रितु – प्रेम कथा

0
3099

रितु??

सुनसान यो रातमा हातमा चुरोटको एउटा ठुटो छ।आधा पियर सकिन लाएको अवस्थाको त्यो चुरोटले पनि मलाई उनकै याद दिलाइ रहेको छ।अझै पनि याद छ उनले भनेको त्यो शब्द।जब पनि म उनको अगाडि चुरोट सल्काउने गर्थे,मेरो हातको चुरोट खोसेर उनी भन्ने गर्थिन “के कमि छ र मेरा यी ओठहरुमा,जसलाई त्यागेर तिमी यो चुरोटको साहारा लिदै छौ,तिम्रा यी ओठहरुमा बस मेरो मात्र अधिकार छ,अरु कसैको छैन बुझेउ नि?” उनका ती शब्दहरुको अगाडि मैले मेरो चुरोटको बलि चडाएको थिए ।म एक्लो हुदा यहि चुरोटले साथ दिने गर्थ्यो मलाई ,तर उनका खातिर मैले मेरो एकमात्र साहारा त्यागेको थिए तर बदलामा उनले के गरिन्? मैले उनको खातिर चुरोट छाडे अनि उनले मलाई? उसकै खातिर छोडेको यो चुरोट आज फेरि अंगाल्दै छु,उनलाई भुलाउन।चुरोटको नसा भुलाउन उनले आफ्नो ओठको साहारा दिएकि थिन मलाई तर आज उनकै ओठको नसा भुलाउन म फेरि त्यहि चुरोटको साहारा लिदै छु।धिक्कार छ मेरो जिन्दगिमा,धिक्कार छ मेरो मनलाई ,यो मनमा मैले एउटा यस्तो मान्छेलाई बास दिए जो कहिल्यै मेरो भाग्यमा थिन।हो गल्ति मेरो हो ,कसैको मायाको भिख मागेको थिन मैले ,कोही अन्जानलाइ सजिलै आफ्नो मनको ढोका उघारि बास बस्न दिए यो मेरो गल्ति थियो तर त्यही मनमा लात हानेर बाहिर निस्कन खोज्नु उनको गल्ति थियोे।पहिलो गल्ती मेरो थियो ,त्यसैले त आज उनलाई सम्झेर पछुताउन पनि मेरै भाग्यमा लेखिएको छ।पछुताउदै छु अहिले उनलाई सम्झिदै,मैले उनलाई गरेको माया सम्झिदै,उनले मलाई गरेको वाचा सम्झिदै जसलाई मैले सत्य सम्झेर आत्मसात गरेको थिए ,उनले गरेको विश्वास घातलाइ सम्झिदै छु जसको परिणाम अहिले मेरो आँखा सामुन्ने छ।रुदै छन् यी आँखा,रसाउदै छन् यी परेलि।दिमागले त भनिराछ “बिर्सिदे त्यसलाई जसले तलाइ आज यो हालतमा छाडेर गएकि छ” तर मनले प्रतिद्वन्द्वमा जवाफ दिन्छ कि “दिमाग होस्,तलाइ के थाहा छ र मनलाई कति चोट परेको छ भनेर,मेरो ठाउमा बसेर महसुस गर साले,अनि थाहा पाउछस् कति टुक्रा भएको छु म भनेर।”
कसलाई गएर सुनाउ मेरो दिलको हाल।कसले बुझिदिन्छ र मेरो वेदना।यहि कुरा मनमा खेल्दै थिए ,हातमा भएको चुरोट सकिएर अन्तिममा भएको रापले औला च्वास्स पोल्यो र झस्किए म।आखाबाट आँसु बगेर घुम्दै-घुम्दै ओठसम्म आइपुगेछ।पोलेको औला मुखमा हाल्दै अर्को हातमा भएको उनको सललाइ हेरे जुन उनले छुट्नि बेलामा “मेरो अन्तिम निसानि” भनेर दिएकि थिन।हाए,मेरो जिन्दगि आज उनकै सलले पासो लगाएर भगवानको प्यारो हुनि सोचमा छु।त्यो भगवानलाइ गयर सोध्ने छु कि “मुटुमा त लेखिदिस् नाम तर भाग्यमा किन लेखेनस् पापि”।औलाको दुखाइ कम भयो ,बसेको ठाउबाट उठेर सिलिङमा घुमिरहेको पङ्खामा नजर रोकियो।चलिरहेको पङ्खा बन्द गरे।छेउमा रहेको कुर्चि तानेर चडे त्यसमा।उनको त्यो सलले अन्तिम पल्ट आफ्नो मुहार पुछे,आखामा भएको आँसु पुछे।सलमा भएको उनको बासनालाइ महसुस गरे,लामो सास लिएर त्यस सलमा भएको उनको सबै वासना आफ्नो शरिरमा लिए अन्तिम पटक।बाधे सललाइ पङ्खामा।आफ्नो मृत्युको बाटो तयार गरे र समझिन लागे अन्तिम पटक उनिसँग बिताएका पलहरु सुरुवात देखि।


Writer : Sanju Rai

विगत-
