कथाः फक्रिएन गुलाब

0
2526
https://www.google.com.np/search?q=a+kid+wanted+a+doll+and+a+white+rose+to+mum+story&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjsmMLIgIvYAhUBGZQKHc4uDjYQ_AUICigB&biw=1366&bih=662#imgrc=HWAAF33qOddYSM:

कथाः फक्रिएन गुलाब

-सन्तोष खतिवडा
“गोडा फाट्-सतर्क” म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आˆनो आˆनो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार सानाहरु अगाडी उभिन्थे अनि ठुलाहरु पछाडी । उनी सानीथिइन् म संगैको लाइनमा तर अगाडी हुन्थिन् । राता रिवनले दुइ वटा मसिना, सुन्दर चुल्ठा टाउकोमा बनाएकी हुन्थिन्, मलाई ति राता रिवनका फूलहरु लालि गुराँस जस्तै सुन्दर लाग्दथ्यो । उनका गोरा गलामा, साना साना मोतिका सेता माला, दिनको उज्यालोमा पनि चम्किएर मेरो आँखा सम्म आउँथे । उनका सर्ट र स्कर्टका क्रिजहरु असाध्यै मिलेका हुन्थे, सफा मुहारमा वचपना मात्र हुन्थ्यो, शालिन र शुशिल थिइन् उनी ।म उनलाइ प्रेम गर्दथें । म मात्र हैन मेरो कक्षा र उनको कक्षाका अरु १० जनाले उनलाई प्रेम गर्दथे । एउटा साथीले प्रथम १० को लिष्ट निकाल्यो । आश्चर्य उसको लिष्टमा म १० आैं स्थानमा मात्र थिएँ ।मैले बनाएको लिष्टमा म प्रथम थिएँ तर उनको लिष्ट, उनी संगैथियो । त्यहाँ म नहुन पनि सक्थेँ ।

बाल शुलभ मस्तिकमा त्यो बालप्रेम झनै बढ्दै गयो । आँखा चिम्लिँदा उनी पो आँखा अगाडी आउन थालिन् । कहिले साइकल चढेर टिङ्ग टिङ्ग घन्टी बजाउँदै आउँथिइन् । कहिले त्यहि रातो रिवनमा आउँथिन् । अनि कहिले पातलो स्लिभलेस टप र त्यस्तै पातलो हाफ पाइन्टमा आउँथिन् । मैले आँखा अगाडी उनी यसरी आउनुलाई म आफू प्रेममा पुरै डुबेको, संसारकै सबैभन्दा बढि प्रेम गर्ने प्रेमीकोश्रेणीमा राँखे । मेरो प्रेमलाई १०० मा १०० अङ्क दिएँ । उनले कति दिइन थाहा छैन । उनले १०० मा सुन्ना दिन पनि सक्थिन् ।

स्कुलमा र गाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे । उनि नाँच्थिन, गाउँथिन पनि । संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी म, उनको सम्झनाको लागि उनको केहि सामान आफु संग हुनु जरुरी थियो । म उनलाई मात्र हैन, उनको गाँउ, उनका आफन्तहरु र उनी संग जोडिएका हरेक चिजलाई प्रेम गर्न थालेको थिएँ । सांस्कृतिक कार्यक्रमको लागि उनीहरु नृत्य प्राक्टिस् गर्न रुम भित्र छिर्थे । हामी केटाहरुलाई भित्र छिर्ने अनुमति हुन्नथ्यो । हामी वडीगार्ड जस्तै बाहिर बस्थ्यौैं । ढोकाको प्वालबाटम पनि च्याँउथे । यसरी च्याउने को पनि ठुलै भिड हुन्थ्यो । आफुले एक चोटी हेरे पछि अर्को चोटी हेर्न कुरेरै बस्नुपर्ने, धित मारेर हेर्न पनि नपाउने।उनको केहि सामान भए, जीवनभर आफुसंगै राख्थे । उनले दिएको उपहार सम्झेर । अब उनको सामानको पो लोभ लाग्न थाल्यो मलाई । उनले प्रयोग गरेको वा उनले छोएको सामानमा म उनको न्यानो स्पर्श, पवित्र प्रेम र सम्पूर्ण उनीलाई महशुस गर्न सक्थे । अझउनको केही सामान आफुसंग भए, उनको अरु प्रेमी भन्दा फरक पनि त हुन्थें ।

