टाढाको बस्ती
भाग – १ (एक)
आज म साह्रै थकित छु सायद धेरै कामले गर्दा पनि होला । आज बेलुकी मैले खाना पनि खाईनँ । मलाई एउटा कुराले निकै नै चिन्तित बनाएको थियो । सायद त्यो कुरा आफ्नै मनलाई सोध्ने कोसिस गरिरहेँ तर सम्झिनँ सकिरहेको थिईनँ। त्यसैले एकछिन आरामको लागि भनेर यी दुई नयनहरू बन्द गर्छु । र त्यसैबेला म एउटा बाटोमा हिँडीरहेको हुन्छु कि एकजना बटुवा जस्तै । बाटो पनि गोरेटो जस्तै थियो । मलाई यो बाटो कहाँ पुग्छ भनेर पनि थाहा थिएन । म जुन ठाउँमा जाँदै थिएँ। त्यो मेरो लागि बिल्कुलै नौलो थियो । मैले बाटोमा हिँड्ने प्रत्येक मान्छेलाई सोधिपनि सकेँ कि यो बाटो कहाँ पुग्छ भनेर । तर कसैले पनि मेरो प्रश्नको जवाफ नै दिएनन् । मलिन अनुहार लिँदै फेरि आफ्नो गन्तव्य यात्रा अघि बढाईरहेँ । अलि पर पुगेपछि एकजना बूढो मान्छे भेटियो । त्यो बाजे यति दयालु , सहयोगी , ईमान्दार पनि थियो । मैले उहाँको नजिकै गएर सोधेँ -“बाजे, यो बाटो कहाँ पुग्छ होला ? म एउटा बस्तीमा जानू लागेको तर गलत बाटो आएछु कि जस्तो लागेर सोधेको । ” यति भनेर बाजेलाई विरानो प्रश्न गरेँ । तर त्यस बाजेको बोली नै तोत्ले पो रहेछ । के भन्यो के भन्यो । बाजेले मेरो प्रश्नको जवाफ दिन्छ -“बाफु, हुमममम् म ट धेलै बुलो मान्थे । लाम्लली बोल्नली तक्तिनँ । टैपनि टिमी यो बातो गयौ भलेँ एउता गाँमा पुग्नेथौ ।” यति भन्दै त्यो मबाजे माथि कता पो उक्लियो । म फेरि बाजेलाई बोलाउँछु -“ए बाजे । बाजे । कता जान लाग्नुभएको ? बाजे मेरो कुरा त सुन्नुहोस्। ह्यात्तेरी बाजे त ।” म फेरि त्यहाँबाट बेर गर्नुहुन्न भनेर सरासर हिँडिहाँले ।
अलिकति पर पुगेपछि एउटा गाउँ देखिन थाल्यो । हर्ष र खुशीले मन पनि चरी जस्तै उड्न थाल्यो तर त्यो म पुग्न खोजेको ठाउँ होईन । म त्यो गाउँमा कतै नभुली पुगिहाल्छु । त्यो गाउँमा पुग्न मलाई कुनै कष्ट नै भएन । तर त्यहाँ पुग्नासाथ म अचम्ममा परेँ । त्यो गाउँमा बास पाइन्छ कि भनेर बास मागेँ तर कसैले नि बास नै दिएन । मैले मनमनै सोचेँ -“सायद यहाँ त सहरीय मान्छेलाई बास नै नदिदो रहेछ । ” म फेरि सरासर आफ्नो यात्रा सुरु गरेँ ।अलि पर पुगेपछि एउटा खोला भेटाएँ । मैले त्यही खोलाको पानी धित मरुञ्जेलसम्म पिएँ । त्यसैबखत् एकजना युवक त्यहीँ आइपुग्यो । मैले सोधिहालेँ -” सुन्नुस् न । यो बाटो कहाँसम्म पुग्छ होला ? ” अनि त्यो युवकले भन्यो -“तिमी यो बाटो गयौ भने एउटा गाउँमा पुग्न सक्छौ । तर बिचमा एउटा घना जङ्गल पनि छ । अनि त्यो जङ्गलको बिचमा एउटा थोत्रो घर