शनिबारको दिन बिहानै उठेको अभियोगमा एक युवालाई सामाजिक बहिष्कार

0
1585

शनिबारको दिन बिहानै उठेको अभियोगमा एक युवालाई सामाजिक बहिष्कार

शनिबार यानकी बिदाको दिन – ढुक्क सुतेर १०-११ बजे तिर हाईईईइ गर्दै उठ्नु युवामाझ ब्याप्त चलन हो। तर ख्यासख्यासनगरका एक युवा शनिबारको बिदा हुनुको बाबजुत बिहानै ५ बजे उठेका छन्।

शनिबारको दिन बिहानै उठेर उनले खासै ठूलो गल्ती गरेनन् जति गल्ती फ्रेसबुकमा स्टाटस अपडेट गरेर गरे। हो उनले शनिबारको दिन बिहानै ५ बजे तिर सबैलाई गुड मर्निङ्ग भने जुन उनको जिवनको सबसे ठूलो भुल रह्यो।

उनको उक्त स्टाटसले नेपाली समाजिक सन्जाल तरङ्गित भएको छ भने ट्विटरमा #समाजिकबहिष्कार ट्रेन्डिङ्गमा चढेको छ। पारिवारिक स्रोतलाई हवाला गर्दै गारापारे सम्बादाताले बताए अनुसार उनी बिहानै पिसाबले च्यापेर अत्ति भएपछी उठ्न बाध्य भएका थिए। उठेको मौकामा उट्पट्याङ्ग गर्न मन लागे पछि रमाइलोको निम्ति उनले “केटो बिहानै उठेछ है” भन्ने देखाउन उक्त पोस्ट गरेका रहेछन्। तर कस्लाई पो थाहा थियो र त्यही पोस्टले उनी समाजिक बहिष्कारमै पर्छन् भन्ने।

नेपालकै एकमात्र हावा साइट

यदि उनी माथिको सामाजिक बहिष्कार फिर्ता लिइने होइन भने बेलुका सधै ८ बजे नै सुत्ने र हरेक दिन बिहान ५ बजे फेसबुकमा भजन share गर्ने धम्की उनले दिएको गोप्य स्रोतलाई हवाला गर्दै बुटवलअनलाइनले बताएको छ। देउवा सरकारले एक युवा यसरी बिहानै उठ्नु प्रेरणादायी भएको भन्दै रास्टृय सम्मान गर्ने मुड बनाएको छ भने एमाले अध्यक्ष केपि ओलिले ती युवा पहिले आफ्नो कार्यकर्ता रहेको तर यस्ता गन्धा हर्कत गर्नेलाई पाटिमा राख्न नसकिने भन्दै कारबाहिको निर्देशन दिएका छन। माओबादी अध्यक्ष प्रचण्डले उनी बाम एकता भाड्न मगाइएका बिदेशी प्रभुका जासुस हुनसक्ने भन्दै किन त्यती चाडै उठेको भन्नेबारेमा छानबिनको माग गरेकाछन्।

उनको यो सामाजिक बहिष्कारका बिरुद्द gym सेन्टर र चियापसलेहरु खुलेरै लागेका छन। सबै जोशिला युवाहरु यसरी नै बिहानै उठेर आफ्नो पसल धाउनु पर्ने उनीहरुको माग छ।

घटनाको सत्यतथ्य बुझ्न रबि लामिछाने घटनास्थलतर्फ हिडिसकेका छन्। उता बिबेकशील साझाले आजै उनको समर्थनमा माइतीघरमा एक र्‍यालीको आयोजना गरेको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here