उनको जुत्ता मेरो आँखा अगाडी थियो । केटीहरु जुत्ता बाहिर फुकालेर कोठा भित्र छिर्थे । जुत्ता नलगाई नाच्न सायद उनीहरुलाई सजिलो हुन्थ्यो होला । मैले सोचंे, उनको जुत्ता नै लग्नुपर्छ कि क्या हो ? प्रेमले अङ्गलाई छुट्याउँदैन, खुट्टामा चुम्बन गर्नु र ओठमा चुम्बन गर्नु एउटै मान्छ प्रेमले । प्रेमलाई स्तन, नितम्व र तिघ्राको परिभाषा एउटै लाग्दछ । उनको जुत्तालाई पनि प्रेम गर्दथे मैले । दायाँ बायाँ हेरेँ सबै साथीहरु ढोकाको अन्तरमा नै झुम्मीएका थिए । उनको एउटा जुत्ता टपक्क टिपंे, छाती नजिक ल्याएर दुईटै हातले समातेँ र त्यहाँबाट कुलेलाम ठोकें । घर पुगेपछि सम्झेँ उनी अब घर कसरी जान्छिन् ? मैले त एउटा जुत्तानै बोकिदिएँ । म स्वार्थी भएँ , आ.. जसो सुकै गरि जाओस्, लगाँउछे होला साथीको । घरमा आमाले के लिएर आएको भनेर सोध्नु अगाडी आफ्नो कोठामा आइपुगेँ । अब कहाँ राख्ने ? मैले धैरै नै संघर्षर् गरेर लिएर आएको प्रेमको उपहार, उनको उपहार । मलाई उनले नदिएको तर म भित्रकी उनीले दिएको उपहार ।

खाटको मुनी तिर राख्ने निधोे गरेँ ।सबैभन्दा सुरक्षित त्यहि ठाँउ हुन सक्थ्यो । तर गोडा पट्टि राख्ने हिम्मत भएन । मेरो प्रेमीकाले दिएको उपहार, त्यसैले खाटको शिरानी मुनी राखेँ । ढुक्क भयो । उनलाई नपाए पनि उनको सामान त म संग छ । लामो लिष्टको ९ जनालाई जितेर प्रथम भए जस्तै लाग्यो ।
भोली पल्ट स्कुलमा हल्ला भयो । रिदीमा को एउटा जुत्ता कसैले चोर्‍यो रे । म गमक्क परेर बसेँ । मलाई के थाहा, को हो चोर ? म हैन क्यारे । मत प्रेमी पो हो त । प्रेमी चोर र चोर मात्रमा धेरै भिन्नता छ । प्रेमी चोर हुनु त राम्रो कुरा पो त ।रिदीमा ठुली भइन् । म पनि उनी संगै ठुलो भएँ । उनी भन्दा अगाडी म पो ठुलो भएँ । स्कुलपहिले नै छोड्ने भएँ किनकि उनीभन्दा १ कक्ष्।ा माथी थिएँ । रिदीमा ले उनकै कक्षाको विनोदलाई मन पराउँछिन्रे स्कुल भरी हल्ला भयो । एकदिन समय निकालेरै तुलना गरे विनोद र आफुमा । विनोद भन्दा आफु कता हो कता राम्रो पाएँ । रिदीमा मुर्ख रहिछे, म जस्तो संसारकैसबैभन्दा बढि प्रेम गर्ने प्रेमीलाई मन पराइन । त्यो पुड्के विनोद के मन परेको त्यसलाई ? आफ्ना नजिकका दुई जना साथि को अगाडी गाली गरे रिदीमालाई ।

