कथा- चुरोट

0
3025

कथा- चुरोट

उनी संग धेरै पटक चुरोट नपिउने बाचा गरेपनी मैले छोड्न भने सकेको थिएन। उनले थाहा नपाउने गरि पिउने गर्थे म सधै जसो।

एकदिन उनी बिहानको नौ बजे मेरो कोठा आउने कुरा थियो। मैले साढे आठ बजे तिर बाहिर पसलमा गएर एउटा चुरोट पिएर आएँ अनि कोठा  मिलाउन थालें। मिलाउन थाल्दा नथाल्दै उनी आइ पुगिन। ढोका ढक-ढक गर्ने बित्तिकै हतारिदै टेबलमा रहेको चुइगम टिपेर मुखमा हाले अनि ढोका खोले। उनी मलाइ देख्ने बित्तिकै अंगालोमा  टांसिइन अनि चुम्बन गर्न खोजिन। मैले उनलाइ जिस्काएको झै गर्दै मेरो टाउको पछाडी ढल्काएं। उनले हातले तानेर मेरो ओठ नजिकै ओठ पुर्याइन। अनि लगत्तै अनुहार कालो बनाएर मलाइ पर ठेलिन अनि थचक्क पलङमा बसिन। केही बेर पछि मधुरो स्वर बनाएर भनिन “मैले हजुरलाइ कति भन्दा पनि भएन है ? चुरोट पिउदिन भनेर कसम खानु भयो अस्ति अनि आज फेरि…..। ”

लेखक सन्तोष बस्नेत

मैले अक्मकिदै भने “चुरोट पिएको छैन के सानू, चुइगम खांदैछु, देखेनौ?”
उनले झर्किदै भनिन “मलाई चुइगम र चुरोटको गन्ध थाहा हुदैन ? नखाइ नसके खानु तर म संग किन झुटा बाचा गर्नु हुन्छ?”

म संग कुनै जवाफ दिएन उनलाइ दिने। उनको नजिकै गए अनि उनको हात समातेर भने ” सरि नि त अब यस्तो हुदैन, नरिसाउन प्लिज।”
उनले मेरो हात पर फ्याक्दै भनिन “यस्ता बाचा हजुरले कति गर्नु भयो थाहा छ ?”

फेरि पनि म संग कुनै जवाफ थिएन।  म चुपचाप अँध्यारो अनुहार पारेर बसि रहे पलङको अर्को कुनामा।
उनी जुरुक्क उठिन अनि फन्किदै बाहिर निस्किइन। रिसाएर गइन भनेर डर लागि सकेको थियो तर उनको झोला त्यही पलङमा देखेर केही सान्त भयो मन। म चुपचाप त्यही बसि रहे कसरी फकाउने भनेर सोच्दै।

केही बेरमा नै उनी फेरि आइन । उनको हातमा एउटा बट्टा चुरोट थियो। आएर कुनाको कुर्सिमा बसिन अनि टेबलमा रहेको सलाइ तानेर एउटा चुरोट सल्काइन। म के गर्ने के नगर्ने सोच्न नै सकि रहेको थिइन। चुपचाप अँध्यारो अनुहार लगाएर उनलाइ हेरि मात्र रहे। उनले चुरोटको गहिरो सर्को तानिन अनि लगत्तै एक्कासी खोक्न थालिन। आँखा भरी आँसु भरिए।
म जुरुक्क उठेर उनि भए ठाउमा गए अनि हातको चुरोट तानेर फाल्दै उनलाइ आफ्नो अंगालोमा ताने। उनी अंगालोमा टांसिएर रोइ रहिन। मैले सानो स्वरमा भने ” किन यस्तो गरेको सानू?”

उनले रुंदै जवाफ दिइन “कि त हजुर पनि छोड्नु नत्र म पनि खान्छु अब।”
मैले केही बोलिन। उनलाइ झनै कसेर छातिमा टांसे। उनले फेरि थपिन “किन बुझ्नु हुन्न हजुर, चुरोटले राम्रो गर्दैन त, अब त फोक्सोमा पनि दाग बसि सक्यो होला धुंवाले। हजुरलाइ केही भयो भने मेरो के हुन्छ?”
यो पटक पनि म उस्तै निसब्ध भएं। उनलाइ छातिबाट हटाउदै टेबलको चुरोटको डब्बा तानेर  झ्याल बाहिर फाली दिए अनि  उनका हात पकडेर भने  “अब देखि पिउदिन चुरोट, कसम….।”
उनी फेरि अंगालोमा टांसिइन अनि भनिन “अब पिए पनि केहि भन्दिन। बरु म पनि सुरु गर्छु।”
त्यस पछि हामी दुबै जना मौन रह्यौं धेरै बेर सम्म….. ।।

…… धेरै समय पछि…. अचेल त म झनै बढी चुरोट पिउन थालेको छु। मैले खाएको कसम फेरि तोडि सकेको छु। हुन त उनले पनि त कसम खाएकी थिइन नि “कहिल्यै छोड्दिन” भनेर।

उनले भने जस्तै सायद धुंवाले मेरो फोक्सोमा दाग लागि सकेको होला तर पक्कै मुटुमा लागेको दाग जति गाढा नहोला जुन उनले लगाएर गएकी छिन ।

यो कथाका लेखक सन्तोष बस्नेर हुन्।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here