A Mother’s Letter | Real Story

म तपाईहरुलाइ एउटा बास्तबिकता सुनाउन्छु,
३५०० रुपैयाको मोल जीवनमा के हुन्छ भनेर !!
हामी मध्ये धेरै जसोले यो ३५०० रुपैया एकैदिनमा खर्च गर्छौ
तर कति पयले पुरा महिना कामगरेर पनि तेती कमाउन सक्दैनन्
म पनि तेही मध्येको एक थिएँ !!
केहि दिन मात्र भाको थियो म गाउँबाट शहर आको
नयाँ जागिर पाको थिए तर मेरो दुर्भाग्य भनु,
एक महिना काम गरे पछी
बिचमै मलाई जन्डिस भयो र यहि कारणले मेरो जागिर पनि
मेरो हातबाट छुट्यो !!
सार्है टेन्सन भयो र यो टेन्सनबाट मुक्ति पाउनको लागि
कतै एक्लै जान मन लाग्यो
पोखरी भए नजिकै गए र आफ्नो भाग्यलाई कोस्दै थिएँ..

डाक्टरले मलाई चुरोट खान बन्चित गरेको थियो
तर पनि आफ्नो एक्लोपनलाई भगाउन म खल्तीमा भएको चुरोट निकाली तेही चुरोटको सहारा लिरहेको थिएँ..
भगवानलाई सराप्दै थिएँ , ” मेरै भाग्यमा एती धेरै खोट किन ?”
कहिले काहीं हामिले जिन्दगिमा केहि plan बनाऊछौँ ,
तर कहिले काहीं जिन्दगिले हाम्रो लागि plan बनाउने रहेछ..
अँध्यारो कोठालाई कसरि झन् अध्यारो बनाउने
यो जिन्दगिले सोच्ने रहेछ सायद !!
भोकले निस्लोट बनाएको थियो र side को एउटा ठेलामा मकै पोलिराको देखे तेही खान्छु भनेर जान लागेको थिए एकजना मान्छे संग म ठोकिन पुगे
त्यो ठोक्काईको impact को २ सेकेन्ड समय मलाई बिर्सिन टाइम लागेन
मकै मागे अनि पैसा तिर्छु भनेको त पर्स नै गायब छ..
त्यो २ सेकेन्डको ठोक्काईको impact बल्ल मलाई realize भयो
म तेही पोखरी भएतिर दुगुर्दै गए,
तर अफसोच के चोरी गरि भागेको चोरलाई भेट्न सकिन्छ त?

३५०० रुपैया, मेरो पुरा एक माहिनाको तलब
जुन मैले भर्खर मात्र ATM बाट निकालेको थिएँ
मेरो आमालाई पठाउँन
र त्यो पर्समा एउटा चिट्ठी पनि थियो जुन मैले मेरो आमालाई लेखेको थिएँ
सोच्दै थिएँ कि मान्छेहरु कति अजिब हुन्छन्,
येसरी अर्काको समान कति मजाले चोरी लग्छन्
तर यो बुझ्दैनन् कि कसैको भाग्यमा कति दुख लेखेको छ र कुनै चिज पैसा भन्दा पनि किम्ती हुन्छ भनेर
हालत खराब थियो मेरो, बिमार, कम्जोर र सिथिल भाको थिएँ र त्यो चोरलाई सम्झी सम्झी भगवानलाई धिक्कार्दै थिएँ ..
पर्स त गयो तर त्यहाँ भाको आमाले पठाउने चिट्ठी पनि रहेन
केहि दिन पछी मेरो हातमा एउटा चिठी आयो जुन मेरी आमाले गाउँबाट पठाएकी रहेछिन् !!
सुरुमा त सोचे सायद केहि अरु पैसा पठाउ भन्नको लागि होला भनेर
तर चिट्ठी पढेपछि म shocked भएँ

किनकि चिठीमा लेखिएको थियो
“बाबु, तिमीले पठाको ५००० रुपैया मैले पाएँ,
सामान्य बिमार थिएँ उपचार गरें र बचेको पैसाले दाल चामल किने,
आफ्नो ख्याल राख ल बाबु…
धेरै माया र आशिर्बाद, तिम्रो आमा”
तेस्को लगतै अर्को एउटा चिठी मेरो हात लाग्यो र त्यो चिठी पढेर म झन् shocked भएँ..
लेखियेको थियो
“तिम्रो ३५०० र मैले तेस्मा १५०० थपेर ५००० रुपैया तिम्रो आमालाई पठाइदेको छु,
चिन्ता नगर किनकि आमा त सबैको एक जस्तै हुन्छिन् नि ..
उनि बिचारा किन भोकै बस्ने ? उहि तिम्रो पर्स चोर ”
Moral: मान्छे चाहे जस्तो सुकै होस..चाहे जति सुकै नराम्रो काम नै किन नगरोस तर आमाको लागि सबैको feelings समान हुन्छ सायद उनीहरुलाई आमाको महत्व धेरै थाहा हुन्छ जो आमाबाट टाडा छन् …
जस्तो म !!

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here