पनि छ । तर त्यो घरमा को बस्छ ? कसैलाई नि थाहा छैन । न त त्यहाँ जाने हिम्मत नै गरेको छ । बरु छिटो गईहाल , साँझ परिसक्यो ।” यति भन्दै त्यो युवक हिँडिहाल्यो । म पनि के कम जसरी भएपनि आफ्नो गन्तव्य यात्रा पूरा गर्नेछु भन्दै आफ्नो बाटो लागेँ । हिँड्दै जाँदा बिचमा एउटा घना जङ्गल पनि आयो । झमक्कै साँझ नि परिसकेको थियो । त्यसैले झोलाबाट टर्च लाईट झिकेर यताउता बाल्न थालेँ । त्यसैबखत् एउटा थोत्रो घर पनि देखेँ । घरभित्र भने लाईट बलिरहेको थियो । टर्च लाईटमा चार्ज सकिएछ क्या रे ! अचानक निभिहाल्यो । अब भने आँखाले केही कुरा नी ठम्याउनै गाह्रो भयो । मुटुले ठाउँ छाड्यो । कुनै काठमा खुट्टा अल्झिदाँ पनि तर्सिदैँ त्यो घर भएसम्म पुगेँ । मैले त्यही घरमा बास बस्ने निधो गरेँ । अनि बिस्तारै घरको ढोका ढकढक्याउन थालेँ र कराउन थालेँ -” भित्र कोही हुनुहुन्छ ? ” तर कोही पनि बोलेन । केही पनि आवाज नै आएन । अब थकाई मार्न पर्यो भनेर पिँढीमा बसेँ । फेरि त्यो घरको ढोकमतिर हेरेको त चुक्कुल पो लगाएको रहेछ । म त नराम्ररी झुक्किएँ । अब भने दिमागले नानाथरी सोच्न थाल्यो -” ला ! ढोकामा चुक्कुल लगाको भए भित्र बत्ती कसरी बल्यो त ? ” यस्ता कुरा सोच्दा शरीर थरथर काँप्दै धामीझाँक्रीले जस्तै नानाभाती मन्त्र भट्भट्याउ थालेँ -” छु छु छु !! होम् नम नम नम !! भुत प्रेत सबै भागी जा ! छु मन्तरकी बाछा पुच्छर नभाको माछा । ” भित्र के रहेछ भनेर हेर्नलाई मनमा खुलदुली हुन थाल्यो । जसरी भएपनि भित्र छिर्न अनेकौँ तरिकाहरु अपनाएँ तर केही सीप लागेनँ । त्यो चुक्कुल फोर्नलाई ढुङ्गा खोज्न थालेँ । यताउता हेर्दै गर्दा एउटा ढुङ्गा नि भेटाएँ । त्यसपछि त्यही ढुङ्गाले चुक्कुल नै फोर्दिएँ । अनि म आफ्नो पाईला अघि सार्दै बढ्छु । जब म ढोका खोलेर भित्र छिरेँ त्यो घरको कोठा यति रोमाञ्चक , स्वच्छ र सजावटपूर्ण थियो । सायद स्वर्ग पुगेको जस्तै लाग्थ्यो । त्यहाँ बास पाईन्छ कि भन्ने आशाले कसैलाई बोलाउने प्रयास गरेँ । ” भित्र कोही हुनुहुन्छ ??” तर कोही पनि बोलेन । सायद मेरो आवाज सुनेन होला भन्दै फेरि बोलेँ -” हजुर !! भित्र कोही हुनुहुन्छ?? मेरो आवाज सुन्नुभएको छ ??” तर तर कोही चुप बोलेन । एकछिन पछि त कहीँकतै बाट कुनै भाँडो खसेको आवाज आयो । म पनि डरले बास पाईन्छ कि भनेर यसो भित्र नजर डुलाएँ । अलि भित्र गएर हेर्दा त एकजना आमा लौरी टेकेर खोक्दै खाना पकाईरहनुभएको थियो । म उहाँलाई बोलाउँछु -” आमा । के गर्नलाग्नुभएको आमा ?? ” तर उहाँले केही पनि सुन्नुभएन । म फेरि उहाँको नजिकै गएर बोल्छु -” आमा । मलाई अलिकति पानी दिनुहोस् न आमा । ” बल्ल उहाँले मेरो आवाज सुन्नुभएछ क्यारे । उहाँले बिस्तारै मसिनो स्वरमा भन्नुभयो -” ए बाबू । म त यहाँ खाना बनाउन लागेको । त्यसैले केही पनि सुनीन । हुन्छ तिमी कोठामा एकछीन आराम गर । म अङ्खोरामा पानी लिएर आउँछु । ” यति भन्दै उहाँ पानी लिन जानुभयो । मलाई साह्रै थकाई पनि लागेकोले एकछिन त्यहीँ आराम गरेँ । मैले मनमनै सोँचे कि उहाँ एक्लै यहाँ कसरी बस्नसक्नुभयो होला ? न कोही साथमा छ । तैपनि बुढी हुनुहुन्छ । त्यसैले मेरो मनमा उहाँप्रति कता कता दया माया जागेर पनि आयो । मलाई यसको रहस्य जान्नु मन लाग्यो तर उहाँलाई कसरी सोध्ने भनेर अप्ठ्यारो मानेँ । केही समयपछि उहाँ पानी लिएर आउनुभयो ।मैले धित नमरूञ्जेल पानी खाएँ । मैले उहाँलाई केही सोध्न के लागेको थिएँ उहाँ फेरि त्यही भान्सा कोठामा नै जानुभयो । म पनि जे पर्ला पर्ला भनेर उहाँको पछि लागेँ र उहाँलाई नम्र स्वरमा सोधेँ -” आमा । तपाईं यहाँ किन एक्लै बस्नुभएको ? तपाईलाई डर लाग्दैन आमा ?? ” यति मेरो कुरा सुनेर उहाँले मलाई भन्नुभयो -” आउ यता बस बाबू । म किन यहाँ एक्लै बस्छु यसको कहानी धेरै लामो छ बाबू । मलाए त तिमी आउँदा मेरो छोरा आए जस्तो पो लाग्यो । ” उहाँको यस्तो कुराले मन साह्रै पो गह्रुङ्गो भयो । अनि मैले उहाँलाई कर गर्दै भनेँ -” आमा । के तपाईं मलाई आफ्नो जिवनको कहानी भन्नसक्नुहुन्छ ? ” उहाँले फेरि भन्नुभयो -” नाई म भन्न चाहन्न । ” उहाँको यस्तो रूखो बोलीले अचम्म बनायो र मैले अझै कर गरेँ -” आङ्गा, नाई आमा । मलाई आफ्नो छोरा मान्नुहुन्छ भने तपाईको कहानी सुनाउनै पर्छ । ” सायद आमाले पनि मेरो कुरा मान्नु नै भयो र उहाँले भन्नुभयो -” ल बाबू । पानी लिएर बाहिर हातखुट्टा धोएर आउ अनि खाने र त्यसपछि म मेरो कहानी भन्छु । ” मैले “हस” भन्दै बाहिर गएँ ।केही समयपछि म भित्र आउँदा सम्म त उहाँले खाना पनि पस्काई सक्नुभएको रहेछ । मलाई खाना खाने मन नै थिएन तैपनि उहाँको मायाले खाना खाएँ । यति मीठो लाग्यो कि उहाँले बनाएको खाना । मैले फेरि एकपटक खाना थपेँ र भनेँ -” आमा । तपाईले बनाउनुभएको खाना अति नै मीठो छ आमा । यहाँ जो पाहुनाहरू आउँछन् तपाईले बनाउनुभएको खाना नखाई जाँदैनन् होला । ” तर उहाँले मेरो कुरा नकार्दै भन्नुभयो -” होईन बाबू । यो त सबैलाई आफ्नो मनमा सोच्ने कुरा हो । चिनी पनि धेरै खायो भने तितो हुन्छ । मैले त तिमी आयौ भनेर छोरा मानेर खाना दिएको मात्र हुँ । तिमी टाढा बाट आएको होला । मैले त एक आमा हुनुको कर्तव्य निभाएँ र तिमीले पनि सधैँ छोरो हुनुको कर्तव्य निभाउन नभुल्नु है बाबू । ” उहाँको कुराले त झनै मन हल्का भएको महसुस गर्न थालेँ ।