दशै आयो, गयो पनि । एक साल मात्र हैन हरेक साल, आउँछ अनि जान्छ । दशैले मेरी मायालु संग मलाई नजिक बनाए पो त्यो दशैको विशेष महत्व भयो त । यसै आउने अनि जाने दशैको पनि मलाई त्यति वास्ता भएन । दशै पछि स्कुल फेरि शुरु भयो । मिल्ने साथी बिराजले एकदिन स्कुलबाट फर्किदा भन्यो “तिहारमा त एउटा पोस्टकार्ड दे है शुशिल, कति काँतर भएको तँ । अरुले पट्याउला है रिदिमालाई ..”अरुले पट्याउला है रिदिमालाइ” भन्ने उसको वाक्यले च्वास्स छातीमा घोच्यो ।

फुलै फुलको पोस्टकार्डमा राता निला अनि हरिया कलमहरुले लेखें “जीवन भनेको वसन्त मात्र हैन तुषारे शिशिर पनि हो । फुलको कालिन मात्र हैनतिखा जंगली काँडाहरु पनि हो” साभार गरिएका थिए पोस्टकार्डका लाइनहरु । पोस्टकार्ड दिइयो । च्यातियो रे । विश्वासै भएन । उसको क्लासको झ्यालमा गएर हेरें ।च्यातिएका टुक्राहरु झ्याल बाहिरको छतको टपबाट मलाई जिस्काइरहेका थिए । यसै मन मर्‍यो । प्रेम पत्र लेख्न खोज्दैथेँ, पोस्टकार्ड नै टुक्राटुक्रा पार्ने हातहरुले प्रेम पत्रको के विचल्ली गराउँथ्यो होला । नदिएको ठिकै भयो । उता प्रेम पत्र च्यातिन्थ्यो यता मुटु टुकि्रन्थ्यो । कम्तिमा पोस्टकार्ड त च्यातियो, त्यसमा त म प्रेम गर्छु, संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी म नै हुँ भनेर लेखेकै छैन ।चटक्कै भुल्न खोजेँ । स्कुल छोडेको १५ वर्ष भयो तर रिदीमालाई भुल्नै सकिन । उनको जुत्ता उनकै विवाहको दिन शिरानीमुनीबाट करेसाबारीमा फालिदिएँ । तर याद फाल्नै सकिन । स्कुल छोडेको १५ वर्षसम्म पनि जब म रिदिमालाई सम्झन्थंे मन कता कता गहृुङ्गो भएर आउँथ्यो । छाती भित्र देब्रेतिर दुखे जस्तो, आँखा पनि टोलाउन थाल्थे । प्रेम भन्ने कुरानै यस्तै रहेछ । दिन र वर्षहरुले यादलाई भुलाउन नसकिंदो रहेछ ।

एकदिन म आफ्नो पुरानो एकाउण्ट बन्द गर्न एभरेष्ट बैंकमा गएको थिएँ । इन्क्वाइरी काउण्टरको अगाडी रिदिमालाई देखेँ । काउण्टर अगाडी गएर काँपेको स्वरमा सोधें”रिदिमा जी हैन”? उताबाट जवाफ आयो “हो” । म रिदिमालाई चिनाउन चाहन्थें या उनी संग अलि बढि समय बोल्न चाहन्थेँ फेरि सोधें”मलाई चिन्नुभो”?जवाफ नपाएको भए खुसी हुन्थ्यो मन बरु, “चिनिन, अँह चिनिन” भन्ने जवाफले मुटु चिरा चिरा पारे जस्तो लाग्यो । काउण्टर अगाडीबाटै प्रण गरे, अब त ज्यान गए पनि याद गर्दिन यो घमण्डी केटीलाई । घर आएँ करेसावारी मा उनको जुत्ता छ की भनेर खोजेँ, भेटिन । आनन्द भयो अब उनलाई याद गर्ने केहि सामान पनि छैन । आज उप्रान्त उनलाई पटक्कै सम्भिmन्न । फेरि प्रण गरे । तर याद त्यसरी नमेटिंदो रहेछ । कसैको सामान आफुसंग हुनु नहुनुले पनि याद कम या बढि नहुदो रहेछ । कपडा निचोरे जस्तो गरेर मनलाई निचोरेर सम्झना र माया फाल्न नसकिने रहेछ ।