साउनको समय,सिमसिम पानी परिरहेको थियोे।म नारायणगढ पुल्चोकबाट बाग्लुङ जानि बसमा चढेको थिए।बाग्लुङ मेरो मामाघर।बस कताबाट आएको थियो मलाई याद भएन तर बाग्लुङको टिकट काट्नु लाग्दा काउन्टरबाट मलाई त्यस बसको टिकट दिइएको थियो।बिहानको करिब 8बजेतिर बस हिड्यो पुल्चोकबाट र पोखरा बसपार्क आएर रोकियो ,सायद यहाबाट पनि यात्रु चढ्ने थिए होलान्।सिटहरु प्राय खालि नै थिए तर बिस्तारै भरिन लागे।निकै बेरपछि परबाट आउदै गरेको एउटा छातामा मेरो नजर रोकियो।सेतो डाइमन्ड कलरको पत्थर भएको औँठी उनिएको साइलि औलामा आँखा पर्यो।सुरुमा त छाता मात्र देखेको थिए तर अहिले मान्छे नै देखे।छाताले आधा मुहार छोपिएको भएर हल्का पिङ्क कलरको लिपिस्टकले सजिएको ओठ मात्र देखे।अलिकति ढल्किए कतै मुहार देख्छु कि भनेर तर ढल्किन मात्र के लागेको थिए कानको इयरफोन खस्यो र मिलाउन लागे।मिलाएर फेरि त्यतै नजर मोडेको ,तिनी गैसकेकि रहेछिन्।बसपार्कमा कैयौं मान्छेहरु थिए ,त्यत्रो भिडमा उनलाई फेरि खोज्नु उचित लागेन मलाई र प्रयास गरिन।सोचे दैनिकी कति मान्छे आउछन्-जान्छन्,कतिको मान्छेको नजर कैयौंको मुहारमा ठोकिन्छ तर के सबैले त्यो मुहार खोजेर बस्छन् र? म फेरि कानमा भएको इयरफोन मिलाउदै Grade grand masti को “लिप्स्टिक लगाके मेनु लुट लिया रे ” भन्नि गित बजाएर लाउड साउन्डमा आफू बसेकै सिटमा ढल्किए।कति बेला हिड्नि हो यो बस पनि ।एकछिनमा मेरो हातमा कसैले छोएको महसुस गरे र आँखा उघारेको म झस्किए।अघिकि लिप्स्टिक वालि रहिछ अगाडि। “हजुर कहाँ जानू हुनि हो ” सोध्दै थि मलाई म जवाफ दिन सकिरहेको थिन।उसले पहिले पनि सोधेकि रहिछ तर म गितमा मस्त थिए ,कानमा इयरफोन थियो के सुन्थे र।उसले फेरि तेस्रो पटक सोधि मलाई झकझकाउदै “हजुर कहाँ जानू हुनि हो?” यो पटक चाहिँ मलाई लाज लाग्यो र टाउको कनाउदै भने “बाग्लुङ ,किन र?”
“हजुर एक्लै हो कि,कोही छ साइडमा?” उनको प्रश्नको मेरो जवाफ “अह,कोही छैन,तिमी बस्नि भए बस” यति भन्न मात्र भ्याको थिन उ खुशि हुदै ” thank god,सिट पाए नत्र अर्को बस कुर्न पर्नि” भन्दै बस्न लागि।म झ्यालतिर बसेको थिए “if you don’t mind,मलाई प्लिज त्यता बस्न दिनु न” भनी।मैले केही अप्ठ्यारो नमानि उसलाई झ्यालतिर बस्न दिए।केही बोल्न मन लागिरहेको थियो फेरि झर्को मानेर झरेर अर्को बसमा गै भने भन्नि लागेर मौन बसे म।खासमा अघि नै छाताले आधा मुहार छोप्दा देखिएको उसको ओठको लिप्स्टिकमा अड्कि सकेको थिए म।झन उ बोल्दा ती ओठहरु यति रहर लाग्दा देखियका थिए नि म शब्दमा बयान गर्न सक्दिन।बस गुड्यो,उ झ्याल बाहिरको दृश्य हेर्दै थि।म पनि झ्याल बाहिर हेर्नि निहुमा उसको ओठमा हेरिरहेको थिए ।एकै नजरमा मोहनी लगाएका थिए ती ओठहरुले मलाई।हेर्दैमा चुम्न मन लागिसकेको थियोे।आफ्नि गलफ्रेन्ड हुन्थि त भगवान कसम छाड्थिन होला।मेरा यी ओठलाइ उसको ओठको प्यास लाग्न थालिसकेको थियोे।त्यही प्यास मेटाउन चुरोटको बट्टा निकाले।बट्टाबाट एक खिल्लि चुरोट निकालेर मुखमा हाले अनि लाइटर निकालेर सल्काए।बसको ढोकानिरको पहिलो सिटमा थियौं हामी।चुरोट सल्काएर एक सर्को मात्र तानेको थिए , “छ्या कस्तो मान्छे रहेछ” भनेर नाक-मुख थुन्न लागि।म पनि कस्तो बुध्दि नभएको मान्छे ,केटि मान्छे साइडमा छ ,उसको होस नै नगरि चुरोट पिउन लागेछु।होस् पनि कसरी आओस्? उसको ओठको नशामा मधहोस् भैसकेको थिए म। “ओ,सरि” भनेर चुरोट झ्यालबाट फ्याकिदिए र लाजले शिर निहुराए । “its ok, हुन्छ कहिलेकाही” भनी उसले पनि।बोल्ने मौका पाइहाले,कुरा सुरु गर्न लागे म पनि बाठो पल्टिदै-:

म-कतासम्म पुग्नि हजुर?
उनी-पोखरा?(केटि मान्छेको जात,मुख बटार्दै भन्न लागि)
म-आफ्नै घर कि कोही आफन्तकोमा?
उनी-दिदिको घर जान लागेकि छुट्टिमा
म-केको छुट्टि? I mean job गर्छौ ?