मनभित्र आफुले आफैलाई गर्व गर्न थालेँ र बाहिर हात चुठ्न गएँ । म हात चुठेर भित्र आउँदा मलाई सुत्ने बिस्तार पनि मिलाईसक्नु भएको रहेछ । तर उहाँले आफ्नो कहानी भन्न बिर्सनुभएन । उहाँले आफ्नो कहानी भन्न थाल्नुभयो । म पनि हातमा एउटा डायरी र कलम लिएर बसेँ । उहाँले बृस्तान्त रूपमा भन्नुभयो -“मेरो नाम सरिता हो । म एक युवा नवदम्पतिहरूको कोखबाट जन्म लिएँ । तर जब म ५ बर्षकी भएँमेरो भाइको जन्म भयो तर उसले आफ्नो आमाबबुवाको मुहार नदेखि यो संसार नै छाड्नुपर्यो । आमाबुवाको काख कस्तो हुन्छ भनि महसुस गर्न समेत पाएन । यतिबेला त्यो आमाबुवाको मन कति रोयो होला ?? सायद भगवानले पनि निष्ठुरीपन देखायो । जन्मिसकेपछि बाँच्न पाउने हक-अधिकार खोसीयो । आफ्नो छोराको बेदनामा भगवानलाई गाली गर्दै ममि भन्नुहुन्छ – “तँ यो संसारमा किन आईस् ? तँलाई मान्छेहरूले किन पूजा गर्छन् ?? तेरो स्वास्थ्यको लागि मान्छेले पूजा गरेको होईन । तँलाई पुजेको होईन । केबल यदि तँ हाम्रो साथमा छस् भने पिर मर्का बेथाहरू हराएर जान्छ कि भनेर मात्र हो । यदि हामीले तँलाई पुकार्दा , गुहार माग्दा भगवानमा यस्तो शक्ति छ उसले सबै मान्छेको प्राण बचाउन सक्छ । यो झिनो आश मान्छेहरूको अझै पनि छ । तँ यति निष्ठुरी रहेछस् कि मेरो छोरालाई बचाउन सकिनस् । आज म तेरो पूजा नै गर्दिन । आज बाट तँ मेरो लागि मरिस् । ” यती भन्दै उहाँ घ्वाँघ्वाँ रूनुहुन्छ तर मेरो भाइ सदाको लागि हामीलाई छाडेर गयो । यसरी ममिले आफ्नो रिष, दुख, बेदना, आँसु भगवान प्रति पोख्नुहुन्छ तर यसरी गाली गर्दा पनि हाम्रो लागि उहाँले व्रत बसेर त्यही भगवानको पूजा गर्नुहुन्छ । कति धन्य रहेछ है भगवान । आमाको कुराले मेरो आँखाबाट आँसु बर्बरी खस्न थाल्यो । म फेरि आमालाई सोध्छु -” आमा । तपाईलाई गाह्रो भयो कि ? पानी लिनुस् आमा ।” आमाले मलाई भन्नुभयो -” बाबू । तिमीलाई निन्द्रा पनि लाग्यो होला । हेर रातिको १० पनि बजिसक्यो ।” म फेरि आमाको कुरालाई नकार्दै भन्छु -” नाईँ आमा । मलाई निन्द्रा त लागेको छैन । तपाईको कुराले मन पोलिरहेको छ । सबै कहानी सुनाउनुस् न आमा । साह्रै सुन्न मन लाग्यो । ” उहाँले मेरो हात समाउँदै भन्नुभयो -” ल हुन्छ बाबू सुन है । भाइको मृत्युपछि ममिबाबाले मलाई एक छोराको स्थान दिएर माया गर्नुहुन्छ । मेरो सबै चाहजाहरू पनि