्न थाल्यौ उसले आफ्नो बारेमा सबै कुरा भन्न थाली मैले पनि सबै कुराहरू भन्न थाले बिस्तारै हामी एक अर्काको भावना बुझ्ने भयौ ।

सायद एक अर्कालाइ मन पनी पराउथेउ तर प्रेम प्रस्ताब दुबैले गर्न सकेको थिएनौ यसै क्रममा एकदिन मैले उसलाई आफ्नो मनको कुरा भन्नको लागी भेट्न भनेर भने उसले हुन्छ भनी र भेट्नको लागी दमक बोलाईन मैले खुशी हुँदै हुन्छ भनेर भोलि पल्ट बिहानै नास्ता गरेर लखनपुर बाट दमक तिर लागे म निकै आतुर भएर स्पिडमा बाईक चलाको थिए दोभान पुगे झन मन आतियो उसलाई भेट्ने खुशीमा जति जति नजिक जादै थिए उति उति मलाइ excited बढ्दै गयो … र म मंगलबारे पुगे अनि उसलाइ फोन गरेर सोधे उसले भनी म १घन्टा अघी आएर बसेकी छु एति सुन्ने बितिकै म आतिदै फुल स्पिडमा उ भयको ठाँउ मा पुग्न लागे दमक पुग्न १km थियो एसै बिचमा मेरो फोन बझ्यो फोन के निकाल्न लागेको थिए । अचानक एउटा भ्यान मा ठोकिन पुगेछु ठोकिएर म छेउको ठुलो ढुङगा मा परेछु। एक छिनमै त्यहा मान्छेहरु जम्मा भएछन । उनले यो खबर सुन्ने बितिकै दौडिदै म भको नजिक पुगेर मलाई हेरिन । उनि म भएको छेउमा गएर हेरिन तर उनले मलाई छुन सकिनन। किनकि म थुप्रै मान्छेहरुले घेरिएको थिए ।

त्यसपछि छेउ छाउका मानिसहरुले मलाई अस्पताल लगेछन । १० दिनको अस्पताल बसाईपछी मलाई धेरै सुधार भए जस्तो भयो अनि मलाई डाक्टर ले मलाई #discharge दिने बन्दबस्त गर्दिये तर चोट ठुलो भएकालेे १ महिना सम्म आराम गर्नु पर्छ भने । मलाई १ महिना कैले बित्छ र उनलाइ भेट्नु जस्तो भयेको थियो तर मैले डाक्टर ले भने बमोजिम नै १ महिना सम्म अराम गर्ने जमर्को गरे र म अस्पतालबाट घर फर्के । येसरी दिनहरु बित्दै थियो ।

उनलाई मैले धेरै फोन गर्न प्रयास गारेको थिए तर अपसोच दुर्घटनामा मेरो मोबाईल फुटेको थियो र मलाई उनको मोबाईल पनि नम्बर मुखमा कन्ठ थिएन । म दिन दिनै पानी बिनाको माछा जस्तै छटपटाइ रहेको थिए । उनको याद मा पागल मात्र हुन बाकी थियो । तर एक दिन अनुसा यानिकी उनको सबैभन्दा मिल्ने साथि लाइ फोन गरे र उनको सबै हालखबर सोधे र अनुसा भनिन “तिम्रो दुर्घटना भएदेखी उ कोहि संग पनि बोल्दिन खालि एककोरि रहन्न्छे । अनुसाले येसो भन्दा मेरो अँखाबाट आँसु बग्न थाल्यो मुटु पनि टुक्राटुक्रा भए जस्तो भयो र मैले अनुसा लाइ एक चोटि उनीसंग भेटाइदिन भने र उनले हुन्छ भनिन र फोन राखिन ।।

अनुसाले भेटाइदिन्छु त भनिन तर मेरो मन धेरै डराइ रहेको थियो ।फेरि अनुसा लाइ फोन गर्न मन लागो र फोन गरे तर उनले त्यतिबेला फोन उठाइनन । मलाई धेरै तनाव भैसकेको थियो र नजिकैको भट्टीमा गएर १ बोत्तल रक्सी मागे र रक्सी पियेर म घर तिर को बाटो लागे । साझ परिसकेको थियो फेरि अनुसा लाइ फोने लगाए उनले फोन उठाइन अनि मैले सोधे “प्रियन्का लाई भेटेउ ?” उनले भनिन “प्रियन्का अस्पतालमा छिन रे ” मलाई झन मनमा आगो बले जस्तो भयो, शरीर काम्न थाल्यो अनि फेरि प्रस्न गरे “के भयेको रे उनलाइ ” अनुसा ले भनिन देप्रेसन रे ” अब त झन पागल सरह भए म । फेरि प्रस्न गरे कुन अस्पतालमा छिन उनी ” अनुसाले भनिन “दमक को आम्दा अस्पतालमा रे ” यति भनि सके पछी मलाई आतुर भयो प्रियन्का लाई भेट्न र सबै कुरा भन्न लाई र भोलिपल्टनै अस्पतालमा गए र बिरामी को लिस्ट हेर्न लाई मागे उनको नाम सुरुमानै भेटियो तर बिडम्बना उनलाइ १ दिन अगाडी नै काठमाडौंको kmc अस्पतालमा लगिएको रहेछ ।