उनी-हजुर

बोल्न त्यति मन गरेजस्तो लागेन अनि चुप लागे।उ फेरि बाहिर हेर्न लागि अनि म मेरो गिततिर।बसमा पनि गितहरु बजिरहेका थिए ,तर मलाई मेरै मोबाइलको गित प्यारो लाग्थ्यो।गित सुन्दै ढल्कि रहेको थिए ,एकछिनमा आफै बोल्न लागि।पहिलो शब्द के बोली मैले राम्रोसँग सुनिन र कानको एउटा इयरफोन हटाए। “के भनेउ” भनेर पुन सोधे। “हजुर सुत्नु हुनि भए प्लिज मलाई इयरफोन दिनु न,हतार-हतारमा मैले राख्नै भुलेछु,यो बसमा कस्तो नराम्रो गित बजाको” भन्दै अनुरोध गरि मलाई।अब मैले “नाइ दिन्न” भन्न मिलेन,दिउ भने मलाई पनि बसमा बजाएको गित मन परेको थिएन।हामी आधुनिक जमानाको मान्छेलाई दोहोरी गित पनि कसरी मन परोस्। “एउटा तिमी सुन,अर्कोतिर म सुन्छु नि है,बसको गित मलाई पनि मन परेन,कस्तो बुढापाकाले सुन्नि गित बजाछन्” भने।उसले पनि हुन्छ भनि तर गित चाहिँ उसको मोबाइलबाट बजाउछु भनी। “तिम्रो त्यो हसिलो मुहारको” भन्नि गित बजाइ मेरो मनको हालत बुझेको जसरि।यो पालि पनि मैले बोल्ने मौका गुमाउन चाहिन “के हो ,कस्को मुहारको झझल्को आयो?” केही लजाए जस्तै गरि “लौ त्यसै,गित पो बजाको,गित सुन्न पनि कसैको झल्को नै आउनु पर्छ भन्नि छ र?” यो पालि चाहिँ उ पनि अलि खुलेर बोली।मौकाको फाइदा उठाउदै उसको नाम पनि झ्याप्पै सोधिहाले।”रितु काफ्ले” रहेछ नाम।आहा कति प्यारो नाम भन्न लागे म उ फेरि लजाइ? सायद उसलाई जिस्काएको जस्तो महसुस भयो होला ।तर होइन ,मलाई उसको नाम साच्चै नै मन परेको थियोे।पानी परिरहेको मौसममा “रितु” सँगको पहिलो भेट? आफू त जिस्काउन माहिर मान्छे जिस्काइहाले।बिस्तारै-बिस्तारै उ पनि खुलेर बोल्न लागेकि थि।घर चितवन मै रहेछ ,अफिस छुट्टि भएको बेला दिदीघर घुम्न भनेर हिडेकि भन्दै थि।घरि गितको विषयमा कुरा हुन्थ्यो भने घरि बाहिरको मौसमको बारेमा।घरिघरि हामी आफ्नै बारेमा पनि कुरा गर्थेउ।त्यस्तो नराम्रो केही नबोलेकाले,उ पनि सहज रुपमा बोल्दै थि अप्ठ्यारो नमानि नत्र त सुरुमा बोल्दा कस्तो मुख बटारेकि।मुग्लिङमा जाममा परिन्छ कि जस्तो लागेथ्यो,धन्न परिएन।अब त उ यतिसम्म खुल्न लागि कि आफ्नो परिवारको बारेमा पनि भन्न लागि।आफ्नो साथिहरुको यो नाम,त्यो नाम भन्नि गर्थि कत्ति न मैले चिनेको झै? त्यहि पनि चुप लागेर फिस्स मुस्कान दिदै सुनिरहेको थिए।आबुखैरेनि,डुम्रे हुदै हामी दमौली पुग्न लागेको थियौं करिब 12 बजेतिर।दमौलि बजारमा बस रोकियो ,मैले मिनरल वाटर लिगे।उसले भोक लागेछ भन्दै कुरकुरे र वाइवाइ चाउचाउ लिगि।मलाई चाहि केही खान मन थिएन।बजार कटेर दमौलि पुलनिर पुग्न लागेका थियौं ,बस फेरि रोकियो।के भएछ भनेर ढोकानीर निस्केर हेरेको टायर बिग्रेछ?खलासिलाइ सोधेको 1/2 घण्टा लाग्छ अरे बनाउन? उसलाई पनि भनिदिए टायर बिग्रेर बनाउन टाइम लाग्छ।”अर्को बसमा जाउ न त ,आधा पैसा फिर्ता मागेर/” भनी।तर हातमा परेको पैसा ,के फिर्ता गर्थे तिनिहरु।उ पो पोखरासम्म जानि,म त बाग्लुङ जानि मान्छे,बिच बाटोमा बस पाउन पनि मुस्किल।कुन सङ्कटमा फसाएउ भौमान?

उसलाई “पैसा फिर्ता नदिए पनि तिमी जाउ न त अर्को बसमा,1 घण्टाको बाटोलाई किन 2 घण्टा कुरेर बस्छौं”भने।मानिन उ पनि सायद पैसाले गर्दा होला ? “बरु बस नबनेसम्म जाउ तल बगरमा फोटो खिच्न” भनी? केटी मान्छेलाई कतै राम्रो ठाउँ देख्नै हुदैन ,आफ्नो कला देखाइहाल्नु पर्छ।मैले पनि कुनै आपत्ति नजनाइ जाउ भन्नि अनुमति जनाएको थिए।अघि किनेको कुरकुरे र चाउचाउ पनि साथमा लिगि र मलाई पनि पानी लिन भनी।सानो साइड ब्याग काधमा हालि र अर्को ठुलो ब्याग त्यहि छोडेर हामी तल बगरमा जान लागेको कुरा बसको मान्छेलाई जानकारि दिएर लागेउ हामी ,फेरि कतै हामीलाई भुलेर गय भने अर्को आपत? भोक लाग्यो भन्दै थि कुरकुरे र चाउचाउको प्याकेट एकैचोटि खोलि।अचम्म त त्यतिबेला लाग्यो ,जब चाउचाउलाइ कुरकुरेमा मिक्स गरि? “अरे,के गरेको यो ” भनेको त “यसरी मिक्स गरेर खान कस्तो मिठो हुन्छ रे”…….”लौन कुन रेसिपि हो यो ” भने……..”रेसिपि होइन ,रितुको स्टाइल हो बच्चु ,लौ खाउ” भन्छि? कस्तो हुदा रहेछ खाए अलिकति? अनि पानी खाए?बाकी सबै उसैले खाइ…..होइन यो केटिहरुले के-के जानेका म अचम्म परिरहेको थिए।यत्तिकैमा उसले मोबाइल निकालि र आफ्नो फोटो खिचिदिन भनी।म पनि के कम? मैले पनि आफ्नो फोटो खिच्न लगाए ।मैले खिच्देकोले नपुगेर आफैले सेल्फि खिच्न लागि अब।भारतलाई सिमा मिच्न र केटिहरुलाइ सेल्फि खिच्न कसैले सिकाउनु पर्दैन भन्थे ,हो रहेछ।अनेक पोजमा फोटो खिच्न केटिहरुलाइ नै आउँछ अझ राम्रो आएन भन्दै डिलेट गर्दै खिच्दै? घरि के मिलेन-घरि के मिलेन।आफ्नो सिङ्गल खिचेर चित्त बुझेपछि अब दुई जनाको खिच्नि सेल्फि भन्दै मतिर आइ।मैले पनि 2/4 ओटा पोज दिय तर त्याभन्दा बढि आएन। “हामी दुई जनाको फोटो फेसबुकमा अपलोड गर्छु है नया साथी भनेर” भन्दै अनुमति मागि अनि मैले पनि एउटा सर्तमा अनुमति दिए “मलाई पनि एड गर्नुपर्छ” भन्दै।”हवस्” भनी र पहिला मेरो नाम “सुवास” भनेर सर्च गरेर रिक्वेस्ट गरि।मैले पनि आफ्नो फेसबुक खोले अनि रिक्वेस्ट एसेप्ट गरे।उसले फोटो अपलोड गरि “वारिषको मौसम,नया यात्रा ,नया साथी अनि नया अनुभव” भन्दै क्याप्सनका साथमा अनि मलाई ट्याग?