पूरा गरिदिनुहुन्छ । केही कुराको पनि कमी हुन दिनुहुन्न । छोरालाई जस्तै राम्ररी उच्चशिक्षा पनि दिनुहुन्छ । मैले मेहनत गरेर पढेर ११, १२ पनि सजिलै प्रथम श्रेणीमा पास गर्छु । त्यसपछि मेरो एउटा चाहना हुन्छ कि काठमाडौँ बसेर बिबियस पढ्ने । गाउँमा पनि मेरो काम , हाउभाउ , अरू भन्दा फरक भएर पनि होला सबैले सरिता होईन “गोरी” भनेर बोलाउने गर्थे । यही नामले सबैकी प्यारी भएकी थिएँ । जब म आफ्नो उच्च शिक्षा हासिल गर्न बजार जान लागेँ सायद सबैको मनमा पिर र मलिन अनुहार देखेँ । तैपनि सबै गुरूवर्ग , गाउँवाशीहरू , साथीहरूले पनि आँखामा आँसु लिएर विदाइका हात हल्लाए । उनीहरूको मनमा म आउने हो कि होईन भनेर चिन्ता थियो । म भने बजार पढ्न जान पाएकोमा खुशीले मात्तिएकी थिएँ । यति खुशी थिएँ कि मनमनै भर्खर पिँजडाबाट छुट्टिएकी चरी जस्तै हर्षको आकाशमा उड्न थालेँ । मैले आफूले आफैँलाई रोक्नै सकिनँ । भित्रभित्र बैँशले पनि काउकुती लगाईरहेको थियो । मनभित्र बैँशले पनि नक्कलीपन देखाईरह्यो । यस्तो लाग्थ्यो कि म पनि ठूली भएछु । मलाई पनि जवानीले छोएछ क्यारे । दिनदिनै शारीरिक परिवर्तन पनि हुँदै थियो । कोठामा एक्लै लिपिस्टिक पाउडर धसेर अनुहारमा मेकअप गर्थेँ । आफ्नो शरीर ऐनामा हेरेर आफैँ छक्क पर्थेँ र आफूलाई लाज लागेर मुसुमुसु ओठ टोकी लजाउने गर्थेँ । तर आफ्नो जवानी कसैलाई पनि देखाउन नहुने के गर्नु !! केही दिन पछि म पनि पढ्जलाई बजार गएँ । काठमाडौँमा सबैकुरा महङ्गी नै थियो । त्यसैले आफूलाई चाहिने सबै कुरा गाउँबाटै ल्याउने गर्थेँ । त्यहाँ म पढ्ने कलेजको नाम सरस्वती कलेज थियो । मेरो कलेजमा पहिलो दिन साह्रै गाह्रो भयो र धेरै कष्ट गर्न गर्नुपर्यो । जब म कलेजमा पहिलो चोटि प्रवेश गरेँ मेरो त सात्तो नै गयो । म कलेज जान बाटोमा हिँडिरहेकी थिएँ चार / पाँच जना केटाहरू बाईकमा बसेर केटीहरू जिस्क्याई रहेका थिए त्यही बेला म पनि उनीहरूको अगाडिबाट प्रवेश गर्छु र एउटा केटाले मुखमा चुरोटको धुँवा उडाउँदै मेरो हात समाएर भन्छ -” ओ मैयाँ ! कति एक्लै हिँड्छ्यौ ? कहिलेकाहीँ त हामीलाई पनि मायाले हेरन । यो जवानी हामीसंग पनि साटन डार्लिङ्ग । ” यस्तो व्यवहारले मलाई अप्ठ्यारो लागिरहेको थियो र उनीहरूको कुरा अनि बोल्ने शैली पनि नराम्रो लागिरहेको थियो । सबैले मलाई नै हेरिरहेका थिए । त्यसैले त्यो केटालाई गालाका एक झापड हानेर भनेँ -” तेरो घरमा दिदिबहिनी छैन मुरदार ? तेरो बाउआमाले यही सिकाएको थियो कि के हो ? तँलाई असत्ति । तेरो मुखमा त किरा नै