यो घटनाको केहि वर्ष पछि म अध्ययनको लागि बेलायत गएँ । वेलायतको Warford शहरको एउटा घरमा बस्थे म । चितवन घर भएका कृष्ण दाईको घरमा हामी ५ जना बस्थ्यौ । कृष्ण दाईको छोरी अपेक्षा ४ कक्षामा पढ्थिन् । नेपालमै जन्मेकी भए पनि अपेक्षाको हाउ भाउ र बोलिचालिले उनी नेपाली कम वेलायती ज्यादा लाग्थिन् । अपेक्षालाई म बिहान बिहान पढाउने गर्दथे ।

अपेक्षाको उनकै उमेरकी एउटी साथी थिइन् अनुशा । उनी अपेक्षा संग वेला वेलामा हाम्रो घरमा आउने गर्थिन् । कहिले काँहि बिहानै आँउथिन् र अपेक्षा संग पढ्न बस्थिन् । अनुशाको त बुबा नै छैन नि अंकल । एकदिन अपेक्षाले बताएकी थिइन् । बुबा नै छैन भन्दा दुइ वटा कुरा हुन सक्थ्यो । एउटा अनुशाको ममीलाई पनि बेलायती हावाले छोएको हुनसक्थ्यो, उनी डाइभोर्सी हुन सक्थिन्, । अर्को अनुशालाई भगवानले बच्चैमा टुहुरो बनाएको हुन सक्थ्यो । मैले सोधिन, अपेक्षाले पनि अरु बताइन । दुवै कारणमा अनुशाको माया लाग्यो । उनी त निर्दोश थिइन ।

साउथ हेरो जानको लागि २५८ नंबरको बसको पर्खाइमा थिएँ म वार्टफोर्ड हाई इस्टि्रटमा । दुइ चार जना नेपाली अनुहारको बिच मैले चिनेको तर उनले सधै चिन्न इन्कार गरेको अनुहार देखें । उस्तै सुन्दर, ८ कक्षामा देखे जस्तै, सांस्कृतिक कार्यक्रममा नाच्दा पुर्ण सिंगारमा हुन्थिन उनी, त्यतिकै सुन्दर । कल्पनामा धेरै चोटी उनी संग पञ्चे बाजा बजाएर विवाह गरेको थिएँ । त्यो कल्पनाको विवाहको दुलही जत्तीकै सुन्दर । म संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी, उनलाई बस चढेको हेरंे । उनको पछि पछि बस चढें । तर उनको अगाडी गएर म तिम्रो प्रेमी शुशिल हो भनेर परिचय गराउने हिम्मत जुटाइन । उनले फेरी चिन्न इन्कार गरिन् भने संसारका सम्पुर्ण म जस्ता प्रेमीहरु उनी संग दुःखी हुन्थे । त्यसैले उनको अगाडी नै गइन । उनी बेलायत मै छिन् र हाम्रो आस पास नै बस्छीन् भन्ने अड्कल भने काटेँ । उनले मलाई देखिन् वा देखिनन् थाहा भएन । “देखिनन् नी”! देखेको भए विदेशमा त कम्तिमा बोल्थिन । रमाइलो लाग्यो सान्त्वनामा मात्र पनि ।

आफ्नो देशमा रहँदा, दिल खोलेर देशलाई सराप्नु अनि विदेश गएपछि देशलाई सम्झनु हामी जस्ता विदेशिने सबैको नियति । बिरामी हुँदा त अझ धेरै याद आउँछ आˆनो ठाँउको । म पनि आˆनो सानो कोठामा बसेर बिरामी शरीर अनि मनले देशलाई सम्झदै थिएँ ।कृष्ण दाइको जेठो दाजुको छोरा सागर मेरो कोठामा आयो । मलाई पानी खुवायो । जाउलो पनि बनाएछ मेरो लागि । जाउलो कति मिठो, आमाले बनाएको जस्तै थियो । ज्वरोले शरीर कमजोर थियो । मन पनि कमजोर । सागरको साथले हाम्रो मित्रता भने बलियो भयो । दुखमा दिएको साथले साच्चै बलियो बनायो । हामी रातको अन्धकारमा क्यासिसोब्युरी पार्क घुम्न जान्थ्यौ । बाहिर हिउँ परेर सेताम्य हुँदा वार्टफोर्ड लिजर सेन्टरमा रहेको स्विमिङ्ग पुलमा पौडी खेलीरहेका हुन्थ्यौ । वार्टफोर्ड डाइस्टि्रट र मार्केट स्टि्रटको ग्रोसरी सपहरु पनि हामी दुईको मित्रता मा रमाइलो मान्थे ।सागर र म अत्यन्तै आत्मीय भयांै । सागर संग घुमेका हरेक ठाँउमा मेरो आँखाले रिदिमा भेटाउन खोजे तर भेटिइनन् । साउथ हेरो जाने २५८ नंबरको बसको पास लिएर धेरै पाउण्ड पनि सिध्याएँ तर उनी भेटिइनन् । म संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी, आˆनो प्रेमीका को खोजीमा यसरी भौतारिनुलाई पागलपन हैन पागल प्रेमको नाम दिएँ ।