पहिलो नजरमा नै उसको ओठमा लठ्ठ भएको म,बसमा पनि उसँगैको यात्रा गर्न पाउँदा मख्ख थिए।अझ एउटै इयरफोनमा गित,उसगको मिठो गफगाफ अनि अहिलेको समय।मौसम अनि समयले पनि मलाई साथ दिएको जस्तो।अब त उसको फेसबुकमा पनि ठाउँ पाइसकेको थिए मैले,बस उसको मनमा ठाउँ पाउन बाकि थियो ।धैत् लाटा,म पो केटा मान्छे,कतिबेला कुन केटि मन पर्छ-कतिबेला कुन।हामी केटाहरु जस्तो लापरवाहि हुन्छन् र केटिहरु? जे-जस्तो भए पनि यस्तो कुरामा विचार चाहि पुर्याउनु पर्छ।एकछिनको आकर्षण पनि त हुन सक्छ नि मेरो? होइन र?केटा मान्छे हु,जता पनि सजिलै चिप्लन्छ यो मन,होस् पुर्या है केटा भनेर आफ्नै मनसँग गफ गर्न लागे म।उ आएर झस्काइ मलाई “क्याप्सन कस्तो छ?”…..”अ,राम्रो छ,जाउ अब बस बन्यो होला,नत्र छुट्छ फेरि” भनेर उसलाई अघि लगाए।बसनिर पुगेर “तिमी बस्दै गर म आउछु” भनेर पठाए अनि आफू विसर्जन गर्न गए,मुत्र विसर्जन।समय पाएको बेला अहिले बसमा खान पाउदिन भन्नि सोचेर एक खिल्लि सल्काएर तानिहाले।छिनछिनमा तानिराख्नु पर्नि बानि एउटि केटिले “छ्या कस्तो मान्छे” भनेपछि उसलाई इम्प्रेस गर्न भएपनि कन्ट्रोल गरेर बस्नै पर्यो। “1st impression is last impression” भन्छन् नि,त्यस्तै।चुरोट सक्काएर लागे बस भएतिर।बस पनि बनिसकेको रहेछ,अब हिड्नि तयारिमा।गएर सिटमा बसे।मेरो इयरफोनमा गित सुनेर बसेकि रहेछ,म बसेपछि “सुन्छौ” भनि….भयो अहिले एकछिनमा भने।बस गुड्यो 2बजेतिर।झ्याल बाहिरको दृश्य हेर्दै थिए ,घरिघरि आँखा उनका लालि ओठैमा जान्थे अनि आफै नजर मोड्थे।अहिले चाहिँ बस द्रुतगतिमा कुदिरहेको थियोे। “एउटा कुरा भन्छु,नरिसाउ है” भने……”हुन्छ,भन न”….”तिम्रो ओठ किन यति राम्रो?”…..सनक्क सन्केर एक झापड हान्छे कि भन्नि लागेथ्यो मुसुक्क मुस्काइ…..मुस्काउदा त झन म भुतुक्कै तर आफ्नो भावना कन्ट्रोल गरेर बसे। मुस्कुराउदै सरल भाषामा “खै” भनेर जवाफ दि। “अब कहिले फर्किने तिमी” भनेर प्रश्न गरिहाले। “बस्छु होला 2/4 दिन” भनेर जवाफ दि।त्यसपछि मौनता छायो ।3:15 तिर पोखरा पुगायो,उसको झर्नि ठाउँ पनि आउन लाग्यो।नबोलि बसेपनि केही हुन्थेन तर नजाओस् जस्तो भैरहेको थियो मलाई।”पोखरा -पोखरा झर्नि जति अगाडि आउनुस्” भन्दै खलासि चिच्याउदै थि।उ पनि कपाल मिलाउन लागि।पृथ्विचोक पुगेर बस रोकियो।पोखरा झर्नु पर्नि मान्छे त्यहि झर्नुपर्नि तर उ आफु बसेको ठाउबाट उठिन।”बैनि,तिमी झर्नि होइन?” भनेर खलासीले सोध्दै थियो “बाग्लुङ बसपार्क” भनेर जवाफ दि।अरे,एउटै ठाउँ पो झर्नि रहेछ।”अनि तिमी त पोखरा भनेको होइन अघि?” भनेर मैले प्रश्न गरे। “हो तर यहि झर्‍यो भने अर्को बस फेर्नुपर्छ बसपार्क पुग्न,बरु यसमै जान्छु भनेर।” ……”उसो भए हाम्रो झर्नि ठाउँ त सँगसँगै रहेछ,तिमी त्यताबाट कता जानि हो र बस फेरेर?”…..”सराङ्कोट”
भनेर छोटो जवाफ दि।तर मेरो चाहि बजारमै थियो।एकछिन भएपनि उसलाई हेर्न पाउनि भए भनेर खुशी हुदै थिए म।उसलाई नियालेर हेर्दै फेरि कल्पनामा डुब्न लागे ……”कास कि मेरो जिवनमा यिनी आइन भने,एकछिन नजिकमा हुदा त मलाई यति आराम महसुस भएको छ भने झन सधै मेरै हुनि भए ,एकछिन ती ओठमा हेर्न पाउँदा त मधहोस् भएको मान्छे म झन सधै-सधै ती मेरो नै हुनि भए ,आहा कति रङ्गिन हुन्थ्यो होला मेरो जीवन।” यस्तै कुराहरु सोच्दै थिए “बाग्लुङ बसपार्क,बाग्लुङ बसपार्क” आवाजले झस्किए म।”छ्या,आरामसँग कल्पनामा त म उनिसँग हराउन पाउदिन,झन वास्तविक जिवनमा कसरी सोच्नु” भनेर मुर्मुरिन लागे।उसले “झर्नि होइन”भन्न लागि।”अ झर्ने” भनेर उठे म पनि अनि दुवै जना झरेउ।अब उ लाग्ने बसपार्कतिर म मामाघरतिर।अन्तिममा धेरै नबोलि “राम्रोसँग जाउ ल” भनेर हिडि उ।
