फेरियो बाइकको ट्रायल परीक्षाको तरिका, टिप्परलाई ओभरटेक हान्नेलाई सिधै लाइसेन्स
नेपाल सरकार अन्तर्गतको यातायाय ब्यबस्था बिभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अङ्ग्रेजी अंक आठ ८ घुमाउने ट्रायल परीक्षा भित्र्याएको भर्खरै जस्तो लाग्छ। सुरुवाती चरणमा कठिन मानिएको उक्त परीक्षामा पछिल्लो समय अधिकांश परिक्षार्थी सफल हुन थालेपछी लाइसेन्स बितरनमा कमि गर्न बिभागले उपाय खोजिरहेको थियो।
परीक्षालाई थप कठिन र नेपाली मौलिकताको बनाउन अभ्यास थालेको बिभागले परिक्षामा व्यापक परिवर्तन गरेको छ। अब मोटरसाइकल यानकी दुईपाङ्ग्रे सवारीको लाइसेन्स निकाल्न झन्झटिलो 8 कटाउनु नपर्ने भएको हो। त्यसको सट्टामा हाइवेमा कुद्दै गरेको टिप्परलाई ओभरटेक गर्न सके सिधै लाइसेन्स पाइने बिभागले जनाएको छ।
यससङ्गै लाइसेन्स निकाल्ने प्रकृया सहज र ज्यानमैत्री भएको बिभागका महानिर्देशक फेकनारायण पोखरेलले बताउनु भयो। त्यस्तै लाइसेन्स शाखाका अधिकृत घन्टामुनी छामिखानेले पनि अब लाइसेन्स निकाल्नेको संख्या घट्ने र आफ्ना कर्मचारिले मस्तसङ्ग घाम ताप्न पाउनेमा विस्वस्त हुनु भयो।
(नोट: गारापारे समाचारमा कुनै पनि सत्यता नहुने र यसलाई केवल रमाइलोको रुपमा मात्र लिईदिनुहोला। धन्यबाद)