अनि म निराश हुँदै घर फर्के । तर हरेक दिन हरेक पल म उनको यादमा जलिरहेको थिए । मनभरी पिडाले गर्दा म दिनदिनै रक्सी पिउन थालेको थिए । १ दिन अचानक एउटा नयाँ नम्बरबाट फोन आयो र मैले फोन उठाए प्रियन्काको फोन रछ मन अलिकती भए नि हलुका भए जस्तो भयो । अनि मैले उनलाई सोधे “कस्तो छ अहिले तिमीलाइ ” उनले भनिन “अहिले अलिक ठिक भये जस्तो भको छ ” अनि मैले फेरि उनलाइ सोधे “कहाँ छौ नि अहिले ? ” उनले भनिन “म kmc अस्पतालमा छु ” र उनले प्रस्न गरिन “भेट्न औउदैनौ ?” मैले आज बेलुका गाडि चढ्छु भने र उनले हुन्छ भनिन । त्यो दिनको बेलुकाको गाडीमा जानको लागि ticket काट्नको लागी म दमक गए संयोगले एउटा ticket खालि रहेछ । मेरो ticket बेलुका ४ बजेको भयो ।

त्सपछि म खुसी हुँदै घरतिर लागे र घर पुगेपछि म आफ्नो सबै समान तयार गर्न थाले र बेलुका ३:३० बजे तिर म लखनपुर चोकमा गाडीको पर्खाइमा बसे र ४ बजे तिर गाडी आयो र म गाडीमा चढे १२ घन्टाको अन्तराल पछि म काठमाडौं स्थित बालाजु बसपार्क पुगे र म सरासर kmc अस्पतालको बाटो लागे । kmc अस्पताल पुग्नसाथ मैले प्रियन्काको नम्बर मा फोन गरे र उन्ले बहिनीलाइ पठाइदिन्छु भनिन र करिब ५ मिनेट को अन्तराल पछि मैले उनकि बहिनी लाई भेटे र उन्ले मलाई प्रियन्का को bed सम्म पुर्याइदिन । प्रियन्काले मलाई देख्नसाथ अङालोमा कसिन ।

अँखामा टिल्पिल आसु अडिएका थियेनन हामी दुबै मा सुक्क सुक्क अवाज आइ रहेको थियो हामी माझ अनि केहीबेर मौन रहेउ हामी र मैले प्रियन्का लाई बाहिर जाने अनुरोध गरे उनले पनि हुन्छ को इसारा दिइन तर बोल्न भने सकिनन र हामी सिनामंगलको बाटो हुदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सम्म पुगेउ । बास्तबमा यो भेट्नै हाम्रो पहिलो भयेको हुनाले हामीमा आवाज उत्पती हुन गाह्रो भयेको थियो मनमा अनेकौं कुराहरू खेली रहेका थिए तर उन्को स्वास्थमा अझ समस्या आउँछ भनेर चुपचाप बसे। केही बेर सम्म हामी बिमानस्थल सम्म बसेर हामी गौसाला को बाटो हुँदै KMC अस्पताल पुगेउ । उन्लाइ bed सम्म पुर्याएर डाक्टर लाई उन्को स्वास्थको अवस्थाको बारे मा बुझ्न् मन लाग्यो र उन्लाइ बस्दै गर भनेर म मानसिक रोग बिसेसज्ञ डाक्टर समक्ष पुगे र एक जना त्यहीँका कर्मचारी दाइ लाई डाक्टर को उपस्थित हुने समय सोधे डाक्टर आउन १ घन्टा बाकी रहेछ र म डाक्टरको पर्खाइमा बसे “गौरव गौरव ” मलाइ कसैले बोलाइरहेको थियो र म पछाडी फर्केर हेर्दा मेरो बच्पन देखिको साथी सुमन रहेछ उ नै त्यहा को मानसिक रोग बिसेसज्ञ डाक्टर रहेछ र मैले प्रियन्काको स्वास्थको बारे मा सबै बताउन भने उस्ले पनि फाएल पल्टाएर “पहिला भन्दा धेरै सुधार भयेको छ अब ५ दिन पछि घर फर्किन मिल्छ तर १ महिना पछि फेरि जाच्न आउनु पर्छ भन्यो र मैले हुन्छ भन्दै म उ बाट छुट्टीएर प्रियन्काको Bed तिर लागे उन्लाइ मैले उनको स्वास्थको अवस्था सबै सुनाए र मैले पनि उन्को बुबासङ कुरा गरे र हामी ५ दिन पछि झापा जाने निधो गरेउ ।
बाकी अर्को भागमा ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here