मामाघर पुगे,थकाइ लागिरहेको थियो।आमाबुवालाइ दर्शन गरेर आराम गर्न गए।पल्टेको एकछिनमै निदाएछु।पछि आमाले “खाना खान उठ बाबू” भन्नू भएपछि बिउझिए।खाना खाइवरि एकछिन गफगाफ गरेर फेरि सुत्नतिर लागेम।अघि सुतेर निन्द्रा पुगेको भएर अहिले निदाउन अलि मुस्किल भयो।फेसबुकमा के-कसो भएछ भनेर फेसबुक खोलेको रितुको म्यासेज आएर बसेको रहेछ “तिम्रो इयरफोन त मसँग परेछ” …..ब्याग हेरेको साच्चै नै….”झ्या,म पनि कस्तो हुस्सु रहेछु,तिमिले पनि भुलेउ” भनेर रिप्लाई गरे।उ अनलाइनमा नरहिछ।निउजफिड स्क्रोल गर्दै बसे।उनले दिउसो अपलोड गरेको फोटोमा “को हिरो हो “भनेर कमेन्ट आएको रहेछ,सायद उनका साथिहरुले होलान्।आफैलाइ लाज लाग्यो “हिरो” शब्द पढ्दा?। कमेन्टहरु चेक गर्दै थिए “ला,अब के गर्नि?” भनेर रिप्लाई आयो ।”कस्तो के गर्नि” भनेर जवाफ फर्काए। “तिम्रो इएरफोन नि लाटा” ……”अब भेट हुनु त्यस्तै होला क्यारे,चिनो सम्झेर राख न” भनेर जिस्काए……स्माइलिको स्टिकर मात्र आयो जवाफमा….त्यस्तै फर्मल कुराहरु भए अनि “म सुत्छु है,एकदम थकाइ ला छ “भनी….”नाइ नजाउ न मलाई अझै कुरा गर्नु छ” भनेर टाइप गरिसकेथे फेरि के सोच्लि भनेर “ल ल आराम गर,भोलि कुरा गरौला” भने।म पनि एकछिन फेसबुक चलाएर सुत्नि तरखरमा लागे।


दिनहरु यसै बित्दै थिए ,रितुसँग दैनिकी कुरा हुन थालेको थियो।उसँग एकदिन/एकछिन कुरा नगर्दा के नभएको के भुलेको जस्तो महसुस हुन्थ्यो।सायद उसलाई पनि मेरो जस्तै हाल हुदो हो र त उ पनि छिनछिनमा म्यासेज गर्नि गर्थि।मोबाइल नम्बर पनि सियर भैसकेको थियो हामी बिच तर फोनमा कुरा चाहिँ भएको थियन।अन्जानमा त्यो दिन बसमा भेट भएको थियो ,समय सँगसँगै हामी पनि अन्जान मै नजिकिदै गैरहेको थिएउ।हाम्रो सम्बन्धले कुन मोड लिने हो ,हामी दुवैलाई पत्तो थिएन।बिस्तारै चितवन फर्किनि दिन पनि आउदै थियो।सँगै फर्किम भन्नि सोच थियो तर अफिसको कामले उसलाई अलि छिटो फर्कनु पर्नि भयो भने मलाई बल्लतल्ल आएको नाति अझ अलि बस भनेर आमाले कर गर्नु भयो र म बस्नु पर्नि भयो।तर केही थिएन,उनिसँग दिनहु कुरा हुन्थ्यो ,चितवन गएपछि भेट त अवश्य भैहाल्छ भनेर चित्त बुझाउदै बसे।भदौको अन्तिमतिर म चितवन फर्के तर उनी फेरि अफिसकै कामले अन्त जानू पर्नि भएछ।दसै-तिहार पछि मात्र भेट सम्भव हुनि भयो तर मलाई अब यो जुदाइ मञ्जुर थिएन।कसरी हुन्छ मलाई रितुसँग भेट गर्नु थियो।मेरो यो बेचैनिको जवाफ लिनु थियो उनिसँग।उनको आखामा हेरेर यो नियाल्नु थियो कि त्यो आखामा मेरो लागि कति ठाउँ छ।उनको आखामा पनि मेरो जस्तै सपनाहरु सजिएका छन् कि छैनन्,यो हेर्नू थियो मलाई।भेटेर उनको अंगालो महसुस गर्नु थियोे ,पहिलो नजरमै मलाई मधहोस् बनाउनि ती ओठको स्वाद लिनु थियो मलाई तर सोचेको जस्तो कहाँ हुन्छ र।सम्झिए कि उनलाई त मैले अहिलेसम्म प्रेम प्रस्ताव पनि राखेको छैन।के थाहा उनले स्विकार गर्छिन कि अस्विकार।फसाद पर्यो।रितु अफिसको कामको लागि फिल्डमा पुगिसकेकि थिन।तर मलाई त भेट गर्नु थियो ।उनले मलाई गरेको व्यवहार देख्दा त उनले पनि मन पराउछिन जस्तो लाग्थ्यो,स्विकार गर्छिन मेरो माया जस्तो लाग्थ्यो।जेसुकै होस्,भन्छु आफ्नो मनको हालत भनेर सोच बनाए।स्विकार भए घरबार,अस्विकार भए साहित्यकार नै सहि भनेर हिम्मत जुटाएर फेसबुक खोले अनि आफ्नो मनको मायालाइ उतार्न लागे शब्दहरुमा त्यो फेसबुकको वालमा “प्यारि रितु,म आज तिमिलाइ आफ्नो मनको हाल भन्दै छु।स्विकार भए ठिकै छ अस्विकार भए पनि प्लिज हाम्रो अहिले भैरहेको सम्बन्ध नतोड ल………..” भनेर बसपार्क उनलाई देखेको अवस्था देखि अहिलेसम्मकै सबै कुरा लेखिदिए र मुटु दर्हो बनाएर सेन्ड गरे म्यासेज।
