A Heart Touching Story Written By A Brother To His Sister

0
6828

A Heart Touching Story Written By A Brother To His Sister |

Written by Krishna Paudel

” दिदी तँ मेरो दिदी हैनस ”
आमा हास्दै भन्नुहुन्थ्यो ,” त भर्खरै जन्मेको मात्र थिइस मैले तलाइ काखमा लिदा उ रिसाएर अर्को कुनामा डल्लो परेर बस्थी ” । परिवारकी माहिली सन्तान थिइ मेरी दिदी तर रिसाउन र झगडा गर्न सबैभन्दा जेठी । उ अब झगडा गर्न पाउन्नथी किनकी अब उ कान्छीबाट माहिली भइसकेकी थिइ र सानै भएपनी उसलाई कान्छोको भन्दा अलिकति धेरै जिम्मेवारी थपिएको थियो ।

घरको आयस्रोत एकदमै कमजोर थियो तैपनी दुखसुख गरेरै भएपनि हामीलाई बोर्डिङ हाल्नु भएको थियो आमाबुवाले । एकदिन एल.के.जीमा पढ्दा मैले मेरो पेन्सिल हराए, टिफिन टाइममा खुसुक्क उसको कक्षाभित्र पसेर उसलाइ रुदै भने ,” गङ्गे मेरो पेन्सिल फेरि हरायो ” । दुई कक्षामा पढ्ने भएपनी उ मेरी दिदी थिइ त्यसैले घरको अवस्था थोरै भएपनी उ बुझ्थी ।पेन्सिल नलगे भाइले कुटाइ खान्छ उसले बुझीसकेकि थिइ । एकछिन पछी उसले आफ्नो हातको पेन्सिल मलाइ दिइ अनि भनी ,” यो पेन्सिल त राख अनि यो चाही नहरा है ” । मैले अरु केही नसोची त्यो पेन्सिल लगे । साझमा उसको हातमा बुवाले किनेको भन्दा फरक पेन्सिल थियो , सायद उसले पनि साथिको चोरिछे । सानै भएपनि उ एकदमै व्यवहारीक थिइ । छिनमै रोइहाल्ने अनि फकाउदा हासी हाल्ने बानीले नै होला म सधै उसलाई रुहाउथे । घरमा बराबर बाडेर दिएको भागपनि उसको म अलिकती खाइदिन्थे , एकछिन झगडा गरेर रिसाएपनी केही छिनमै मेरा सारा कपडा धोइदिन्थी । बुवाले आजपनी भन्नुहुन्छ ,” यो त्यति फोहोरी भएपनी यसलाइ गङ्गाले कहिल्यै फोहोर बनाएर बोर्डिङ पठाइन , त भाग्यमानी होस बाबू ” ।

हरेक बर्ष भाइटीकाको दिन उपहारका लागि तिमिहरुलाइ के ल्याइदिम भनेर उ सोध्थी। दशैमा जम्मा भएको सानो पैसाले पनि उ हामीलाइ ठूलो उपहार दिन चाहन्थी । हामी दाजुभाइ जिस्काउथ्यौ ,” ओए यसपाली पनि त्यही टोपी न दे है ” । उ मुसुक्क हासेर भन्थी , ” चुप बुवाले थोरै पैसा थपिदिए टी-सर्ट ल्याइदिन्छु नत्र टोपी दिने पैसा पनि छैन अहिले ” । हामी टीका लगाउथ्यौ उपहार लिन्थ्यौ थोरै भएको पैसा दिएर अरु बाँकी भयो भन्दै हाँस्थ्यौ। ” यसपाली त झन लगानी पनि उठेन ” भन्दै उ पनि हास्थी ।

आज म सँग उसलाइ लगानी उठ्ने जति दिनसक्ने पैसा त छ तर उ मसङ्ग छैने । उ अहिले Australia मा छे । तिहारको दिन फोन गरेकी थिइ -” त गएदेखी घरमा सारा कुरा खल्लो भएको छ दिदी , हुँदा सस्तो नहुदा कस्तो कस्तो, अब माइत कहिले आउछेस ? ” खोइ भाइ भन्दै उसले आँखाबाट आँसु झारी । शुभ साहितमा Video Call मा गरेकि दिदिलाइ किन यस्तो भने भनेर सारै आत्मग्लानी पनि भयो । ल बाबू मैले यहि बाट टीका लगाइदिए छिमेकी साधना बहिनीको हातबाट भएपनी टीका लगा है , खाली निधार नराखेस ” भन्दै उसको बोली बन्द भयो। उसको आँसु देख्न नसकेर मैले फोन काटे ।

बुझ्दै छु दिदी त्यो बेला तैले पेन्सिल चोरेकी थिइनस , मेरो मन अनि बुवाको हातको पिटाइ चोरेकी रैछस , मैले रुवाएर फकाउदा भाइले घरको गाली नखाओस भनेर हासे झै गरेकी रैछस । म आज एकदमै सफा कपडा लगाएपनि तैले चिटिक्क बनाएर स्कुल पठाए झै सफा हुन सकिन। दिदी त मेरो सधै साथीभन्दा पनि माथि भइस त्यसैले मैले कहिल्यै तलाइ ‘ तपाईं ‘ भन्न सकीन । कुनै साथीले साथीलाइ तपाईं भनेको सुनेकी छेस ?

मिल्ने भए अर्को जुनि पाउँदा सम्मका विभिन्न प्राणीका जुनीमा पनि म तेरै भाइ भएर जन्मन पाउ अनि अर्को जुनीमा तैले नै दिएको पेन्सिलले लेखेर सङ्गै हात समाएर स्कुल जान पाउ। म जस्तो भाइ सबै दिदिले पाउलान तर त जस्तो दिदी कसैले कहिल्यै पाउने छैनन ।

त्यसैले दिदी त मेरी दिदी हैनस , मेरी भगवान होस अनि प्रेरणाको स्रोत होस ”

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here