‘धनपति’ले ६ दिनमा कति धन कमायो ?

    0
    1958

    Here is the news report on BOX office collection of Dhanapati Nepali movie by Dipendra K. Khanal.

    २ बर्षअघि सार्वजनिक भएको चलचित्र ‘पशुपतिप्रसाद’को टिमले बनाएको चलचित्र ‘धनपति’ गत साता शुक्रबारबाट सार्वजनिक भएको छ । एक सातासम्म चलचित्रले राम्रो दर्शकहरु पाउन सफल भएको छ। चलचित्रलाई धेरै दर्शकहरुले मन पराएका छन्।

    Watch Dhanapati trailer here:

    चलचित्रले बुधबारसम्म अन्य सामान्य चलचित्रभन्दा राम्रो कमाई गरेको छ। चलचित्रका निर्देशक दिपेन्द्र के खनालका अनुसार चलचित्रले बुधबारसम्म १ करोड ६२ लाखको ब्यापार गरेको छ। यो चलचित्रको ग्रस कलेक्सन हो। चलचित्रले यो साता राम्रो कमाई गरेको छ भने आगामी साता पनि राम्रो कलेक्सन गर्ने चलचित्रको टिमको अपेक्षा छ।

    Watch Dhanapati Song here:

    नेपालको प्रदर्शन भईरहँदा चलचित्रको टीमले साउन १५ गते चलचित्रलाई युकेमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । चलचित्रको टीमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको अन्तराष्ट्रिय प्रदर्शन युकेबाट सुरु गर्ने बताएको छ । चलचित्र क्रमशः अमेरिका, अस्ट्रेलिया, युरोप, कोरिया लगायतका देशहरुमा पनि लाग्ने निर्देशक दिपेन्द्र के खनालले जानकारी दिए ।

    खगेन्द्र लामिछानेको कथा, पटकथा तथा संबाद रहेको चलचित्रलाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष सिटौला, आशान्त शर्मा, सुरबी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ।

    Article has been prepared with the help of Gazzabko Online.

    Facebook Comments

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here