अब उताबाट के रिप्लाई आउनि हो म त्यसको प्रतिक्षामा थिए।रितुले नाइ भनी भने म के गर्नु भनेर डर पनि लागिरहेको थियो।साझको करिब ५बजेतिर म्यासेज seen त भयो तर रिप्लाई आएन।एकछिन वेट गरे तर अह केही रिप्लाई आएन।”ला,कतै उसले अस्विकार त गर्दिन,किन यत्रो समयसम्म रेस्पोन्स आएन” आत्तिन लागे म।फोन गरे मोबाइल स्विच अफ।हे प्रभु मैले के गरे यो।आफू उत्सुकता र बेचैनिको जवाफ पाउन मैले के यसरी प्रस्ताव राख्नु जरुरि नै थियो र? अझै केही समय पर्खेको भए हुन्थ्यो किन हतास गरे मैले ,आखिर किन? आफ्नै गल्तिले आफ्नो भैरहेको साथि पनि गुमाउनि भए अब मैले।एक सच्चा साथि गुमाउनि भए।उफ्स मेरो जिन्दगि। “ट्रिङ ट्रिङ” मेरो मोबाइलको घण्टी बज्यो।फोन उठाउनि मुडमा थिन म।त्यामाथि नचिनेको नम्बर थियो।आफुले गरेको कामको पश्चात्ताप गर्दै थिए,पहिलो घण्टी सकिएर दोस्रो घण्टि बज्यो।रिसले उठाए “कति इरिटेड गरेको,एकचोटि नउठाए पछि लगातार गर्नु पर्छ” भनेर जोस्सिदै भने। “सुवास ,म रितु बोलेको”…..अचानक मुस्कान आयो मेरो ओठमा …
“अ भन रितु,के भयो ,किन म्यासेज रिप्लाई नगरेको?केही गल्ति बोले र मैले? bt I really love you रितु।म्यासेजमा लेखिएको कुनै शब्द पनि झुटा होइनन्।जुन दिन तिमिलाइ देखे त्यहि दिनदेखि मन पराउन लागेको मैले तर भन्नि हिम्मत आएन।” जोसमा फररर एक्लै बोलेछु सायद आत्तिएर होला।…..”सुवास म पनि यहि कुरा भन्न लागिरहेको थिए तर हिम्मत भएको थिएन।अनौठो डर लागिरहेको थियो सायद तिमिलाइ गुमाउछु कि भनेर होला bt I love you too also,अघि तिम्रो म्यासेज हेरेपछि मोबाइल पनि अफ भयो चार्ज नभएर,त्यहि भएर साथिको मोबाइलबाट कल गरेको “…..ओ माइ गड मेरो खुशिको सिमाना थिएन।”रितु तिमी मलाई सधै साथ दिन्छौं नि है”……….”सधै-सधै दिन्छु तर एउटा सर्तमा”….”के ,भन न,तिम्रो लागि त अब ज्यान हाजिर छ”……”त्यो चुरोट चाहिँ छाड्नु पर्छ”…….”त्यसो भए चुरोटको बद्ला तिम्रो ओठ देउ है त मलाई”……”दिन्न नि,ल ल अहिले काम छ पछि कुरा गर्छु” भनी र फोन काटि।मलाई यता नाचुम कि गाउ भैरहेको थियो।कता गएर कसलाई सुनाउ यो खुशि भैरहेको थियो र फेसबुक खोलेर स्ट्याटस राखे “पेहेला नसा पेहेला खुमार,नया प्यार हे नया इन्तजार”…..ओहो अब मलाई रितु कहिले आउलि जस्तो भैसकेको थियो।तर अह, म अब उ फर्किनि दिन पर्खेर बस्न पनि सक्थिन।उसले आफू जानि दिनमा मलाई जान लागेको ठाउको पुरा ठेगाना भनेकि थि।उ फर्किन त समय लाग्छ,तिहार पछि कसरी पर्खनु तर म जान त सक्थे नि।उसलाई सर्प्राइज दिन।भोलि बिहानै उ भएको ठाउमा जानि सोच बनाए,रातभरि निन्द्रा लागेन।यता कोल्टे उता कोल्टे फेर्दै भोलि उसको अगाडि कसरी प्रस्तुत हुनि सोचमा।दोस्रो भेट थियो तर हाम्रो सम्बन्धले नया मोड लिसकेको थियो।चुरोट निकालेर सल्काए र एक खिल्लि त एकै सासमा सक्काए।भोलिको यात्रा थियो जसरि पनि निदाउनु थियो मलाई र जबर्जस्ती निदाए पनि।
बिहान उठेर नुहाए,दराजमा भएको सबै कपडा निकालेर एकएक गर्दै लगाउन लागे।कसरी हुन्छ मलाई उनको सामु राम्रो भएर जानू थियो आज।मनको कुरा त पहिल्यै भनिसकेको थिए तर पनि उनलाई सरप्राइज दिन खबरै नगरि उनको अगाडि जादै थिए ,केही स्पेसल त गर्नु थियो।अन्तिममा रोयल ब्लु कलरको सर्टमा ब्ल्याक कलरको जिन्स लगाए।पर्फ्युमको एक बट्टा सक्काए तर आफैंलाई कस्तो गनायो धेरै छर्केर होला अनि फेरि नुहाउन गए।आएर अघिको जस्तै तयार भए तर पर्फ्युम अलि कम राखे।हल्का जेल लगाएर कपाल ठाडो-ठाडो बनाए।मोबाइल र पर्स पकेटमा हाले अनि फुलको बकेट बाटोमै किन्छु भनेर ढोकाबाट निस्कन लागेथे खुट्टामा ठेस लाग्यो र बिउझिए,सपनाको पो देखिरहेको रहेछु?सपना पनि मिठो लाग्यो तर रितुलाइ भेट भएको सम्म देख्न पाएको भएपनि अलि बेचैनि कम हुन्थ्यो होला।कल गरे उनलाई मर्निङ बीस गरे तर म आउन लागेको खबर गरिन।सपनामा देखे जस्तै गरि तयार भए र निस्के रुमबाट।गुलाफको एउटा बकेट अनि चकलेटहरु पनि लिगे।फिल्ममा देखेको थिए हिरोले आफ्नि हिरोईनलाई इम्प्रेस गर्न यस्तै गरेको थियो।अहिलेको अवस्थामा म पनि हिरो भन्दा कहाँ कम थिए र आफ्नि हिरोईनलाई भेट्न जादै थिए।बस चढे।बसमा पनि गित बजिरहेको थियो तर खलासिलाइ भनेर अर्को गित बजाउन लगाए आफ्नो मेमरि दिएर।”माया नै माया छ तिम्रो नाउमा,तिमिलाइ भेट्न आउदै छु तिम्रो गाउमा” ? मलाई अचानक आफ्नो सामु देख्दा कस्तो होला उनको प्रतिक्रिया ।देख्नि बित्तिकै हात मिलाउनु या अंगालो हाल्नु।