एकदिन सागरले सोध्यो । “शुशिल जीवनमा कहिले प्रेम गरेको छस्”?उत्तर दिन मन लाग्यो “तैले गरेको भए त्यो भन्दा बढ्ता, म त संसारको सबैभन्दा बढि माया गर्नेे प्रेमी पो हो, तँ पनि मेरो जस्तै कसैलाई प्रेम गर्छस भनेे त दुई नम्बरमा परिस् भन्न मन लाग्यो”। तर सहज उत्तर दिए “थिएँ”। उसलाई मेरो असफल प्रेम कथा सुनाउने इच्छा भएन । उसलाई पनि सुन्ने इच्छा थिएन । शायद उसको कथा सुनाउन चाहन्थ्यो ।

अनुशा घरमा आइरहन्थी, उसको आगमनले हामी सबै खुसी हुन्थ्यांै तर, सागर भने विशेष खुसी देखिन्थ्यो । अनुशालाई बढि नै माया गर्दथ्यो सागरले । कृष्ण दाईबाट थाहा पाएको थिएँ । अनुशाको बुबालाई बेलायतको सफलता बेलायतकै गोरीको भाग्य र साथले हो भन्ने लाग्यो रे । छुट्टनि सहज थिएन । सात फन्का अग्नीको अगाडी घुमेर सिन्दुर स्विकारेकी पूर्वीय नारीलाई । उनीहरुलाई मिलाउन धेरैले पहल गरे । सागरले त झनै मदत गरेको थियो । अनुशा र उसको ममीलाई हरेक दुःखमा साथ दियो सागरले । त्यसैले होला अनुशा पनि अरु भन्दा अलि बढि नै रुचाउँथी सागर अंकललाई । सागरले अनुशाको ममीलाई प्रेम गर्ने कुरा सुनेर आश्चर्य हुनु पर्ने म, तर भइन । प्रेम भनेकै यस्तै हो । जो सुकै संग हुन सक्छ । प्रेम सोचेर गरिदैन । सोचेर, विचार गरेर सबै कुरा मिलाएर गरिने लाई प्रेम कसरी भन्नुर ? प्रेम त आफै हुन्छ । मैले रिदिमालाई गरे जस्तै रिदिमाको कपालको चुल्ठो अनि गलाको मोतीको मालालाई गरे जस्तै ।उसले सहयोगको लागि अनुरोध गर्‍यो । अरुलाई भए त सहयोग गर्ने म, सागर जस्तोमित्रलाई सहयोग गर्न के पछि पर्थे र ?

मैले अनुशाको ममीलाई सागरको प्रेम प्रस्ताव र एउटा सुन्दर गुलाफको फुल लगिदिनु थियो । अनि कृष्ण दाईलाई सम्झाउनु पर्ने थियो । सागर जस्तो योग्य र लायक छोराको विवाह कुनै डाइभोर्सि, बच्चा सहितको केटीसंग गर्नलाई मन्जुरी सहजै दिंदैनथे कृष्ण दाईले । दुईटै कुराको जिम्मेवारी लिएर म अनुशाको हात समात्दै क्विन्स रोडमा रहेको अनुशाको घरमा पुगेँ ।

