This is a story based on the fact about the pain of a girl. Please read the story until the end and watch the video on the story basis. The story is written by Raj Gautam and Directed by Sahin Prajapati. The story is based on the social cause. A girl passes from a miserable condition in our male-dominated society and this story and video tend to provide a message of positivity among the viewers.
महिनावारी भएर तल्लो पेट दुखी रहेको थियो,
बिहानै एउटा प्यानाडोल खाएर नुहाइ धुवाइ सकाए,
एक छिन एना को अगाडि बसेर हल्का मेकअप गरे,
कपडा लागाइ सकेर घडि हेरेको अगि 9.30 भइ सकेछ ।
काठमान्डैको सडक बाटोको ट्राफिक सम्झदै हतार हतार ब्याग तानेर एक फेरा माथी देखि तल सम्म एनामा हेरे सबै कुरा ठिकै लागो अनि अफिसको लागि निक्लिए……
घर बाट निस्किने बित्तिकै बाटोमा क्यारम खेल्दै गरेका केटा मध्ये एउटा ले भन्यो “ओए हेर्न क्या आइटम जाँदै छ”
अर्को ले थप्यो फिगर त कोकाकोला रहेछ एक चोटि पाए त..? म भने सुनेको नसुनेइ भएर आफ्नो बाटो लागे।
पर चोक मा नजर पुग्यो भिड असाध्यै रहेछ,
अफिस टायम न पर्यो मैले लामो सास फेरे ।
यो अफिस जानू पनि नर्क जानू जतिकै भयो उफ!
जसो तसो माइक्रोमा चढे, केही समय मै पछाडी सेतै फुलेको अंकल जस्तो देखिने मान्छे टासिन थाल्यो म केही असजिलो महसुस गर्दै अलि पर सरे,
उ झन टासिन आयो उसै त भत्किएको सडक ती माथी मान्छे उठाउने होड्बाजिमा डाइभरले गाडी उस्तै रफ जलाउदै थियो, मलाइ भने कता कता केही अफ्ट्यारोमहसुस हुदै थियो तर के भएको भन्ने पनि राम्रो सङ थाहापाई सकेको थिए..
एक दिन मात्र भएपो, अब भने त्यो अंकल को लिङ ले मलाइ पछाडी बाट घोच्न थाल्यो रिसले के गरौ गरौ हुँदै थियो…. एक छिनमा छेउको सिट खाली भयो, गएर थ्याचै बसे सङै छेउमा जवान केटा बसेको थियो! केही क्षण मै उस्ले आफ्नो हर्कत देखाउन थाल्यो,
अलि अलि गर्दै उस्का हात मेरा तिग्रा तिर बढाउदै थियो। म भने केही क्षण न हो अफिस पुगि हाल्छु भनेर जसो तसो सहदै थिए।
साएद मैले प्रतिकार नगरेकोले होला उस्को हौसला बढेको, एक्कसी मेरो कुर्था को तल बाट हात भित्रै छिरायो… म जुरुक्क उठेर कराउन लाग्या थिए अफिस आइ पुगेछ! होस मरोस भनेर ब्याग समाती अफिस तिर लागे।
केही बेर मा मेनेजर को कोठा बाट बोलावा आयो,
मेनेजरको कोठामा छिर्ने बित्तिकै सधै झै मेनेजर ले थुक निल्दै भन्यो। “wow looking hot” म मौन रहे।
फेरि उस्ले भन्यो हेरन यो फाइल लाई PDF मा कसरी कन्भर्ट गर्ने ? उस्ले मेरो हात समातेर आफ्नो कुर्सि तिर तान्यो। खै हात छोड्नुस न सर म कन्भर्ट गरि दिन्छु मैले भने! उस्ले मलाइ उस्को कुर्सी मा बसाए आफू छेउमा उभियो। म काम गर्दै थियो उस्का हात बिस्तारै मेरो पिठ्यु मा खेल्न थाले। म सास रोकेर सहदै काम गरि रहेथे एक्कासि उस्को हात मेरो काध हुँदै घाटिको बाटो गरि स्तन मा छिरे…..
मलाइ असह्य भएर आयो आँखा बाट आँसु बगे, जुरुक्क उठेर जानै लागेको थिए हात समाएर कुर्सिमा राखी भोको स्यालले कुखुरा लाई झम्टेझै मेरो स्तन र ओठमा झम्टिन लाग्यो, जसो तसो छुट्करा पाएर त्याहा बाट बहिर निस्किए।
दिन तनाब मै बित्यो, प्रण गरे कि भोलि देखि अफिस आउदिन।
साझको बेला फेरि माइक्रो उस्तै भिड अनि माइक्रो भित्र भेटिने दानव हरुको उस्तै भिड पट्ट्कै मन नहुदा नहुदै पनि घर त जानु नै छ , माइक्रोमा चढे फेरि उहीँ हालत उहीँ बिहान कै झै, जसो तसो सहेर घर आइपुगे । खान बनाउदै थिए मनमा कुरा खेल्न थाले “माइक्रो को यात्रा, हाकिम को त्यो ब्यवाहार, सहकर्मिको यौन हिंसा टोल का छाडा केटा…..
होस अब देखि त अफिस जादिन…..
यतिकै मा बुढी भएकी आमा ले भित्र बाट खोक्दै भन्नू भयो ए सानी मेरो दबाइ सकियो भोलि ल्याइ दे है।
अनि भान्सामा पनि दाल चामल सकिन लाग्या छ भन्दै थिइ तेरि बहिनि , तलब आयो भने पसल बाट लिएर आएस…….
झसङ आँखा खुल्यो, पसिनाले सारा सरिर भिजेको रहेछ । कति नमिठो सपना कति हेपिएको महसुस भयो भित्रै बाट…. कति नराम्रो सङ अपमानित हुनु पर्दो रहेछ छोरी मान्छे हरुले…. एक्कासी सुरुवाल भित्र हात छिराए अनि मात्र मन ढुक्क भयो … धन्य भगवान केटा नै रहेछु।
अनि अर्को तिर कोल्टे फेरि बेफिकर भएर निदाए !
Watch the video on the story basis and give your perception in the comment box below.