जेसुकै होस् अब त आफ्नै हो अंगालो नै हाल्छु।उसलाई माया गर्न आत्तिसकेको थिए म।रितु भएको ठाउँ पुग्न 1घण्टा जति बाकि थियो ,बाटोमा टर्निङ आयो,ड्राइभरले हर्न त बजाइरहेको थियो तर हुनिलाइ कसले टार्न सक्छ र।अगाडिबाट अर्को बस आएर ठोक्कियो।मेरो आँखा अगाडि अध्यारो छाउन थाल्यो,मेरो मुटुको ढुकढुकि कम हुदै गयो।कतिबेला मलाई हस्पिटल पुगायो,कसले पुगायो कुन हालतमा पुगायो मलाई केही याद भएन त्यसपछि।बेहोसिमा पनि सायद उसकै नाम लिगे होला मैले।मनभरि माया भरिएको थियोे मुटुको हरेक कुनामा उनकै नाम लेखिएको थियो सायद एक्सरे रिपोर्टमा पनि उनकै तस्बिर देखियो होला।मेरि रितु अनि उनलाई भेट्ने सपना।

करिब 5 महिना पछि होस् आएछ मलाई।मेरो अगाडि मेरो हजुरआमा हुनु हुन्थ्यो।मलाई जन्म दिनुहुने बाबुआमा पनि यसरी नै एक्सिडेन्ट् भएर बित्नु भएको थियो म सानो हुदा नै।सानैदेखि मलाई हजुरआमाले दुख गरेर हुर्काउनु भएको थियो बाग्लुङमा। म ठुलो भएपछि कामको सिलसिलामा चितवन आएको थिए।5 महिनासम्म म कोमामा गएको रहेछु।मेरो होस आउँछ/आउदैन डाक्टरले पनि पक्का भन्न सकेको थिएन तर आमालाई पूरा विश्वास रहेछ।सायद आमाको माया अनि विश्वासले नै होला मलाई छिट्टै होस आएको।छिटो पनि के भन्नू 5 महिना कम थिएन।पूरा 5 महिना/152 दिन।मलाई डिस्चार्ज गरेर रुममै लगियो।हजुरआमा पनि मेरो कियर गर्न मेरो रुममै बस्छु भन्दै हुनु हुन्थ्यो तर उहालाई फकाएर बाग्लुङ पठाए।गाउमा पनि त काम हुन्छ नि अनि हजुरबुबालाई पनि एक्लै हुनु हुन्थ्यो।आमा कहिले आउनु भएको थियो मलाई पत्तो भएन तर म कोमामा भएको समयमा आमा र बुवा पालैपालो चितवन आउनु भएको रहेछ।आमालाई सोधेको थिए “मलाई भेट्न कोही केटि आइन आमा?” म उहासँग कुरा लुकाउथिन त्यसैले आमा जानू अघि उहालाई सोधेको थिए रितुको बारेमा।तर अह उ नआएकि रहेछ।सायद खबर भएन होला भन्नि सोचे।मेरो मोबाइल पनि एक्सिडेन्ट्मा कता हरायो थाहा भएन मेरो नम्बरमा फोन गरेकि हुदो हो।5महिनासम्म मेरी रितु कति आत्तिएकि होलि।के हाल भयो होला उसको मेरो खबर नपाउदा।नम्बर त मलाई पनि याद थिएन त्यसैले फेसबुक खोले सायद म्यासेज गरेकि होलि भनेर।नभन्दै म्यासेज रहेछ 9+ see more गर्दै हेर्नू पर्नि।सबै म्यासेज पढ्दै गए।पढ्दापढ्दै मेरो आखाबाट आँसु आयो “सुवास कता छौ तिमी? किन तिम्रो फोन नलागेको ?म त्यत्रो दिन बाहिर के बसेको बिहान १ कल फोन गरेर हराएउ तिमी?”…….”सुवास म चितवन आइसके,मलाई भेट्न आउदैनौ,तिमीलाई फुर्सद नभए म आफै रुममा आउछु नि है?”…..”तिमिले मलाई किन यसरी तड्पाको?माया गर्छु मलाई साथ देउ है भनेउ,तर भनेको भोलिपल्ट बाट नै तिमी सम्पर्क बिहिन भएउ,यहि हो तिम्रो माया?न फोन गर्छौ न मैले गर्दा लाग्छ,अनलाइन पनि आको छैनौं ,तिमिलाइ मेरो माया छैन?प्लिज अनलाइन आउनि बित्तिकै मलाई म्यासेज गर ल,आइ मिस यु सो मच”……”म आज तिम्रो रुममा आएको थिए तर तिमी त 1महिना भयो रे रुममा नआएको ,कहाँ छौ तिमी?सन्चो त छ नि? वरिपरि पनि कसैलाई केही पत्तो छैन रे। सुवास प्लिव कम अन कन्ट्याक्ट् “…..”हेर न सुवास मलाई घरमा केटा माग्न आएको छ,घरमा जबर्जस्ती बिहे गर्दिन लाग्दिनु भएको छ,तिमी एकचोटि घरमा आएर कुरा गर न ल,मेरो कुरा सुन्दै सुन्नु हुन्न,म तिमी बाहेक अरु कसैको हुन सक्दिन।मलाई यसरी तड्पाएर के पाउछौ भन त,मेरो माया जाच्न खोजेको ?अब यति भन्दा बढि म सहन सक्दिन सुवास”……”मेरो बिहेको डेट फिक्स भयो।तिम्रो माया कति रहेछ भनेर बुझे मैले,मेरो मायामा खेल खेलेउ होइन ?पुग्यो तिम्रो मायाले अब,पुग्यो तिम्रो यो लुकामारिको खेलले अब,मेरो मनको कुरालाई खोतलेर खुब माया गर्छु भन्दै नाटक रचेर बढो आनन्द पाएउ होला ,बसमा भेटेको मान्छेलाई बसमै सिमित राख्नु पर्नि,मुटुमा सजाएर ठुलो गल्ति गरे मैले ,दोष तिमिलाइ दिउ या आफैंलाई तर सजाय मैले भोग्नु परिरहेको छ,सक्छौ भने मेरो बर्बादिको त्यो दिन मेरो बिहेको मण्डपमा फुल चढाउन आउनु…..”