किरा परोस् । थुईक्क मुरदार । पख ! म प्रिन्सिपल नै नभनी कहाँ छाड्छु र ।” यति भन्दै म सरासर कलेज भित्र छिरेँ । म आफू जस्ता महिलाहरूको इज्जत बचाउन सिधै प्रिन्सिपलको अफिसमा प्रिन्सपल सँग बाटोमा घटेको घटना सुनाएँ -” के हो सर । कलेजका केटाहरू त बाहिर चुरोट खाँदै केटीहरू जिस्क्याउँदै बसिराखेको छ तर हजुर भने यहाँ के गर्दै हेर्दैहुनुहुन्छ? उनीहरूलाई दन्ड सजायँ दिन पनि सक्नुहुन्छ नि । नभए सिधै कलेजबाटै निकालीदिए हुन्छ नि । ” यस्तो कुरा सुनेर सरले भन्नुहुन्छ -” तिम्रो कुरा र सोचाई पनि ठिकै हो नानी तर मैले केही पनि गर्न सकिरहेको छैन । यदि तिमी सक्छ्यौ भने उनीहरूलाई सहि मार्गमा ल्याएर देखाऊ । ” म कुन आशले भित्र गएकी थिएँ सायद त्यो च आफैँले नै गर्नुपर्ने भयो । मैले सरको आज्ञालाई मानेर उनीहरूलाई सहि बाटोमा ल्याउनै पर्छ भनेर मैले पुलिस चौकीमा गई उनीहरूको व्यवहारप्रति उजुरी गरिदिएँ । त्यसैबखत पुलिस कलेजमा आयो र उनीहरूलाई समातेर लान्छन् । पुलिस चौकीमा जाने बेला ती केटाहरू दुई हात जोडेर मसँग माफी माग्दै भन्छन् -” हामीलाई माफ गरिदिनुस् दीदी ।
हामीले हजुरसँग मात्र होईन अरूसँग पनि यस्तै व्यवहार गरेका छौँ । अब देखि यस्तो कदापि हुनेछैन । हा …. हा…. हामी यो जाँड रक्सी र चुरोट खान पनि छोडिदिन्छौ । हामी राम्रो मान्छे बनेर देखाउनेछौँ । ” भन्दै रोईरहेका थिए । मलाई पनि माया लागेर आएको थियो । उनीहरूलाई त्यहीँबाट छाडिदिउँ भने फेरि त्यस्तै काम गर्ने हो कि भन्ने डर पनि थियो । त्यसैले उनीहरूलाई थानामा लैजानु नै उचित थियो । मेरो यस्तो कार्यले कलेजले पनि म प्रति गर्व गर्न थाले । त्यसैले मलाई कलेजमा पढ्न निशुल्क गरियो र मलाई एउटा ब्याङ्कमा एकाउन्टन्टको पदमा जागिर पनि मिलाईदियो । म सधैँ बिहान ६ बजे कलेज गएर १० बजे आफ्नो जागिरमा जान्थेँ। यो सबै कुरा मैले ममिबाबालाई पनि फोन गरेर भनिसकेकी थिएँ । उहाँ पनि साह्रै खुशि हुनुभयो । मलाई एक नारी प्रतिवादकी चिन्ह मानेका थिए । सबैले गर्व गर्न थाले । यदि सबैले सकेको सहयोग गर्ने हो भने यो संसारमा केही पनि असम्भव छैन होला । म सधैँ आफ्नो काम नै व्यस्त हुन्थेँ तर ब्याङ्कमा एउटा मोरो भने सधैँ एकोहोरो हेर्दै बस्दोरहेछ । मलाई भित्र भित्र मन पराउँदो रहेछ । मलाई माया गर्दोरहेछ । तर मलाई भने के थाहा ?? मोरोले केही पनि भनेन नि त । तैपनि मलाई यस्तो कुरामा अलि चासो नै थिएन । जो पायो त्यहीसँग मस्किँदै हिँड्ने केटी पनि थिईनँ । एकदिन बेलुकी खाना खाईसकेर सुत्नेबेला ममिबाबाले फोन