एक बहादुर बाइक चालक जो टिप्परसङ्ग डराएनन्
कलियोगको यमदुत टिप्पर कतिसम्म खतरनाक हुन्छ कि बाइकवालाहरु नजिक पर्न समेत डराउछन्। बाइक स्कुटी मात्र होइन, अन्य साना तथा मझौला गाडिहरु पनि टिप्पर देखि टाढै रहनुलाई सुरक्षित ठान्छन्। तर आज हामी एक यस्ता बहादुर बाइक चालकको कुरा गर्दै छौ जो टिप्पर सङ्ग डराएनन् अझ उल्टो टिप्परलाई ओभरटेक गरिदिए, त्यो पनि wrong side बाट।
यो खबर हामीले लिएका छौ फेकखवर डट कमबाट । घटना सानेपाको हो जहाँ चिनियाँ ठेकेदारले सडक फराकिलो बनाउने काम अन्तिम चरणमा पुर्याएको छ र एकदमै चिल्लो सडकमा गाडीहरु दिनरात गुडिरहेका हुन्छन्। सानेपा हाइटको त्यो फराकिलो सडकमा शनिबार करिबन् ११ बजेतिर सवारी चाप हल्का बढी नै हुन्छ। त्यस्तैमा केही टिप्परहरु पनि त्यही अट्किएका हुन्छन्।
त्यस्तैमा बल्खुतिर बाट एक बाइक हुइक्किएर आउँछ र टिप्परको बायाँ साइडतिर जान्छ। त्यो देख्दै गर्दा प्रत्यक्षदर्शीलाई यो लागेको थियो कि उनी टिप्परलाई साइड दिनको लागि बायाँ च्यापेर गए । तर, त्यसपछी ती बाइकचालकले जे गरे, त्यसले त्यहा मौजुत बटुवा, अन्य बाइकवाला, टिप्पर ड्राइभर सबैलाई अचम्मित तुल्याइदियो। हो, उनी दायाबाया नहेरी, टिप्पर ट्रक नभनी सरासर बायाँ साइडबाट ओभरटेक गरेर अघि बढे।
यो खबर भाइरल भएसङ्गै टिप्पर चालकहरु चिन्तित भएका छन्। नजिकै ३-४ ओटा टिप्पर हुदाहुदै पनि यसरी एक बाइकले सरासर उल्टो साइडबाट बाटो काटेर आफुहरुको अपमान गरेको भन्दै उनीहरु चिन्तित भएका हुन्।
उता अखिल नेपाल बाइक चालक संघले एक बिज्ञप्ति जारी गरि उक्त वाइकचालकलाई सम्मान गर्ने घोषणा गरेको छ। के कति कारणले ती बाइकचालक टिप्परलाई नै ओभरटेक गर्न बाध्य भने भन्ने बारेमा अनुसन्धान गर्न सरकारले अमेरिकी टोलि खटाएको छ। अमेरिका बाट रबि लामिछानेको नेतृत्वमा न्युज२४को टोलि घटनास्थल तर्फ लागिसकेको लाइटनेपाल अनलाइनले जनायो।
त्यस्तै जाबो बाइकलाई सैड काट्न दिने टिप्पर ड्राइभरको सवारी चालक अनुमती पत्र खारेजीको मागसहित बिबेसकील नेपाली माइतिघरमा र्यालीको तयारी गरिरहेको छ, यद्दपी डा. केसि केही नबोलेकाले एक्सन लिन सकिरहेको छैन।
उता बाइकचालकको घरमा यो खबरले खुसियली ल्याएको छ। बाइकचालक आफ्नो दाइ भएको बताउदै उनका भाईले भने, ” दाइ अहिल्यै देखि ब्रेभ हुनुन्थ्यो,,तर रोडिजले लिएन। कता गएर के गरम् भको थ्यो उहालाई, आज आएर टिप्परलाई नै बाटो छोड्नुभएन छ।”
भिडियो हेर्न तल मुसार्नुहोस् :