” गुड बाइ”
म्यासेज त पढेर सके तर मेरो आखाको आँसु थामिन सकेन।उसको फेसबुक वालमा गएर हेरे बिहेको तस्बिरले पुरै वाल सजिएको रहेछ।बेहुलिको भेषमा कति राम्रि देखिएकि मेरी रितु।मधुरो मुस्कान पनि सजिएको थियो ती ओठहरुमा,जे होस् खुशि नै देखिएकि थि उ।तर यहाँ असार साउनमा आकाश वर्षिय जसरि मेरो आखाबाट आँसु लगातार वर्षिन लागे।मेरो पैताला मुनिको जमिन भासिए जस्तो भयो।शरिरबाट चिरचिर पसिना आउन लाग्यो र भिजेर लगलग काप्न लाग्यो मेरो पूरा शरीर।रितुसँगै जीवन जिउन सजायको मेरो सपनाको महल भत्किन लाग्यो।मेरो शिरमा सिङ्गो आकाश खसे जस्तो भयो।सुनसान यो रातमा उसँग बोलेका मिठामिठा शब्दहरु,मिठा पलहरु सम्झदै म बौलाउन आटिसकेको थिए।हातमा चुरोटको ठुटो सकिन लागेको अवस्थामा मेरो मुहार हेर्दै थियो।म अब किन बाच्ने?कस्को लागि बाच्ने?मेरो दिमागमा रितु बाहेक अरु केही चलिरहेको थिएन।भर्खर मृत्युको मुखबाट बाचेर आएको मान्छे म ,सायद यहि दिन देख्नलाइ होला भगवानले मलाई बचाएको,त्यहि एक्सिडेन्ट्मा किन मारेनस् दैव मलाई ,यसरी मेरी रितुको सिउदो अरु कसैले रङ्गाएको हेर्नू त पर्थेन मैले।

हालको समय-घाटिमा उनको सलले मलाई अंगाल्न बाटो हेरिरहेको छ।यो सल जुन उनले मेरो रुममा छोडेर गएकि रहिछन् मेरो अन्तिम निसानि भनेर।मर्नु अघि उनलाई कल गर्छु भन्नि सोचे तर कल गरेर पनि के अर्थ? मेरो आवाज सुनेर के उनी फर्केर आउथिन्?मैले कल गरेर मेरो एक्सिडेन्ट् भएको र म रहरले होइन बाध्यताले टाढा हुनु परेको भन्दैमा के उनी फेरि मलाई विश्वास गर्थिन्? सायद गर्थिन् होला तर अब उनले थाहा पाएर के गर्नु,अर्कैकि भैसकिन् मेरि रितु अब।फर्केर आउने बाटो थिएन अब र फोन गरेर मेरो हाल सुनाएर उनलाई जिवनभर पश्चात्ताप पनि दिन चाहिन मैले।मलाई भुलेर अगाडि बढिसकिन रितु तर म? म कसरी बाचु रितुबिना।बाचुन्जेल त म उनको माया भुलाउन सक्दिन,उनलाई माया गरेको यो मुटुमा अरु कसैलाई सजाउन सक्दिन।त्यसैले यो निर्णय लिदै छु।उनको मायामा ज्यान हाजिर गर्दै छु,मेटाउन खोज्दै छु मनको मायालाइ।तिमिले त मलाई पर्खन सकेनौं रितु तर अर्को जुनि तिम्रै हुनेछु म।यो जुनिमा त हाम्रो मिलन यस्तै भयो अर्को जुनिमा त मेरो भाग्यमा लेख्दे मेरि रितुलाइ।
खुट्टाले टेकिरहेको कुर्चिबाट बिस्तारै मेरो पाइला हट्यो।सास रोकियो।शरीर सँगसँगै रितुसँगको माया अनि सपना पनि त्यहि पङ्खामा लत्रिएको सलसँगै झुन्डियो।सकियो मेरो जिन्दगि,लुटियो मेरो संसार।

अन्जान मै कसैसँग भेट हुन्छ
अन्जान मै कसैसँग गासिन्छ माया
अन्जान मै जोडिन्छन् सम्बन्धहरु
अन्जान मै बुनिन्छन् सपनाका महलहरु
अन्जान मै गरिन्छ गल्ति अनि
अन्जान मै तोडिन्छन् हजारौं सम्बन्धहरु र फेरिन्छन् जिन्दगिका पानाहरु
? जोड्न अनि तोड्न केही समय लाग्दैन ?

– The end –

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here