मैले सोच्दै नसोचेको कुरा भयो । हातमा भएको गुलाफको फुल खस्नखोज्यो । हात समाती रहेकी अनुशा दौडिदै आमा भए ठाँउमा पुगिन र सागर अंकलको साथी भन्दै मलाई परिचय गराइन । म उनीसंग परिचित थिएँ या थिइन त्यो उनलाई थाहा होला तर उनी म संग परिचित थिइन् । म संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी, अनि उनी मेरी प्रेमीका रिदिमा थिइन् । अनुशाले हात समातेर सोफामा बसाईन । रिदिमा मात्र भएको भए, नबसाउन पनि सक्थिन, शुशिललाई नचिन्न पनि सक्थिन तर सागरको साथी शुशिललाई चिनिछिन् । हाँसिन् पो त । १७वर्ष अगाडीदेखि त्यो हाँसोको लागि कति व्यग्र थिएँ म । संयोग पनि कस्तो । संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी शुशिलले कहिले पाएन त्यो मुस्कान तर सागरको साथी शुशिलले पहिलो भेटमा नै पायो । हातको गुलाफ दिदैं भने ।”रिदिमा जी, मेरो साथी सागरले तपाईलाई असाध्यै माया गर्दछ । तपाइसंगै जीवन बिताउन चाहन्छ , उसको तर्फबाट यो मिठो उपहार ।”

उनी मेरो नजिक आएर गुलाफलाई स्विकारिन । मेरो आँखा अगाडी उनको जुत्ता पो आए । अनि उनी आइन् त्यो रातो रिवनले दुई चुल्ठा बाटेर, गलामा मोतीका हार लगाएर । कति खुसी थिइन मेरी रिदिमा । म पनि उतिकै खुसी थिएँ । धेरै वर्ष अगाडी मेरो पोष्टकार्ड च्यातिदिएकी रिदिमा आज मैले दिएको प्रेमको उपहार गुलाफको फुलस्विकार गर्दैथिइन । मेरो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण मेरी पे्रमीका जसले मलाई चिन्न धेरै पल्ट इन्कार गरिन् आज मेरो हातबाट पहिलो पल्ट उपहार लिदै थिइन् ।

एकाएक मेरो अनुहार अँध्यारो भएको महशुस भयो मलाई । मुटुमा भित्र कता कता दुख्यो । पोष्टकार्ड च्यातिदा पनि त्यस्तै दुखेको थियो । हातहरु कमजोर भएर काँप्न थाले । खुट्टा गलेर शरिरलाई धान्न नसक्ने भएँ । उनको मुस्कान ले गिज्याए जस्तो लाग्यो । त्यहाँ उभिने सामथ्र्थ पनि थिएन मलाई र अनुशा तिर फर्केर “वाई”भन्दै बाहिरिएँ । अनुशा बोलाउँदै थिइन् । अंकल पर्खिस्यो न । ममीले चिया बनाउनु हुन्छ । चिया खाएर गइस्यो न । म पछाडी फर्किनै सकिन त्यो घरलाई हेर्नै सकिन । अनुशा भने अंकल अंकल भनिरहेकी थिइन् । रिदिमा सायद अन्योलमा थिइन् । तर, उनको लागि केहि मिनेटको अन्योल थियो त्यो । मेरो त जीवन नै एउटा अन्योल भएको थियो ।

कृष्ण दाइले पनि सागरको प्रेमलाई स्विकारे । मेरो ठुलै भुमिका थियो कृष्ण दाईलाई सम्झाउनमा । मनको कुनामा कतै कृष्ण दाइले नमाने पनि हुन्थ्यो भन्ने लागेकै थियो तर त्यस्तो भएन । मेरो आत्मिय साथी सागरलाई दोस्रो जीवन साथीको रुपमा पाएकी थिइन, मेरी रिदिमाले । रिदिमा र सागरको विवाहको दिन बिहानै मैले भिक्टोरीया बस स्टेसनबाट नेश्ानल एक्सपे्रसको बसमा चढेर कार्डिफ सिटी जाँदा म बरबराइरहेको थिएँ । “रिदिमा, म संसारकै सबैभन्दा बढि माया गर्ने प्रेमी पो त, तिम्रो खुसीको लागि हिजोदेखि आजसम्म सधै आफुलाई समर्पित गरें, अब त मलाई चिन्न इन्कार नगर ल ।”

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here