गरेर भन्नुभयो -” छोरी खाना खायौ तिमीले ? एउटा कुरा भन्नू थियो छोरी तिमीलाई । कुनै गाह्रो नमान है छोरी । ” मैले पनि उहाँहरूको कुरा सुन्न आतुर भएँ र भनेँ -” अँ ! के कुरा हो नि मामु ? ” उहाँहरूले फेरि भन्नुभयो -” हामी भोलि तिमीलाई भेट्न आउँदैछौँ । यति भन्नलाई हो छोरी ।” तर मलाई भने समय मिलाउन भ्याईनभ्याई थियो । त्यसैले मैले उहाँको कुरा नकार्दै भनेँ -” होईन ममि । अहिले मलाई कति हतार छ के । मैले भ्याउदिन के । बरू पछि समय मिल्यो भने म आफैँ गाउँ मा आउँछु नि । हजुरहरू किन दुख पाउनुहुन्छ । ” यति भनेर फोन राखेँ । तर यसरी उशाँहरूको कुरा काट्नु सायद मेरो ठूलो भुल भयो । ” यति भन्दै आमा पनि पछ्यौराले आँसु पुछ्नुहुन्छ । अनि मैले आमालाई भन्छु -” आमा । हजुरलाई साह्रै गाह्रो भए जस्तो छ । अब सुतौँ । ” तर उहाँले भन्नुभयो -” होईन बाबू । केही भाको छैन । पहिलेको कुरा सम्झिँदा पनि मनै पोलेर आउँछ । आँखामा आँसु खस्न थाल्छ । तर म तिमीलाई मेरो कहानी सुनाउने छु । तिमी त भोलि गईहाल्छौ होला।” यति भन्दै आफ्नो हातले मेरो शिरमा सुमसुम्याउनुहुन्छ । म त उहाँले गरेको माया सम्झिँदै छक्क पर्दै भन्छु -” अनि आमा तयसपछि के भयो नि आमा ?? के गल्ति गर्नुभएको थियो र आमा ?? ” “तिमीलाई साह्रै सुन्न हतार भएजस्तो छ है ल सुन है त । मैले ठूलो गल्ति गरेकी थिएँ । म सधैँझैँ बिहान कलेज गएँ तर मेरो ममिबाबा भने मलाई केही नभनी आईसक्नुभएको रहेछ । जब म कलेज बाट फर्किदैँ थिएँ सडकमा मान्छेहरूको भिड पो रहेछ । के भाको रहेछ भनी एक दुई जना मान्छे पन्छाएर हेर्दा ममिबाबाको पो दुर्घटना भाको रहेछ र त्यहाँमध्ये एकजनाले भन्यो उहाँहरू बाटो काट्दै थियो । अनि उहाँहरूले केही खसाउनुभएछ क्यारे त्यही टिप्न खोज्दा एउटा बसले ठक्कर दियो । यस्तो दृश्यले मनै गह्रुङ्गो भयो । आँखाभरी आँशुको भेल खस्न थाल्यो । तर आफ्नो मनलाई सम्हालेर उहाँहरू मेरो आमाबुवा हो भन्ने कुरा गोप्य राखी मानवता देखाएको नाटक गरेँ । यस्तो देखेर सबैले धेरथोरै आर्थिक सहयोग पनि गरेका थिए । तर मनभित्र अनेकौ पिडाहरू बोकेर उहँहरूलाई हस्पिटल पुर्याउँछु र आई.सि.यू. मा भर्ना गरियो । मैले आफ्नो साथी रितालाई पनि बोलाएँ । मैले उसलाई सबैकुरा बताएँ र हामी दुवै जना बाहिर उहाँहरूको पर्खाईमा कुरिरह्यौँ । उहाँहरू जीवन मृत्युसँग खेलिरहनुभएको छ । दैवलाई गाली गर्नुहुन्थ्यो मेरो ममि तर आज उहाँहरू लाई भगवानले नयाँ जीवन दिनेछ कि उहाँहरूको प्राण लिनेछ त्यो त भगवानलाई नै थाहा होला ।
क्रमश….
-Anurodh